Sunday, May 5
Shadow

राजनीति

जनताकाे माईक समाउँदा जेल जानुपर्ने ? : रणविर

जनताकाे माईक समाउँदा जेल जानुपर्ने ? : रणविर

राजनीति
 काठमाडौ । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भरत वम (रणवीर)ले जनताको सत्य आवाज वोल्ने आफुले माईक समातेका कारण जेल हालिएको वताउनु भएको छ । शुक्रवार रिहा पछि सेन्कोटर जेलकाे गेटबाहिर ाआयाेजित स्वागत तथा अभिनन्दन कार्याक्रममा वोल्दै नेता वमले जनताको माईकवाट भ्रटाचारी,लुटेरा,अपराधिहरुको विरोध गरेकै कारण जेल जानुपर्ने ? भनेर राज्यसत्तालाई प्रश्न गर्नुृभयो । उहाँले भन्नु भयो “जनताको माईक संग ठुलो शक्ति छ, अझै यो माइकलाई दहे संग समात्ने छु ।” उहाँले यो दलाल व्यवस्थाले जनताको राज्यको माग गर्ने शक्तिलाई हिरासत लिनु ,जेल हाल्नु र मृत्यु दण्ड दिनु अनौठो नभएको र उनीहरुको उपहार भएको वताउनु भयो । आफुले जेलमा वस्दा ३ ‘ग’ को भूमिका पुरा गरेको दावी गर्दै नेता वमले सानो जेलको घेरावाट ठुलो जेलको घेरामा आएको वताउनु भयो । संसारमा कोही पनि स्वतन्त्र नभएको भन्दै पूजीवादीहरुको उ...
पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

राजनीति
नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुने भएको छ । स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकेपछि पुस ११ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ । शनिबारदेखि काठमाडौँको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरेका हुन् । प्रचण्डको प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ ।  असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ । मङ्सिर १५ मा साथै प्रदेशको अधिवेशन सम्प...
चार कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्री देउवामार्फत माेदीकाे ध्यानाकर्षण

चार कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्री देउवामार्फत माेदीकाे ध्यानाकर्षण

राजनीति
काठमाडौँ : नेपाल भारत सिमा क्षेत्रमा भारतीय एसएसबीले नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध श्रृंखलाबद्ध रुपमा घटाउँदै आएका आपराधिक घटनाहरु भविष्यमा कडाईपुर्वक नियन्त्रण र बन्द गर्न माग गर्दै चार कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवामार्फत भारतीय नरेन्द्र मोदी सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । दार्जुलाको षड्यन्त्रमूलक घटनाप्रति नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले चरम आक्रोस व्यक्त गर्दै एसएसबीद्वारा श्रृंखलाबद्ध आपराधिक घटनाहरु भविष्यमा कडाईपूर्वक नियन्त्रण र बन्द गर्न प्रधानमन्त्री देउवामार्फत भारतीय नरेन्द्र मोदी सरकारसँग माग गरेका छन् । अन्यथा भारतीय शासक वर्गको हस्तक्षेप, अतिक्रमण र आपराधिक क्रियाकलापका विरुद्ध प्रतिरोध...
एमाले विवाद संसदीय समितिमा छताछुल्ल

एमाले विवाद संसदीय समितिमा छताछुल्ल

राजनीति
काठमाडौं । नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो । संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन सकेकोमा समितिका सदस्यहरूलाई बधाई दिँदा एमालेकै सांसद नारदमुनि रानाले प्रतिवाद गरेपछि विवाद उत्पन्न भएको थियो । सांसद रानाले संसद् पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेर प्रतिवाद गरेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा मच्चिएको थियो । आफ्नो बोल्ने पालो आएपछि एमाले संस्थापन पक्षका सांसद रानाले अहिलेको संसद् र सरकार परमादेशले बनाएको भनेपछि कांग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए । रानाले परमादेशको प्रसंग उठाएपछि नेता नेपालले प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भनेर आक्रोश व्यक्त गरे । कांग्रेस ...
बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदबीच आरोप–प्रत्यारोप चल्यो। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट गठन भएको बताएपछि आरोप–प्रत्यारोप चलेको हो। बैठकमा प्रधानमन्त्री देउवालाई बधाई र शुभकामना दिने क्रममा धारणाराख्दै नेम्वाङले अदालतबाट संविधानको धारा ७६(५) को अपव्याख्या गरिएको बताए। उनले अदालतले संविधानको धारा ७६(५) अनुसार सरकार बन्दा दलीय ह्विप नलाग्ने व्याख्या गरेको तर लोकतन्त्रमा त्यस्तो हुनै नसक्ने जिकिर गरे। अदालतको परमादेशपछि धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेका देउवाले विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसर माओवादी केन्द्रले आफ्ना सांसदलाई ह्विप लगाएको नेम्वाङले बताए। उनले एमालेको हकमा भने ह्विप लगाउन नपाइने भन्नु संसदीय प्रणालीको मूल्यम...
ओली नरम हुँदा नेपाल कडा

