Saturday, May 18
Shadow

राजनीति

बाँदरे जुलुसबाट एमालेले कोरोना फैलायो : सांसद बिडारी

बाँदरे जुलुसबाट एमालेले कोरोना फैलायो : सांसद बिडारी

राजनीति
काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले कोरोना फैलाउने काम एमालेले गरेको बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सडक प्रदर्शनमार्फत एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाएका हुन् । ‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,’ उनले भने । सरकारविरुद्ध केही दिनयता नेकपा एमालेको युवा संगठनले गरेको सडक प्रदर्शनलाई लक्षित गर्दै सांसद बिडारीले यसले कोरोना फैलाउने टिप्पणी गरेका हुन् । कहिले रत्नपार्कमा, कहिले माइतीघरमा, कहिले बालुवाटारदेखि बालकोटसम्म र्याली गर्या छ,’ उनले भने, ‘कोरोनाको रोपाइँ यसरी अगाडि बढिरहेको छ ।’ सांसद बिडारीले निवर्तमान सरकार पद, आश्वासन र पैसाले चलेको टिप्पणी गरे ।...
माधवलाई अध्यक्ष बनाउन ओली तयार

माधवलाई अध्यक्ष बनाउन ओली तयार

राजनीति
काठमाडौ । १० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको बताउँदै ओलीले एकता भएमा सबै संरचनाहरू २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने पनि उल्लेख गरेका थिए । नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरूलाई त्यसका लागि तयार छु भनेको उनले सुनाए । ‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’ ओलीले भने, यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’ एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिङ्गो पार्टी पंक्तिलाई आह्वान गरेको छ । तीन दिनदेखि जारी एमाले केन्द्रीय समिति बैठक भोलि पनि बस्नेछ ।...
संसदीय व्यवस्थाको विकल्प रोजौं, एकताकाे आधार बन्छ : विप्लव

संसदीय व्यवस्थाको विकल्प रोजौं, एकताकाे आधार बन्छ : विप्लव

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले असफलसिद्ध भइसकेको संसदीय व्यवस्थाको विकल्पमा जाने हो भने कम्युनिस्टहरुबीच एकताको नयाँ आधार बन्ने बताएका छन् । पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कृष्णबहादुर महरासँग विप्लवसहित सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र सन्तोषबुढामगरबीच भएको भेटवार्तामा उनले सो प्रस्ताव गरेका हुन् । महरा निवासमा मंगलबार भएको छलफलमा नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर संकटमा परेको र कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन नयाँ आधारमा एकता अहिलेको आवश्यकता भएको तर त्यसका लागि संसदीय व्यवस्थाको विकल्पमा जान तयार हुनुपर्ने विप्लवले बताएका थिए । जवाफमा महराले अहिलेकै सुधारिएको संसदीय व्यवस्थाको अझै भरपूर प्रयोग गर्न नसकेकाले यसलाई अधिकतम प्रयोग गर्न एक ठाउँमा रहन आग्रह गरेका थिए । छलफलमा सहभागी नेकपाका सचिवालय सदस्य हेम...
माधव नेपाल र प्रचण्ड देउवाका पुच्छर हुन : महेश बस्नेत

माधव नेपाल र प्रचण्ड देउवाका पुच्छर हुन : महेश बस्नेत

राजनीति
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेर बहादुर देउवाको पुच्छर भएको बताएका छन् । मंगलबार राष्ट्रिय यूवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटी विस्तारित भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सो कुरा उल्लेख गरेका हुन् । नेता बस्नेतले पुच्छरको काम झिंगा मार्ने भएको बताएका छन् । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउन माधव कुमार नेपालहरु कांग्रेसको पुच्छर बन्नुभएको पनि बताउनुभयो । एमालेका केही नेता मन्त्री र फ्लाइट पाइने लोभमा कांग्रेसको पछि लागेको उनको आरोप रहेको छ । पार्टीभित्र गद्दारी गर्नेहरुले संविधान बनाउन देउवालाई मत दिएको बताउनु गलत भएको उहाँको भनाइ छ । सदनमा अहिले पनि एमालेको बहुमत भएको बताउँदै महेशले भन्नुभयो-‘राष्ट्रिय सभामा एमालेको स्पष्ट बहुमत छ, प्रतिनिधि सभामा एमाले विरुद्ध दुई तिहाइ पु...
बिहान बिहानै किन पुगे कोटेश्वर प्रचण्ड

बिहान बिहानै किन पुगे कोटेश्वर प्रचण्ड

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार बिहान कोटेश्वरमा पुगेका छन् । अध्यक्ष प्रचण्ड एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।। नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएको स्रोतले बतायो । नेता नेपाल र उनका समर्थक २२ जना सांसदहरुले असार ३ गते संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। पार्टी निर्देशन विपरीत प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालसहित २२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरे पनि आफूहरुले स्पष्टीकरण पत्र प्राप्त नगरेको सांसदहरुले बताएका छन्। सो बैठकमा नेपाल पक्ष भने सहभागी भएको थिएन। एमालेको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दै छ। ...
दुई जनाबाहेक देउवालाई समर्थन गर्ने नेपाल समूहकै

