अमेरिका र चीन आमने सामने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
५१ पटक हेरिएको
Shares
अमेरिका र चीन आमने सामने

सारांश

  • बीबीसी।
  • हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन जारी राखे वाशिङ्गटनविरुद्ध कडा प्रतिक्रियात्मक कारबाही गर्ने चीनले चेतावनी दिएको छ।
  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि बेइजिङ् क्रुद्ध बनेको छ।

बीबीसी। हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन जारी राखे वाशिङ्गटनविरुद्ध कडा प्रतिक्रियात्मक कारबाही गर्ने चीनले चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि बेइजिङ् क्रुद्ध बनेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मानव अधिकार तथा प्रजातन्त्र नामक कानुनमा हस्ताक्षर गरेपछि बेइजिङ्ले त्यसलाई दुराग्रहपूर्ण कदम भनेको छ। सो कानुन बमोजिम अमेरिकी सरकारले हङ्‌कङलाई पर्याप्त स्वायत्तता प्रदान गरिएको छ कि छैन भनेर वार्षिक समीक्षा गर्नुपर्नेछ।

अन्यथा पाइए हङकङलाई प्राप्त विशेष व्यापारिक हैसियत खोसिन सक्नेछ। हाल ट्रम्म चीनसँग व्यापार सम्झौता गर्न चाहिरहेका छन् ताकि दुई देशबीचको व्यापार युद्ध थामियोस्। तर पछिल्लो कदमबारे प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले सत्यतथ्यको बेवास्ता गरिरहेको जनाएको छ।

हङकङका सार्वजनिक सम्पत्ति नष्ट गर्ने, आगो लगाउने, निर्दोष मानिसलाई कुटपिट गर्ने एवम् कानुनी शासन र सामाजिक व्यवस्थामा खलल पार्न खोज्ने हिंस्रक अपराधीहरूलाई खुला रूपमा समर्थन गरिरहेको आरोप उसले अमेरिकामाथि लगाएको छ। यस्तै गरिरहने हो भने चीनले बदलाको कारबाही गर्ने पनि उसले बतायो।

विश्वका सबभन्दा शक्तिशाली दुई मुलुकबीच चर्किएको पछिल्लो तनावले ती दुईबीच जारी व्यापार युद्ध रोक्न भइरहेका वार्ता थप जटिल हुने कतिपयले ठानेका छन्।चिनियाँ विदेशमन्त्रालयले अमेरिकी राजदूतलाई डाकेर वाशिङ्गटनलाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भनेको छ।

हङकङ सरकारले पनि अमेरिकी कानुनले गलत सन्देश दिने र स्थिति साम्य पार्न नसघाउने जनाएको छ। तर हङकङका एक मुख्य अभियानकर्ता जोशुवा वङ्गले अमेरिकी कानुन हङकङवासीहरूका निम्ति गजबको सफलता भएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेलमा को छ महराको ‘रुममेट’ ?
जेलमा को छ महराको ‘रुममेट’ ?
बाँदर आतङ्कले कृषक हैरानीमा
बाँदर आतङ्कले कृषक हैरानीमा
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
सिसी क्यामेराको जडान गर्न करीब छ करोड
सिसी क्यामेराको जडान गर्न करीब छ करोड
अलैँचीमा लगानीे गरेकामा पछुताउँदै कृषक
अलैँचीमा लगानीे गरेकामा पछुताउँदै कृषक
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि
विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि
बेल्जियमका प्रधानमन्त्री मिचेलद्वारा राजीनामा
बेल्जियमका प्रधानमन्त्री मिचेलद्वारा राजीनामा
प्रचण्डकाे भारत भ्रमणकाे टुंगाे लाग्याे

तपाईंले छुटाउनुभयो कि?