हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २९, २०७५
|
|
५८ पटक हेरिएको
Shares
हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

सारांश

  • कपिलवस्तु, २९ वैशाख,कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परे ।
  • पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ ।
  • उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।

कपिलवस्तु, २९ वैशाख,कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परे ।

पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ ।

उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । शुक्रबार दिउँसो ४ बजे कृष्णनगर बजारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले बताउनुभयो ।

नेपाली सुरक्षाकर्मीको नियन्त्रणमा रहेका उनीहरुलाई शुक्रबार राति भारतीय प्रहरी अधिकारीको जिम्मामा छाडिएको थियो ।

भारतीय सुरक्षाकर्मी हतियारसहित कृष्णनगर सीमा नाकाबाट भित्रिँदासमेत सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई पत्तो नहुनुले सीमा क्षेत्रको सुरक्षा अवस्था निकै फितलो भएको दर्शाएको कृष्णनगरका सर्वसाधारण बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमणबाट थप एकको मृत्यु पुष्टि, कुल मृतक संख्या ४३ पुग्यो
कोरोना संक्रमणबाट थप एकको मृत्यु पुष्टि, कुल मृतक संख्या ४३ पुग्यो
नुवाकाेटमा बस दुर्घटना, दुईकाे मृत्यु !
सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’
सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’
कमल थापाले महामन्त्री र कोषाध्यक्ष बनाए भद्रा र पौडेल
कमल थापाले महामन्त्री र कोषाध्यक्ष बनाए भद्रा र पौडेल
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…
तपाईको यो साता कस्तो रहला ? आइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशिफल यस्तो छ
तपाईको यो साता कस्तो रहला ? आइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशिफल यस्तो छ
विशेष समयमा विशेष कुरा
विशेष समयमा विशेष कुरा
लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !
लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !
कतारमा नेपाली एकता समाज पाँचौं राष्ट्रिय सम्मेलनको तयारीमा
कतारमा नेपाली एकता समाज पाँचौं राष्ट्रिय सम्मेलनको तयारीमा
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा

तपाईंले छुटाउनुभयो कि?