दुई जनाबाहेक देउवालाई समर्थन गर्ने नेपाल समूहकै

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा २२ जना एमाले सांसदले फ्लोरक्रस गरे भने १० जना सांसदले कतै पनि मतदान गरेनन्। सूर्य चिह्नबाट निर्वाचित भएका बृजेशकुमार गुप्ता पनि अनुपस्थित भए। एमालेका भीम रावलसहित ३३ जना सांसदले पार्टीको ह्विप उल्लंघन गरेका छन्। रावलले सांसदबाट राजीनामा नै दिए भने अन्य ३२ जना सांसदमध्ये १० जनाले मतदान बहिस्कार नै गरेका थिए। एमालेमा सांसदले असहयोग गरेका कारण पार्टीभित्रको संकटबाट उम्किन एमाले अध्यक्ष केपी ओलीलाई निकै चुनौती थपिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा लिएको विश्वासको मतको पक्षमा १६५ र विपक्षमा ८३ मात्रै मत खस्यो। यसले १२१ सिट संख्या भएको एमाले पार्टीको धरातल कमजोर हुन पुग्दा पार्टी नै धरापमा परेको छ। अदालतले अपदस्थ गरेका प्रधानमन्त्री केपी ओलीको पार्टीभित्रको विवाद मिलाउन न...
नेपाललाई १० लाख खोप छिट्टै दिने मोदीको वचन

नेपाललाई १० लाख खोप छिट्टै दिने मोदीको वचन

पत्र पत्रिका, राजनीति
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालले खरिद गरेको कोभिसिल्ड उपलब्ध गराउने वचन दिएका छन्। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतता भएको हो। ‘आज मेरो भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग भएको टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले छिट्टै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने सुनिश्चता गर्नुभएको छ,’ उनले भने। प्रधानमन्त्री देउवाका पे्रस निजी सचिव भानु देउवाले गत फागुनमा नेपालले खरिद गरेको १० लाख कोभिडसिल्ड खोप दिने बचन दिएको बताए। ‘नेपालले पहिला नै भुक्तानी गरिसकेको थप १० लाख कोभिसिल्ड खोप दिने वचन दिएका हुन्,’ उनले प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै भने। सोमबार नै भारतीय प्रधानमन्त्री मोदीले ट्विट गरी भारत–नेपालबीचको आगाम...
धकेलिँदै कांग्रेस महाधिवेशन

धकेलिँदै कांग्रेस महाधिवेशन

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म महाधिवेशन सार्ने तयारी गरेको हो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेपछि महाधिवेशन भदौभित्रै हुने तर केही दिन सर्ने तय भएको देउवा निकट एक नेताले जानकारी दिए । ‘प्रधानमन्त्रीमा देउवाले लिने विश्वासको मतसँगै कांग्रेस महाधिवेशन जोडिएको थियो, विश्वासको मत नपाएको अवस्थामा भने देश निर्वाचनतर्फ जान सक्ने सम्भावना रहन्थ्यो, त्यसो हुँदा पार्टीको महाधिवेशन ओझेलमा पर्न सक्थ्यो, अब केही दिन सर्छ तर भदौभित्रै महाधिवेशन हुन्छ,’ देउवा निकट ती नेताले भने । वडा तहदेखिकै कार्यतालिका हेरफेर हुँदै देउवाले विश्वासको मत पाएसँगै कांग्रेस नेतृत्वको ध्यान सरकार...
एमाले बैठकमा ओली नेपालप्रति आक्रोश रावलप्रति नरम

एमाले बैठकमा ओली नेपालप्रति आक्रोश रावलप्रति नरम

राजनीति
काठमाडौ । एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवा सरकार बनाउन सहयोग गर्ने दलहरूप्रति आक्रोश पोखेका छन् । देउवा सरकारले विश्वासको मत पाएको भोलिपल्ट सोमबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतप्रति आक्रोश पोखेका हुन् । बैठकमा ओलीले कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने, आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको आरोप लगाए । उनले आफ्नो नेतृत्वको सरकार बहिर्गमनपश्चात बनेको गठबन्धनको देउवा सरकारलाई ‘टालाटुली’को संज्ञा दिए । ‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला सुरु गर्छन् । देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाडाकुँडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको हो,’ ओलीले भने । बैठकलाई सम्बोधन गर्दै अ...
सर्वोच्च अदालतको बहुचर्चित यो मुद्दा