ओली नरम हुँदा नेपाल कडा

राजनीति
काठमाडौं । नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए। त्यसको एक सातापछि उनी ‘आममाफी’ दिने तहमा आइपुगेका छन्। यता सर्वोच्च अदालतले साउन २८ गते प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपाल पक्ष आफ्नो विचार, नीति र विधिको विजय भएको तर्क गर्दै ओलीले गल्ती स्वीकार गर्नुपर्ने अडानमा छ। ओली पक्षको केन्द्रीय कमिटी बैठकमा पार्टी विभाजन रोक्नुपर्ने आवाज मुखर भएपछि ओलीले नेपाल समूहप्रति लचिलो नीति लिएका थिए। उनले पार्टीभित्र देखिएको विद्रोह सम्बोधन गर्ने क्रममा सबै गल्ती कमजोरी माफी मिनाह भएको घोषणा गरेका थिए। ‘उहाँ (ओली) ले पार्टी एकताकै लागि लचिलो नीत...
नेपाली कांग्रेसले छान्यो तीन मन्त्री, १ बजे सपथ

नेपाली कांग्रेसले छान्यो तीन मन्त्री, १ बजे सपथ

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले लामो रस्साकस्सी पश्चात् मन्त्री बन्ने सांसदको नाम टुंगो लगाएको छ । गण्डकीमा सत्ताको नेतृत्व गर्ने दल नेपाली कांग्रेसले सरकार बनेको डेढ महिनापछी मन्त्री बन्ने सांसदको नाम टुंगो लगाएको हो । कांग्रेसले पाउने थप ३ मन्त्रालयमा स्याङ्जाका मेखलाल श्रेष्ठ, तनहुँका डोबाटे विश्वकर्मा र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका छन् । यी तिनै जना सांसद समानुपातिक निर्वाचित हुन् । यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सङ्गै सपथ लिएका कास्कीका कुमार खड्का पनि समानुपातिक सांसद हुन् । खड्काले अहिले शिक्षा, विज्ञान प्रविधी तथा सामाजिक विकास मन्त्रालय सम्हालेका छन् । कांग्रेसले अब पाउने तीन मन्त्रालय भौतिक पूर्वाधार, पर्यटन र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला हुन् । यी तीन मन्त्रालय कसले पाउने भन्ने तय भैसकेको छैन । शुक्रबार १ बजे नवनियुक्त मन्त्रीको सपथ कार्...
माओवादी केन्द्रले छान्यो तीन मन्त्री, आजै सपथग्रहण

माओवादी केन्द्रले छान्यो तीन मन्त्री, आजै सपथग्रहण

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको हो । माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । नेपाली कांग्रेसले पनि मन्त्रीको नाम टुंग्याउन बिहीबार बैठक गरेको छ । अहिले कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, कुमार खड्का सामाजिक विकास मन्त्री छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाउने छ । २ मन्त्री मागेको जनता समाजवादीका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् । जसपाले एक मन्त्रालय मात्र पाउने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ । टुंगो लागेका मन्त्रीहरुले ...
भीम रावलले राजीनामा फिर्ता लिने

