अन्ततः काठमाडौँ आइपुग्यो मेलम्ची

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन २२, २०७७
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ ।
  • फागुन १० गते सुरुङमा हालिएको पानी १२ दिनपछि सुन्दरीजल आइपुगेको हो ।
  • आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले टनेलको गेटको बटन थिचेपछि पानी सुन्दरीजलमा खसेको हो ।

मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । फागुन १० गते सुरुङमा हालिएको पानी १२ दिनपछि सुन्दरीजल आइपुगेको हो ।

आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले टनेलको गेटको बटन थिचेपछि पानी सुन्दरीजलमा खसेको हो । बहुप्रतिक्षित मेलम्ची आयोजनाको पानी सुन्दरीजलमा खसेपछि अब घर घरमा पानी पुग्नेछ ।

शुरुको पानी फोहोर आउने भएकाले बागमती नदीमा खसालिएको छ । योसँगै बागमतीको बहाव समेत बढेको छ । पानी केही दिनमै वितरण हुने भएको छ ।

२३ वर्ष अघि २०५५ सालमा मेलम्ची खानेपानी आयोजना सुरु भएको थियो । निकै लामो समयपछि मेलम्ची खानेपानी काठमाडौं खस्नुले पानी खाने काठमाडौंवासीको सपना पूरा हुने भएको छ ।

मेलम्चीको पानी काठमाडौं आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लामो सपना पूरा भएको बताए । उनले कोशी ब्यारेज भएर जाने पानी अब काठमाडौं हुँदै बागमती प्रदेश र प्रदेश २ मा जाने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काम नगर्ने पप्पुलाई फेरि २ अर्बको ठेक्का
काम नगर्ने पप्पुलाई फेरि २ अर्बको ठेक्का
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
प्रहरीसँगको दोेहोरो भिडन्तमा एकको मृत्यु, २ घाइते
प्रहरीसँगको दोेहोरो भिडन्तमा एकको मृत्यु, २ घाइते
ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो
ईंग्लिश प्रिमियर स् म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुनः फर्कियो
छिनभरको रिसले घट्छ घटना,  ४२ महिनामा यति धेरै हत्या
छिनभरको रिसले घट्छ घटना, ४२ महिनामा यति धेरै हत्या
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
चोरी तथा अपराधिक घटनाका लागी ‘प्रहरी हाम्राे टाेलमा’
चोरी तथा अपराधिक घटनाका लागी ‘प्रहरी हाम्राे टाेलमा’
इंग्ल्याण्डको ऐतिहासिक एक हजारौं खेलमा शानदार जित, ह्यारी केनको ह्याट्रिक
इंग्ल्याण्डको ऐतिहासिक एक हजारौं खेलमा शानदार जित, ह्यारी केनको ह्याट्रिक
राजश्व छली गरेको आरोपमा तीन कम्पनी सञ्चालकविरुद्ध मुद्दा
राजश्व छली गरेको आरोपमा तीन कम्पनी सञ्चालकविरुद्ध मुद्दा
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