Saturday, May 18
Shadow

Tag: कोरोना

बुटवलमा  थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेश, स्वास्थ्य
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ आज (शनिबार) बिहान मृत्यु भएका कपिलवस्तुका ती बिरामी तीन दिनअघि अस्पताल भर्ना भएका थिए। उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। ४२ वर्षीय ती पुरुषलाई आइसीयुमा राखी उपचार गरिँदै थियो। डा. गौतमका अनुसार ती बिरामीको सुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। पुन: गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ। उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएका कारण उपचारकै क्रममा मृत्यु भएको डा गौतमले बताए। यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा मृत्यु भएको थियो।...
गण्डकी प्रदेश: थप १० जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेश: थप १० जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेश, स्वास्थ्य
गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला परेका हुन् ।यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ६ सय ९२ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका वडा नं. २ र ४ मा एक–एक जना पुरुषमा संक्रमण देखिएको छ । कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ५ मा एक जना र वडा नं. ८ मा दुई जना संक्रमित फेला फेला परेका छन् । वडा नं. ८ मा संक्रमण पुष्टि हुनेमा एक जना महिला हुन् । यस्तै बागलुङको बागलुङ नगरपालिका वडा नं. ३ मा १ जना र बडिगाड गाउँपालिका–६ मा १ जना गरी दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।गोरखाको गोरखा नगरवपालिकामा ४७ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पाइएको छ । उनको वडा नं. खुलेको ...
आज थपिए ४६४ कोरोना संक्रमित

आज थपिए ४६४ कोरोना संक्रमित

विशेष खबर, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ४६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा सात हजार ९२६ पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३३० छ। त्यस्तै, १० हजार २०७ जना क्वारेन्टाइनमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा  जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्।​ त्यस्तै,  २४ घण्टामा  ४२५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ।...
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

विशेष खबर, स्वास्थ्य
कोरोना संक्रमणबाट वीरगञ्जमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘मुटुको रोगी हुनुहुन्थ्यो, कोभिड लागेपछि अवस्था गम्भिर नै थियो,’ डा. उपाध्यायले भने, ‘आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार ग¥यौं तर बचाउन सकिएन ।’ मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको थियो । अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे निधन भएको अस्थायी कोरोना अस्पताल गण्डकले जनाएको छ । ब...
प्रहरी हेडक्वार्टरका थप ६ जनामा कोरोना संक्रमण

प्रहरी हेडक्वार्टरका थप ६ जनामा कोरोना संक्रमण

विशेष खबर, स्वास्थ्य
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए । संक्रमित मध्ये अधिकांश सवारी शाखाका छन् । केही सञ्चार शाखाका अधिकारीलाई पनि संक्रमण देखिएको छ । हालसम्म संक्रमण पुष्टि भएका हवल्दार र जवान छन् । कन्ट्याक ट्रेसिङका आधारमा अधिकृतहरुको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।...
कोभिड–१९ अहिलेसम्मकै गम्भीर संकटकाल : डब्लुएचओ

कोभिड–१९ अहिलेसम्मकै गम्भीर संकटकाल : डब्लुएचओ

विशेष खबर, स्वास्थ्य
एजेन्सी–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ विश्वका लागि अहिलेसम्मकै सबैभन्दा गम्भीर संकटकालको स्थिति भएको जनाएको छ। डब्लुएचओ प्रमुख डा. टेड्रोस अधानम घेब्रेयेससले विश्व स्वास्थ्य संकटकाल स्थितिको पुनरावलोकनका लागि यसैसाता आपतकालीन समितिको बैठक बोलाउने बताएका छन्। डब्लुएचओले गत जनवरी ३० मा विश्व स्वास्थ्य संकटकालको स्थिति घोषणा गर्दा चीनबाहिर जम्मा १ सय जनामा कोरोना भाइरस देखिएको थियो । हाल विश्वभर १ करोड ६३ लाखभन्दा बढी मानिसको यसको संक्रमण देखिइसकेको छ भने ६ लाख ५१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। डब्लुएचओ प्रमुखले गत ६ सातामा संक्रमितको संख्या दोब्बर भएको उल्लेख गर्दै कोभिड १९ ले विश्वलाई नै परिवर्तन गरेको र सबै मुलुक र समुदायलाई एकै ठाउँमा ल्याइदिएको बताए। यसअघि इबोला, जिका, पोलियो र स्वाइनफ्लुको महामारीका बेला विश्व स्वास्थ्य संकटकालको स्थिति घोषणा गरिए...
कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेश, स्वास्थ्य
कर्णााली  प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप ११ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका चारजना, सल्यानका तीनजना, दैलेखका एकजना, कालीकोट र हुम्लाका एक/एकजना रहेको रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७४९ पुगेको छ । यस्तै, कर्णालीमा सोमबार थप ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५१९ पुगेको छ भने २२४ जना आइसोलेसनमा रहेका छन्ा । ६ जनाको मृत्यु भएको छ ।...
पाँचथरका सबै संक्रमित निको