भीम रावलले राजीनामा फिर्ता लिने

राजनीति
काठमाडौं । नेकपा एमालेका उपध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने भएका छन्। रावलले असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि राजीनामा दिएका थिए। पार्टीक वरिष्ठ नेता माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएपछि राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। तर, पत्रकारलाई आफूले राजीनामा दिएको जानकारी दिएका थिए। एमाले वरिष्ठ नेता नेपाल उनलाई राजीनामा फिर्ता गर्न आग्रह गर्दै बिहीबार रावल निवास टोखा पुगेका थिए। त्यस्तै‚ सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि उनलाई राजीनामा फिर्ता लिन दवाब दिएका थिए। रावलले आज बस्ने प्रतिनिधिसभा बैठकअघि राजीनामा फिर्ता लिने बुझिएको छ। रावलले एमालेको विवाद समाधान गर्न नेपाल समूहबाट कार्यदलको संयोजक भएर १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए। तर, वरिष्ठ नेता नेपालले त्यसको कुनै अर्थ नभएको भन्...
कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले गरेको कामका बारेमा जानकारी लिनुका साथै पार्टीको आगामी १४औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । बैठक अहिले बिहान ९ः०० बजे बस्नेछ । कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि यही साउन १२ गतेदेखि वडा तहको निर्वाचन गर्ने मिति तय गरेको छ । पार्टी सरकारमा सहभागी भएका कारण र क्रियाशील सदस्यता समयमा नटुङ्गिएका कारण निर्वाचनको मिति हेरफेर हुने बुझिएको छ ।...
नेपालले दिए स्पष्टीकरणको जवाफ

नेपालले दिए स्पष्टीकरणको जवाफ

राजनीति
काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। नेपाललगायत २२ जना प्रतिनिधिसभा सदस्यलाई पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्माले बुधबार २४ घण्टे स्पष्टीकरण सोधेका थिए। वरिष्ठ नेता नेपालले सर्वोच्चको फैसला र लोकतन्त्रको रक्षाका लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको स्पष्ट पारेका छन्। पार्टीले सोधेको स्पष्टीकरणमा वरिष्ठ नेता नेपालले सर्वोच्चको असार २८ गते प्रतिनिधिसभाको पुनःस्थापना गर्दा संविधानको धारा ७६ को उपधारा ५ अनुसार विशिष्ट प्रकृतिको अधिकार दिएकोले कुनै किसिमको कारबाही गर्न नमिल्ने उल्लेख गरेका छन्। ‘प्रतिनिधिसभाको पुनःस्थापना गर्दा संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रियामा सहभागी भई मतदान गर्न पाउने प्रतिनिधिसभाका सदस्यहरूको एक विशिष्ट प्रकृतिको अधिकार भएकाले सो मतदानलाई लिएर कुनै किसिमको कारबाही ग...
कांग्रेसमा पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात

कांग्रेसमा पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात

राजनीति
काठमाडौं । मिति तय भैइकेको कांग्रेसको १४औँ महाधिवेशनले दाङका युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराइदिएको छ। लामो समयसम्म नेवि संघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति गरेका उनीहरू अधिकांश अब पार्टी राजनीतिमा सक्रिय हुने अभिलाषा पलाएको छ। नेवि संघका कुलराज पोखरेल महेन्द्र बहुमुखी क्याम्पसको एकाइ सचिव हुन्। जिल्लामा हुने नेविसंघका हरेक कार्यक्रममा अग्रणी भूमिकामा रहँदै आएका उनको पनि पदीय हैसियत सात वर्षसम्म एउटै रह्यो–नेवि संघ क्याम्पस एकाइ सचिव। उनी भन्छन्, ‘नेवि संघकै उपल्लो तहमा रहेर राजनीति गर्ने सोच भए पनि सात वर्षसम्म मेरो योजना सफल भएन।’ स्वाभाविकै रूपमा उनको ध्यान पनि अब पार्टीको महाधिवेशनतिर तानिएको छ। वडा तहको नेतृत्व वा क्षेत्रीय प्रतिनिधि बनेर पार्टी राजनीतिमा लाग्ने मनसाय उनले बनाएका छन्। तर उनी भन्छन्, ‘यो मेरो व्यक्तिगत सोंच हो, अग्रजको सल्लाहबमो...
ओलीद्वारा माधव समुहलाई आममाफीकाे घाेषणा

