रोनाल्डो आबद्ध अल नासर किङस कपको सेमिफाइनलमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १, २०७९
|
|
५२ पटक हेरिएको
Shares
रोनाल्डो आबद्ध अल नासर किङस कपको सेमिफाइनलमा

सारांश

  • काठमाडौं।
  • क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासर क्लब किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • घरेलु मैदानमा अभा क्लबलाई ३-१ ले पराजित गर्दै अल नासरले सेमिफाइनलमा प्रवेश गरेको हो।

काठमाडौं। क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासर क्लब किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा अभा क्लबलाई ३-१ ले पराजित गर्दै अल नासरले सेमिफाइनलमा प्रवेश गरेको हो।

मंगलबार राति एमआरसुल पार्क रियादमा भएको खेलको पहिलो मिनेटमा नै अल नासरका सामी अल नाजेईले गोल गर्दै क्लबलाई १-० को अग्रता दिलाए। २१औं मिनेटमा अब्दुल्लाह अल्खाईवारीले अर्को गोल गरेपछि अल नासर पहिलो हाफमा नै २-० को अन्तरले अग्रता लियो।

पहिलो हाफको ४९औं मिनेटमा मोहम्मेद मरनले गोल गरेपछि अल नासर जिततर्फ अग्रसर बन्यो तर ६९औं मिनेटमा अभाका अब्देल फटाह एडामले जवाफी गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए। त्यसपछि गोल हुन नसके पनि अल नासरले ३–१ को जीत हासिल गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गर्न पुग्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?