पाँचथरका सबै संक्रमित निको

विशेष खबर, स्वास्थ्य
पाँचथरमा कोरोना भाइरसका सबै संक्रमित संक्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए । चारै जनालाई विभिन्न खाडी राष्ट्रबाट उद्धार गरिएको थियो । पछिल्लो पटक संक्रमित देखिएका तीन जना पुरुष कोरोना संक्रमण मुक्त भई अस्पतालबाट फर्केका छन् । यस्तै शुक्रबार यहाँका क्वारेन्टिनमा बस्नेको संख्या समेत शून्यमा झरेको छ । पाँचथरमा पहिलो पटक गत जेठ ३ गते कोरोना भाइरसको पहिलो संक्रमित भेटिएका थिए । जिल्लाको याङवरक गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीया युवतीमा संक्रमण देखिएको थियो । उनी सरकारी उद्धारबाट वैशाख ३० गते नेपाल आएकी थिइन् । संक्रमण देखिएपछि उपचारार्थ कोशी अस्पताल पठाइएकी ती युवती दुई साताअघि निको भई घर फर्किसकेकी छन् । यस्तै साउदी अरेब...
आज  १४४ जनामा कोरोना संक्रमण

आज १४४ जनामा कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं । सोमबार नेपालमा कोरोना भाइरसका १४४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा सं‌क्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । कोरोना संक्रमण उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिए । सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।...
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

अन्तर्राष्ट्रिय
अलजजिरा । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा एक हजार दुई सय मानिसको मृत्यु भएको हो । यससँगै ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७० हजार ३९८ पुगेको छ । संक्रमितेको संख्या १८ लाख नाघेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसका १८ लाख ८२७ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका ४५ हजार नयाँ संक्रमित थपिएका थिए । ...
जापान र अष्ट्रेलियामा फेरि बढ्न थाले कोरोना संक्रमित

जापान र अष्ट्रेलियामा फेरि बढ्न थाले कोरोना संक्रमित

अन्तर्राष्ट्रिय
सीएनएन।  कोरोना भाइरस (कोभिड-१९) लाई नियन्त्रणमा लिन सफल भनेर नाम कमाएका जापान र अष्ट्रेलियामा पुनः कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जापानमा कोरोना भाइरसका ४३० नयाँ संक्रमित फेला परेका छन् । जापानमा गत अपि्रल २४ पछि पहिलोपटक एकैदिन कोरोना भाइरसका चार सयभन्दा बढी संक्रमित फेला परेका हुन् । जापानमा नयाँ संक्रमित सबैभन्दा बढी राजधानी सहर टोकियोमा भेटिएका छन् । टोकियोमा पछिल्लो २४ घण्टामा २४३ नयाँ संक्रमित फेला परेका हुन् । टोकियोमा पहिलोपटक एकैदिन यति धेरै संक्रमित फेला परेका हुन् । अहिलेसम्म जापानमा कोरोना भाइरसका २१ हजार ८४१ संक्रमित फेला परेका छ् भने ९९५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पछिल्लो केही समयदेखि निरन्तर कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा भिक्टो...
भारतमा कोरोना संक्रमितको संख्या आठ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या आठ लाख नाघ्यो

अन्तर्राष्ट्रिय
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेहरूको संख्या आठ लाख नाघेको छ । अहिलेसम्म आठ लाख २० हजार ९१६ संक्रमित फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र १७ हजार ११४ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कैदिनमा भेटिएका यो अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । संक्रमित मध्ये २२ हजार बढीको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसको कारण २२ हजार १२३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ५१९ जनाको मृत्यु भएको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसका पाँच लाख १५ हजार ३८५ संक्रमित निको वा डिस्चार्ज भएर फर्किसकेका छन् । भारतमा महाराष्ट्र, तामिलनाडु र दिल्लीमा कोरोना भाइरसका संक्रमित संख्यामा सबैभन्दा अगाडि देखिएका छन् ।...
केएमसी अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु

केएमसी अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु

स्वास्थ्य
काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा. मुकुन्द राज जोशीले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ । ती पुरुष मिर्गौलाको बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो । कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो । मृत्यु भए...
एक दिनमै २ लाख २८ हजार संक्रमित थपिए, डब्ल्यूएचओ भन्छ– कोरोनालाई निमिट्यान्न पार्न मुस्किल छ

एक दिनमै २ लाख २८ हजार संक्रमित थपिए, डब्ल्यूएचओ भन्छ– कोरोनालाई निमिट्यान्न पार्न मुस्किल छ

अन्तर्राष्ट्रिय
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस पूर्णरुपमा समाप्त पार्न मुस्किल हुने बताएको छ । विश्व स्वास्थ्य संगठनका इमर्जेन्सी प्रोग्राम प्रमुख डा. माइक रायनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । जेनेभामा अनलाइन पत्रकार सम्मेलन गर्दै उनले भने, ‘अहिले जुन स्थिति देखिएको छ, त्यसलाई हेर्दा कोरोना भाइरसलाई निमिट्यान्न पार्न सकिन्छ जस्तो लाग्दैन ।’ विश्व स्वास्थ्य संगठनका अनुसार वितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ । संगठनका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमित २ लाख २८ हजार १०२ जना थपिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हाल विश्वभर कोरोनाबाट संक्रमित व्यक्तिहरुको संख्या १ करोड २४ लाख ५९ हजार ३ सय ६३ छ । यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५९ हजार ४ सय ३९ छ । अमेरिकामा सबैभ...