नाटकीय विद्रोहपछि स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
५७ पटक हेरिएको
Shares
नाटकीय विद्रोहपछि स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री !

सारांश

  • सिड्नी, ८ भदौ ।
  • सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिनुभएको छ ।
  • विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्न लाग्नुभएको हो ।

सिड्नी, ८ भदौ । सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिनुभएको छ । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्न लाग्नुभएको हो । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उहाँकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् । पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने पिटर डटनका कारण टर्नबुलको पद गुमेको हो । डटनले टर्नबुलका सुधारवादी कदमहरुको विरोध गरिआउनुभएको थियो ।

अस्ट्रेलियाको राजधानी सहर क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्रीको भूमिकामा रहनुभएका मरिसनले टर्नबुललाई ४५–४० मतान्तरले पराजित गर्नुभएको थियो । यस चुनावमा टर्नबुलका सहयोगी विदेश मन्त्री जुली बिशप पनि चुनावी मैदानमा हुनुहुन्थ्यो तर उहाँ पहिलो चरणमै पराजित हुनुभएको थियो । “मेरो सम्पूर्ण सहयोग स्कट मरिसनलाई हुनेछ,” प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै डटनले भन्नुभयो । तर टर्नबुलले भने साथीहरुबाट आफूमाथि धोखाधडी भएको र पिठ्युँमा छुरा हानिएको प्रतिक्रिया दिनुभयो ।

तीन वर्षदेखि सत्ताको बागडोर सम्हाल्नुभएका टर्नबुलमाथि पार्टीभित्र पहिलो सङ्कट गत मङ्गलबार नै आइपरेको थियो, तर त्यसबखत उहाँ अविश्वासको प्रस्ताव पारित हुनबाट जोगिनुभएको थियो । तर, रहस्यमय तरिकाबाट मन्त्रिपरिषद्बाट केही मन्त्रीहरुले एकपछि अर्को गर्दै राजीनामा दिए, र सरकारमाथि नै सङ्कट आइलाग्यो । राजनीतिबाट अवकाश लिएसँगै टर्नबुलको सिड्नी संसदीय क्षेत्रमा उपचुनाव हुनेछ । टर्नबुलले अब गभर्नर–जनरल समक्ष सत्तारुढ दलभित्रको घटनाक्रमबारे जानकारी गराउनुहुनेछ र गभर्नरले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्नुहुनेछ । पूर्व आप्रवासन मन्त्रीको कार्यभार समेत सम्हाल्नु भएका मरिसन आप्रवासी नीति कडा बनाउनुपर्ने पक्षधर नेता हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो पिताको जलिरहेको चिता हेर्दै ६ बर्षिय अबोध बालक  प्रसिद्ध !
आफ्नो पिताको जलिरहेको चिता हेर्दै ६ बर्षिय अबोध बालक प्रसिद्ध !
सीपीएलः आज माडी र सौराहा भिड्दै
सीपीएलः आज माडी र सौराहा भिड्दै
अस्पतालको शैयाबाट बुद्धिमायाको आग्रहः म बाँच्न चाहन्छु, बचाइदिनुस्…
अस्पतालको शैयाबाट बुद्धिमायाको आग्रहः म बाँच्न चाहन्छु, बचाइदिनुस्…
ग्यास सिलिण्डर पड्केर चारको मृत्यु
ग्यास सिलिण्डर पड्केर चारको मृत्यु
केन्द्रीय कमिटी डाकेर ओली र प्रचण्ड एक-अर्कामाथि करबाही गर्दै
संसारीमाईको पूजा जेठ २६ मा
संसारीमाईको पूजा जेठ २६ मा
चितवनमा ग्रिनेट बम विस्फोट, भाटभटेनीमा क्षति
चितवनमा ग्रिनेट बम विस्फोट, भाटभटेनीमा क्षति
सुन काण्डका नाइके ‘गोरे’ खोज्न प्रहरी इन्टरपोलमा
सुन काण्डका नाइके ‘गोरे’ खोज्न प्रहरी इन्टरपोलमा
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु

तपाईंले छुटाउनुभयो कि?