सर्वोच्च अदालतको बहुचर्चित यो मुद्दा

पत्र पत्रिका, राजनीति
काठमाडौं । सर्वोच्च अदालतमा एउटा भ्रष्टाचार मुद्दाले अन्य दर्जनौं भ्रष्टाचारको मुद्दाको सुनुवाइ नै प्रभावित बनेको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचार मुद्दामा आय गणना गलत गरेको भन्दै परेको पुनरावलोकन निवेदनको सुनुवाइ पूरा भएर पनि निर्णय नआउँदा सर्वोच्चमा सयौं भ्रष्टाचार मुद्दा रोकिएका छन् । दर्जनौं भ्रष्टाचार मुद्दाको सुनुवाइ नै प्रभावित पारेको छ शर्माको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारी, सुष्मालता माथेमा र मनोजकुमार शर्माको इजलासमा ६ फागुन २०७७ सम्म ‘हेर्दाहेर्दैमा’ रहेको थियो । सो मुद्दा १९ चैत २०७७ मा निसुमा राखियो । २ वैशाख २०७८ मा निसु सरेको मुद्दा ९ वैशाख २०७८ मा हेर्न नभ्याउने सूचीमा राखिएको छ । त्यसपछि शर्माको मुद्दामा सर्वोच्चले कुनै पेसी तोकेको छैन । यो मुद्दाको इजलास तोकिएका न्यायाधीश भण्डारी १३ जेठ २०७८ मा अनिवार्य अवकाश पाइसकेका छन...
मन्त्रीपरिषद् बैठक सम्पन्न, यस्ता छन् सरकारले गरेका निर्णय

मन्त्रीपरिषद् बैठक सम्पन्न, यस्ता छन् सरकारले गरेका निर्णय

राजनीति
काठमाडौं । सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।’ सरकारले खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मित्रराष्ट्रहरुलाई धन्यवाद दिदैँ अनुदान वा खरिदमार्फत् थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आव्हान गरिएको पनि प्रवक्ता कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी ल...
राप्रपा वैकल्पिक शक्तिका रुपमा अघि बढ्ने

राप्रपा वैकल्पिक शक्तिका रुपमा अघि बढ्ने

राजनीति
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट बनाउन राप्रपाले वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन भूमिका निर्वाह गर्न लागेको बताउनुभएको छ । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आज स्थानीय बकैया गाउँपालिका–४ जुरेलीमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै पार्टीको निष्ठा, सिद्धान्तलाई राजनीतिक दलहरुले जनहितका लागिभन्दा आफ्नो दलको स्वार्थका लागि मात्रै अगाडि बढाउँदा प्रजातान्त्रिक संस्कार र राष्ट्रप्रति जिम्मेवारीको भावना हराउँदै गएको छ भन्नुभयो । सो अवसरमा राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौला, राप्रपा जिल्ला सदस्य अर्जुन तिमल्सिना र राप्रपा बकैया गाउँपालिकाका अध्यक्ष राजाराम अर्यालले पार्टीको सङ्गठनलाई अनुशासित, मर्यादित र सुस्त बनाई महाधिवेशनमा सक्षम नेतृत्वको निर्वाचनका लागि कार्यकर्ताहरु एकजुट हुनुपर्ने धारणा व्यक्त गर्न...
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

राजनीति
काठमाडौं । आज सोमबार बेलुकी ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले साँझ ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।आजै बस्ने मन्त्रिपरिषद् ठकले स्वास्थ्य सचिव बनाउँदै छ । स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस भएको छ । तीन वर्षपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाबाटै सचिव पाउने भएको हो । सामान्य प्रशासन मन्त्रालयमा आजै विहान बसेको बढुवा समितिको बैठकले डा।रोशन पोखरेल, डा।दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम बढुवाका लागि सिफारिस गरिसकेको छ ।बढुवा समितिले बाह्रौं तहमा बढुवा हुँदाको क्रमलाई हेरेर डा। पोखरेल, डा।सिंह र श्रेष्ठको नाम क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो । यसैगरी मन्त्रिपरिषद् बैठकले केही सचिवहरुको सरुवा गर्नेसमेत बताइएको छ ।  ...
प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

राजनीति
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज उहाँले सो आश्वासन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको थियो । साथै प्रधानमन्त्री देउवाले बधाईका लागि उहाँलाई धन्यवाद दिनुभएको थियो । दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।...
नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दै

राजनीति
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै बालकोटमा स्थायी कमिटी बैठक बस्न लागेको हो । यो बैठकले भोलि (मंगलवार) बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ । एमालेको सोमवारको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।...
कांग्रेसमा मन्त्री बन्न दौडधुप : को-को छन् लाइनमा ?

कांग्रेसमा मन्त्री बन्न दौडधुप : को-को छन् लाइनमा ?

राजनीति
काठमाडौं । पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन। तर, सत्ता गठबन्धन मात्र होइन, एमालेभित्रको विग्रहका कारण कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त भएको हो। सरकारको नेतृत्व गर्ने अवसर पार्टीभित्रबाट सभापति देउवालाई मिल्यो। देउवा प्रधानमन्त्री भएसँगै कांग्रेसका सांसदहरू मन्त्री बन्न सक्रिय भएका हुन्। गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँट भइनसके पनि कांग्रेसका सांसदहरू मन्त्री बनाइदिन भन्दै शीर्ष नेताहरूको निवास धाइरहेका छन्। सभापति देउवाले आफू निकट खाँण र कार्कीलाई सरकारमा सहभागी गराइसकेका छन्। कांग्रेसबाट सरकारमा पुष्पा भुसाल र नारायण खड्...