Tuesday, May 7
Shadow

पत्र पत्रिका

ओलीको कदम विरुद्ध देशव्यापी आन्दोलनको तयारी, हाइअलर्टमा सुरक्षा निकाय

ओलीको कदम विरुद्ध देशव्यापी आन्दोलनको तयारी, हाइअलर्टमा सुरक्षा निकाय

अन्तर्राष्ट्रिय, पत्र पत्रिका, राजनीति, विशेष खबर, समाज
काठमाडौं: पौष ६, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपालको राजनीतिमा फेरि अस्थिरता पैदा भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेपछी प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका विरुद्ध देशव्यापी प्रदर्शन हुने भएको छ । सत्तारूढ नेकपाको प्रचण्ड र नेपाल समूह, प्रतिपक्षी नेपाली काङ्ग्रेस , जनता समाजवादी पार्टीले संसद् विघटनको विरुद्ध संयुक्त प्रतिवाद गर्ने घोषणा गरेपछि नेपालको राजनीति पुनः द्वन्द्व तर्फ मोडिएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक पार्टीहरुले आफ्नो सपेक्षतामा आज सडक आन्दोलनको तयारी गरेक...
प्रतिक्रियावादी र साम्राज्यवादी घुसपैठले संसदीय व्यवस्थामा संकट निम्तिनु स्वभाविक : विप्लव

प्रतिक्रियावादी र साम्राज्यवादी घुसपैठले संसदीय व्यवस्थामा संकट निम्तिनु स्वभाविक : विप्लव

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, पत्र पत्रिका, फोटो, राजनीति, विशेष खबर
काठमाडौं : पुष ५, नेकपाका महासचिव विप्लवले संसदीय व्यवस्थाको असफलताले वैज्ञानिक समाजवादको आवश्यकतालाई निर्विकल्प पुष्टि गरेको बताएका छन् । महासचिव विप्लवले नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना र दलाल पुँजीवादी राज्यव्यवस्थाको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि यो असफलता र संकट आउनु स्वभाविक भएको बताएका छन् । उनले जनताको शान्ति र प्रगतिको आकांक्षा पुरा गर्न असफल हुँदा फासीवादको सहारामा आफ्नो संकट तार्न खोज्ने संसदवादी तत्वको विश्वव्यापी चरित्र अनुसार केपी वलीले संसद विघटनजस्तो कदम चालेको बताएका छन् । संसदीय व्यवस्थाको गोलचक्करबाट जनताको समस्या समाधान होला भन्ने भ्रममा पर्नु गलत भएको भन्दै महासचिव विप्लवले यो संकटको वास्तविक समाधान, शान्ति, स्थीरता, स्वाधीता र समृद्धिका ल...
तुषारोले फूल खाएपछि जुम्लामा स्याउ फलेन

तुषारोले फूल खाएपछि जुम्लामा स्याउ फलेन

आर्थिक, कर्णाली प्रदेश, कृषि, पत्र पत्रिका
यस वर्ष जुम्लामा स्याउका बोटमा दाना लागेनन् । जसले गर्दा यहाँका किसान चिन्तित छन् । स्याउका फूल तुषारोले खाएपछि स्याउमा फल नलागेर उत्पादनमा निकै कमी आउने भएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको किसानले बताएका छन् । चन्दननाथ नगरपालिका वडा नं ३ का किसान रामकृष्ण बुढ्थापाका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचा भएको रडिखेल्ला क्षेत्रका सबै बगैँचामा स्याउका फल छैनन् । उनले भने, स्याउ फूूल्ने बेलामा कालो तुषारो लागेपछि फल लाग्न पाएन । बर्सेनि ३ टनभन्दा बढी फल्ने गरेको बताउँदै उनले यो वर्ष निकै घाटा लाग्ने भनाइ राखे । सिञ्जा गाउँपालिका–४ निवासी किसान मुनबहादुर रावलको बगैँचा जिल्लाकै उत्कृष्ट बगैँचामध्ये एक मानिन्थ्यो । उनको बगैँचामा अहिले एक हजार दुई सय पचास स्याउ बिरुवा र अढाइ सय ओखर गरी एक हजार पाँच सय बिरुवा छन् । तर उनका बगैँचामा खासै स्याउ...
अब ऋण लिनेलाई केही सजिलो हुने

