सीमा विवादका विषयमा पर्ख र हेरको अवस्थामा भारत

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ १७, २०७७
|
|
६२ पटक हेरिएको
Shares
सीमा विवादका विषयमा पर्ख र हेरको अवस्थामा भारत

सारांश

  • नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमाक्षेत्रलाई लिएर भारतले आफू पर्ख र हेरको अवस्थामा रहेको प्रतिक्रिया दिएको छ ।
  • उसले त्यस क्षेत्रमा पछिल्लो समय नेपालले गरिरहेको गतिविधिलाई नजिकबाट नियाली रहेको समेत प्रस्ट पारेको छ ।
  • तर समाधानको आगामी कार्यदिशा कस्तो हुने भन्ने बारेमा भने भारतको प्रस्ट धारणा आएको छैन ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमाक्षेत्रलाई लिएर भारतले आफू पर्ख र हेरको अवस्थामा रहेको प्रतिक्रिया दिएको छ । उसले त्यस क्षेत्रमा पछिल्लो समय नेपालले गरिरहेको गतिविधिलाई नजिकबाट नियाली रहेको समेत प्रस्ट पारेको छ । तर समाधानको आगामी कार्यदिशा कस्तो हुने भन्ने बारेमा भने भारतको प्रस्ट धारणा आएको छैन । साथै नेपालले पठाएको ‘कूटनीतिक नोट’का बारेमा पनि उसले कुनै प्रतिक्रिया दिएको छैन । नेपालसँगको गहिरो, ऐतिहासिक, सांस्कृतिक र मैत्री सम्बन्धलाई ठूलो महत्व दिएको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले बिहीबार वक्तव्य जारी गर्दै सीमा क्षेत्रमा हालै भएका घटनाक्रममा भारतले नेपालको अवस्थाको अनुगमन गरिरहेको जनाएको छ । “हामी नोट गर्दछौँ कि यस मामिलाले नेपालमा यसको गम्भीरतालाई ध्यानमा राख्दै ध्यानपूर्वक विचार गरिरहेको छ । विश्वास र विश्वासको वातावरणमा आपसी संवेदनशीलता र पारस्परिक सम्मानका आधारमा भारत आफ्ना सबै छिमेकीसँग संलग्न हुन खुला छ” वक्तव्यमा भनिएको छ । वक्तव्यमा हालका वर्षमा नेपाल–भारत सम्बन्ध उच्च पथमा रहेको जनाउँदै अझ विस्तार र विविध द्विपक्षीय सहयोग र विकासका साथ अगाडि बढ्ने बताएको छ । ‘नेपालमा यातायात सञ्जाल परियोजनाका लागि भारतको सहयोग बढेकोबाट त्यो स्पष्ट हुन्छ’ भनिएको छ ।

यसले ठूला र महत्वपूर्ण परियोजनाको समयमै कार्यान्वयनमा परिणाम दिएको औँल्याएको छ । यस चुनौतीपूर्ण समयमा पनि कोरोना भाइरस (कोभिड–१९) महामारीसँग लड्न भारतले मेडिकल आपूर्ति र अन्य सुविधाका क्षेत्रमा सहयोग पु¥याइरहेको वक्तव्यमा जनाइएको छ । जसका लागि नेपाललाई औषधिलगायतका सामग्रीको अत्यावश्यक व्यापार र आपूर्ति सुनिश्चित गरेको पनि उल्लेख छ । गोरखापत्रबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई नदीमा १२ लाखकाे लागतमा तटबन्ध निर्माण !
दुई नदीमा १२ लाखकाे लागतमा तटबन्ध निर्माण !
शाहरुख खानको फिल्म ‘जीरो’ को नाममा बलात्कार
शाहरुख खानको फिल्म ‘जीरो’ को नाममा बलात्कार
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
कोरोना संक्रमण रोक्नेबारे जी ७ का नेताहरुले छलफल गर्ने : आबे
कोरोना संक्रमण रोक्नेबारे जी ७ का नेताहरुले छलफल गर्ने : आबे
नेकपाका जिल्ला सेक्रेटरी पक्राउ परे
नेकपाका जिल्ला सेक्रेटरी पक्राउ परे
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
मेयरको टिकट नपाएपछि एसका मकवानपुर अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग
मेयरको टिकट नपाएपछि एसका मकवानपुर अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग
अयोध्याबारे विस्तृत अध्ययनको आवस्यकता
अयोध्याबारे विस्तृत अध्ययनको आवस्यकता
सामान्य अङ्कले घट्यो नेप्से
सामान्य अङ्कले घट्यो नेप्से

तपाईंले छुटाउनुभयो कि?