ओलीद्वारा माधव समुहलाई आममाफीकाे घाेषणा

राजनीति
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नेता माधव कुमार नेपाललाई आममाफी दिने घोषणा गरेका छन् । उनले नेपाल समूहलाई बाटो बिराएको भन्दै पार्टीमा फर्किए आममाफी दिन सकिने बताएका हुन् । बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आन्दोलनलाई जीवित राख्न, यसलाई मजबुत पार्न र विजय यात्रामा कसैले रोक्न नसक्ने बताए । जनता र पार्टी एकताका कुरा गर्नुपर्ने ओलीले बताए । ओलीले पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको पार्टी एमाले भएको भन्दै यो कर्कलोको पातको पानी नभएर कसैले हल्लाउँदैमा भुइँमा नखस्ने दाबी गरे । उनले ओलीले कसैले औँला ताक्दैमा एमाले नसिद्धिने पनि बताए । यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर पार्टीभित्र बस्न नसकिने बताएका छन् । नेता नेपालले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श...
बाटो बिराएका र भड्किएका नेताहरुलाई आममाफी दिने ओलीको घोषणा

बाटो बिराएका र भड्किएका नेताहरुलाई आममाफी दिने ओलीको घोषणा

राजनीति
काठमाडौं । नेकपा एमाले भित्र देखिएको विवादमा अध्यक्ष केपी शर्मा लचिलो बनेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोम्बोधन गर्दै ओलील बाटो विराएका नेताहरुलाई आममाफि दिने बताएका हुन् । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका अध्यक्ष ओलीले ले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । ‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड,ओलीले भने ।’ उनले १९६० ताका अमेरिकी गायक बब डायलानको ‘वी श्याल ओभरकम समडे’ बोलको गीत स्मरण गर्दै आफूहरु पनि ओभरकम गर्ने बताए । आफू जनाताको आदेशबाट नभई अदालतको परमादेशबाट प्रधानमन्त्रीबाट हटेको पुनः दावि गरे । उनले भने,‘मेरो चिन्ता के हो भने सम्मानित अदालतको विश्व...
कांग्रेस महाधिबेशनको नयाँ मिती कहिले आउन्छ, के भन्छन् नेताहरु

कांग्रेस महाधिबेशनको नयाँ मिती कहिले आउन्छ, के भन्छन् नेताहरु

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सर्ने निश्चित भएको छ । साउन १२ गतेबाट देशैभरिका वडा तहको अधिबेशन शुरु गर्नेगरी तय गरिएको निर्धारित मिती नजिकै आइसक्दा पनि महाधिवेशनका लागी चाहिने क्रीयासिल सदस्यहरुको नाम फाइनल हुन बाकी छ भने पार्टिका नेताहरु सरकारलाई पूर्णता दिने लगायतका अन्य बिषयमा ब्यस्त छन । अब महाधिबेशन सर्ने निश्चित भइसकेपनी कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ ।पार्टीको शीर्ष नेताहरुको बैठक आज बस्ने भनिएको भएपनी कार्यब्यस्तताका कारण आज बस्ने भनिएको बैठक भोली बिहान नौ बजे बस्ने तयारी भइरहेको सभापति एबम प्रधानमन्त्री शेरबहादुर देउवानिकट उच्च स्रोतले जानकारी दिएको छ । सप्तरी र बारा बाहेक अरु सबै जिल्लाको क्रीयासिल सदस्य नामावली टुङ्गो लागिसकेको छ भने बाकी दुइ जिल्लाको क्रीयासिल सदस्यता बिबाद अब शिर्...
वरिष्ठ नेता नेपाल यसकारण देउवालाई दिए विश्वासको मत

वरिष्ठ नेता नेपाल यसकारण देउवालाई दिए विश्वासको मत

राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र एकता प्रक्रिया अघि बढाउनुको साटो एउटा विचार समूहलाई मात्र लिएर हिँड्दा समस्या आएको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै नेता नेपालले सो कुरा उल्लेख गरेका हुन् । ११ फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि ओलीले प्रधामन्त्री र दल नेताबाट राजीनामा दिनुको साटो सत्तामा रहिरहने प्रवृत्ति देखाएको भन्दै उनले भनेका छन्, ‘त्यसैले २७ वैशाख २०७८ मा तत्कालिन प्रधानमन्त्रीले विश्वासको मत लिँदा म समेतले उक्त प्रक्रियामा सहभागी हुन वाञ्छनिय ठानेनौँ र अनुपस्थित रहेका हौं । यो एक राजनीतिक निर्णय थियो ।’ धारा ७६ ९२० अनुसार प्रधानमन्त्री रहेका ओलीले ३० वैशाखमा विश्वासको मत नपाएपछि संविधानको ७६९३० अनुसार संसदको सबभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री नियुक्ति भएका थिए । नेता न...