अब ऋण लिनेलाई केही सजिलो हुने

आर्थिक, पत्र पत्रिका, विशेष खबर
सर्वसाधारणलाई अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन केही सहज हुने भएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा निक्षेप तथा पुँजी अनुपात (सीसीडी) मा परिवर्तन, ऋण लगानीका अनिवार्य सीमा वृद्धि, सेवा शुल्कमा कडाइ, सहुलियतपूर्ण र पुनर्कर्जासम्बन्धी व्यवस्थाहरू गरिएकाले ऋण परिचालन सहज हुने भएको हो । नयाँ व्यवस्थाले निक्षेपको ब्याज धेरै तल झर्न नपाउनुका साथै कर्जाको ब्याजदर पनि वाञ्छित सीमाभित्र रहने दाबी राष्ट्र बैंकले गरेको छ । मौद्रिक नीतिले ग्रामीण कर्जा विस्तार र कोभिड–१९ ले असर पारेको क्षेत्रलाई सक्दो सम्बोधन गरेकाले सकारात्मक प्रभाव पार्ने पूर्वअर्थसचिव रामेश्वर खनालले बताए । ‘लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा ब्याजदरको अधिकतम सीमा १५ प्रतिशत भनिएको छ,’ उनले भने, ‘यसले ग्रामीण क्षेत्रका साना तथा मझौला उद्यमी (एसएमई) मा सकारात्मक...
जब लोक सेवाका अधिकृतले छोरीको उत्तर आफैं लेखिदिए…

जब लोक सेवाका अधिकृतले छोरीको उत्तर आफैं लेखिदिए…

पत्र पत्रिका, बजार, समाज
अनलाइन खबर काठमाडौं । लोक सेवा आयोगका एक जना अधिकृतले अनियमित तरिकाले आफ्नी छोरीलाई लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गराउन खोजेको खुलेको छ । सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीले ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेको खुलेको हो । हाल मिमबहादुर शाहीलाई दरखास्त व्यवस्थापन केन्द्रमा पठाइएको छ भने उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्काको तयारी गरिएको छ । उनकी छोरीको भने उत्तर पुस्तिका रद्द गरिएको छ । आयोगले रोल नं. ३२९८ नम्बरको ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिएको जानकारी सूचना निकालेर दिएको थियो । आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले अनलाइनखबरसँग भने, ‘सचिवबाट कारबाहीको प्रस्ताव आयोगमा आइसकेको छ । अब छिट्टै निर्णय हुन्छ ।’ ...
विपन्नका लागि विश्व बैंकको १९ अर्ब लगानीकाे जवाफदेही छैनन्, गरिबको नाममा कसले गर्‍याे मोज ?

विपन्नका लागि विश्व बैंकको १९ अर्ब लगानीकाे जवाफदेही छैनन्, गरिबको नाममा कसले गर्‍याे मोज ?

आर्थिक, पत्र पत्रिका
काठमाडाैं, २४ असार ।  गरिबीले पिल्सिएका नेपालीको आर्थिक उत्थानका लागि विश्व बैंकलगायतका दाताले दिएको रकमको चरम दुरुपयोग भएको छ । गरिबी निवारण कोषमार्फत ०६१ देखि ०७५ सम्ममा खर्च भएको २९ अर्बमध्ये १० अर्ब रुपैयाँ प्रशासनिक काममा खर्च भएको छ भने समुदायमा लगानी भएको १९ अर्बको जवाफदेही कोही पनि छैन । नयाँ पत्रिका दैनिकमा सुवास भट्टकाे वाइलाइनमा खबर छ । १४ वर्षसम्म वार्षिक औसत दुई अर्बका हिसाबले खर्च गरेको कोषले आय आर्जनतर्फ ३२ हजार एक सय ९६ सामुदायिक संस्थासँग सम्झौता गरेर घुम्ती कोषबाट १९ अर्ब लगानी गरेको छ । योमध्ये १५ अर्ब कोषद्वारा प्रदान गरिएको हो भने चार अर्ब सामुदायिक संस्थाद्वारा सिर्जना गरिएको हो । ‘तर, विपन्नको नाममा आएको अनुदान अपारदर्शी रूपमा छलछाम खर्च गरिएको छ, सुरु नभएको परियोजना सम्पन्न भएको भनेर रकम भुक्तान गरिएको छ, पहिलो किस्ता लगेकाले दोस्रो किस्ता रकम लिन आएका छैनन...