आज दरबारमार्गमा एमालेको शक्ति प्रदर्शन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
६२ पटक हेरिएको
Shares
आज दरबारमार्गमा एमालेको शक्ति प्रदर्शन

सारांश

  • काठमाडौं।
  • सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ।
  • जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौंको दरबारमार्गमा हुन लागेको छ।

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौंको दरबारमार्गमा हुन लागेको छ।

सभा अघि बिहान साढे ११ बजे काठमाडौंको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ। दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ।

एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरुलाई जवाफ दिन यो सभा गरेको बताउँदै आएको छ। सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो संख्यामा मानिस ल्याउने तयारी गरेको छ।

आजै काठमाडौंको कोटेश्वरमा दुर्गा प्रसाई समर्थकको र माइतीघरमा सहकारी पिडितको पनि प्रदर्शन रहेकाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गर्न सकिन्छ।

एमालेले शक्ति प्रदर्शन गर्न लागेको कार्यक्रमलाई ‘जनसभा’को संज्ञा दिएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरुक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको बताए।

‘शुक्रबारको जनसभाको अन्तिम तयारी पूरा भइसकेको छ, यो मूलतः हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरण गर्ने कार्यक्रम हो,’ गौतमले भने।

जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको उनले बताए । ‘त्यसका लागि काठमाडौं, भक्तपुर र ललितपुर, नगर र गाउँपालिका, जनसंठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ, शुक्रबारचाहिँ लक्षित ५०औं हजार मानिसलाई सडकमा उतार्नेगरी कार्ययोजना अगाडि बढाएका छौं,’ उनले भने ।

उनले पुतलीसडक र लैनचौर मार्ग खुला रहनेगरी दरबारमार्गमा सभा हुने बताए । उनले भने, ‘दुवैतिरका सडकहरू, पुतलीसडक, उता लैनचौर मार्गचाहिँ खुला गर्नेगरी दरबारमार्गमा कम ट्राफिकिङ हुने भन्ने कुरा पार्टीको स्थानीय जनता, साथीभाइको सुझावसमेत ध्यानमा राखेर भद्रकालीमा ११ः३० बजे भेला भएर वीर अस्पताल हुँदै दरबारमार्गमा भेला हुने र कार्यक्रम गर्ने हो ।’

उनले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताए । विधिको शासन र कानुनी राजको पक्षमा एमाले दृढतापूर्वक उभिँदै आएको बताउँदै उनले कुनै पनि किसिमको अराजकता र अस्थिरतालाई अस्वीकार गर्ने विषयमा समेत जनसभाले सन्देश दिने बताए ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्ने बताइएको छ । सरकारको नेतृत्व गरेको दल र स्वयम् प्रधानमन्त्री नै सडकमा शक्ति प्रदर्शनमा उत्रिएपछि आलोचनासमेत भइरहेको छ ।

विपक्षी दलका नेता कार्यकर्तादेखि समाजिक सञ्जालमा सत्तारूढ दलले नै सडकमा शक्ति प्रदर्शन गर्न नहुने भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
काठमाडौं ९ मा कांग्रेस र वाम गठबन्धनको कडा प्रतिस्पर्धा
काठमाडौं ९ मा कांग्रेस र वाम गठबन्धनको कडा प्रतिस्पर्धा
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
सर्वसाधारणलाई थाहा छैन आठ दिनपछि कार्यान्वयनमा आउने  नयाँ कानुनका बारे
सर्वसाधारणलाई थाहा छैन आठ दिनपछि कार्यान्वयनमा आउने नयाँ कानुनका बारे
एमाले र माओवादी पार्टी एकताको साइत वैशाख १० गते जुर्यो
एमाले र माओवादी पार्टी एकताको साइत वैशाख १० गते जुर्यो
नेपाली वस्तुको बजार प्रवद्र्धन गर्नेछु – वाणिज्यमन्त्री
नौ महिनादेखि तलब नपाएपछि क्याम्पसमा ताला
नौ महिनादेखि तलब नपाएपछि क्याम्पसमा ताला
मापदण्ड विपरितका घर टहरा निर्माण हुँदै
मापदण्ड विपरितका घर टहरा निर्माण हुँदै
मनाङ–मस्र्याङ्दी हाइड्रोपावर निर्माणले पायो तीव्रता
मनाङ–मस्र्याङ्दी हाइड्रोपावर निर्माणले पायो तीव्रता

तपाईंले छुटाउनुभयो कि?