अझै सञ्चालनमा आएन बसपार्क

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २१, २०७६
|
|
५८ पटक हेरिएको
Shares
अझै सञ्चालनमा आएन बसपार्क

सारांश

  • निर्माण भएको पाँच वर्ष पूरा भए पनि जुम्लाको बसपार्क सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको छ ।
  • पटकपटक छलफल गर्दा पनि बसपार्क सञ्चालनको विषय टुङ्गो नलाग्दा यातायात व्यवसायी र सर्वसाधारण समस्यामा छन् ।
  • चन्दननाथ नगरपालिका, प्रशासन, ट्राफिक कार्यालयले यातायात व्यवसायीलाई बसपार्कबाटै सवारी छुटाउन आग्रह गरे पनि यातायात व्यवसायीले अटेरी गर्दा सञ्चालनमा नआएको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

निर्माण भएको पाँच वर्ष पूरा भए पनि जुम्लाको बसपार्क सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको छ । पटकपटक छलफल गर्दा पनि बसपार्क सञ्चालनको विषय टुङ्गो नलाग्दा यातायात व्यवसायी र सर्वसाधारण समस्यामा छन् ।

चन्दननाथ नगरपालिका, प्रशासन, ट्राफिक कार्यालयले यातायात व्यवसायीलाई बसपार्कबाटै सवारी छुटाउन आग्रह गरे पनि यातायात व्यवसायीले अटेरी गर्दा सञ्चालनमा नआएको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ । नयाँ बसपार्क सञ्चालन नहुँदा मनपरी भाडा असुल्ने, बजारका कुनाकुनामा काउन्टर खोल्नेदेखि दुर्घटनाको जोखिम बढेको छ ।

नयाँ बसपार्क सञ्चालनमा नआएपछि चन्दननाथ नगरपालिकाले बोलपत्र आह्वान ग¥यो । बोलपत्र मुगुको रारा छाँयानाथ यातायात प्रालिले पायो । बोलपत्र पाएको दुई महिनाभन्दा बढी भइसक्दा पनि रारा छाँयानाथ यातायात प्रालिले बसपार्क सञ्चालनमा ल्याउन सकेको छैन । बसपार्कमा पानी, बत्ती, टेलिफोन, बस्ने चौतारी निर्माण नभएसम्म सञ्चालन नगर्ने माग गरेको नगरपालिकाले जनाएको छ । आवश्यक पूर्वाधारका लागि माग आएको र सबै निर्माण गरेपछि सञ्चालनका लागि सम्झौता गरिने चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताउनुभयो ।

कर्णाली यातायात प्रालिका अध्यक्ष मीनबहादुर थापाका अनुसार बसपार्क सञ्चालनको जिम्मा पाएको छाँयानाथ यातायात प्रालि, चन्दननाथ नगरपालिकाले बसपार्क सञ्चालनमा जानी जानी ढिला गरेको आरोप लगाउनुभयो । खलङ्गा खानेपानी उपभोक्ता समितिका महासचिवसमेत रहेको थापाले बसपार्क सञ्चालन गर्नुहोस्, एक पत्र दिनेबित्तिकै पाँच मिनेटमा पानी पु¥याइदिन्छु भन्दा पनि वास्ता नगरेको बताउनुभयो ।

यात्रुले सास्ती पाएका छन् दुर्घटना दिनदिनै भएको छ । अध्यक्ष थापाले थपे, यसबारे न त छाँयानाथ यातायात प्रालि गम्भीर छ, न त नगरपालिकाले चासो दिएको छ । केही समय बसपार्क सञ्चालनकै विवादमै समय गयो, बोलपत्र भएर पाएपछि अब बत्ती, टेलिफोन पानीका बहानामा बसपार्क सञ्चालन ढिलाइ भइरहेको उनले बताउनुभयो ।

सुविधासम्पन्न बसपार्क सञ्चालनमा नआउनु नागरिक समाज, नगरपालिका र प्रशासनकै कमजोरी रहेको स्गानीय नर शाहीले बताउनुभयो । यात्रुलाई सास्ती भएको ठगिएको कसैलाई मतलब छैन सरोकारवालाकै कमजोरीले बसपार्क सञ्चालनमा नआएको शाहीले बताउनुभयो ।

नयाँ बसपार्क सञ्चालन नहुँदा बजार क्षेत्रमै पार्किङ हुने गरेका छन् सवारीसाधन । यातायात व्यवसायीहरुले आफ्नै अटेरी छोडेका छैनन् । बजारका कुना कुना क्षेत्रमा आफ्ना आफ्ना बस समितिका काउन्टर खोलेर सञ्चालन गर्दै आएका छन् । प्रहरी प्रशासन हेरेरै बसेको छ, नगरपालिका बेखर छ एम्बुलेन्स जाने बाटो छैन नागरिक समाजका संयोजक राजबहादुर महतले दुःख व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेस्तोल/खुकुरी देखाई लुटपाट गर्ने ४ जना ‘डाँका’ पक्राउ
पेस्तोल/खुकुरी देखाई लुटपाट गर्ने ४ जना ‘डाँका’ पक्राउ
नेकपा केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यहरुले गरे नेतृत्वको आलोचना
नेकपा केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यहरुले गरे नेतृत्वको आलोचना
सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार
सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार
के गैंडा बोकेर चीन जाँदैछन प्रधानमन्त्री ओली ?
के गैंडा बोकेर चीन जाँदैछन प्रधानमन्त्री ओली ?
एसपी दुर्गा चन्दको काम लाई सलाम ! यो समाचार पढ्नेहरुले सेयर पनि गर्नेछन
एसपी दुर्गा चन्दको काम लाई सलाम ! यो समाचार पढ्नेहरुले सेयर पनि गर्नेछन
सरकारी गाडीकाे ठक्करबाट साइकल यात्रीको मृत्यु !
सरकारी गाडीकाे ठक्करबाट साइकल यात्रीको मृत्यु !
मुम्बईमा समुन्द्रमा डुबेर दुई जनाको मृत्यु, दुई जना बेपत्ता
मुम्बईमा समुन्द्रमा डुबेर दुई जनाको मृत्यु, दुई जना बेपत्ता
नेपाली समाजवादको खाका कसैसँग छैनः नेता शर्मा
नेपाली समाजवादको खाका कसैसँग छैनः नेता शर्मा
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्

तपाईंले छुटाउनुभयो कि?