इलाममा १४ हजार सात सय ७२ मतदाता थपिए
सारांश
- इलाम, कात्तिक ११ – इलाममा १४ हजार सात सय ७२ मतदाता थपिएका छन् ।
- मतदाताको संख्या थपिएसँगै जिल्लामा दुई लाख चार हजार ४६ मतदाता भएका छन् ।
- आउदो मंसिर २१ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि इलाममा दुई लाख चार हजार ४६ मतदाताले मतदान गर्ने भएका छन् ।
इलाम, कात्तिक ११ – इलाममा १४ हजार सात सय ७२ मतदाता थपिएका छन् । मतदाताको संख्या थपिएसँगै जिल्लामा दुई लाख चार हजार ४६ मतदाता भएका छन् ।
आउदो मंसिर २१ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि इलाममा दुई लाख चार हजार ४६ मतदाताले मतदान गर्ने भएका छन् । ती मध्ये ९९ हजार ३५० महिला रहेका छन् । एक लाख चार हजार ६९४ पुरुष छन् भने दुई जना तेश्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि गएको भदौ ५ गतेसम्म १८ वर्ष पूरा भएकाहरुको नामावली संकलन गरिएको थियो । संकलनमा १४ हजार सात सय ७२ मतदाता थप भएको सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिनु भयो ।
उहाँले ४ नगरपालिका ६ गाउँपालिकासहित १० स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा र सबै भन्दा कम मतदाता माईजोगमाई गाउँपालिकामा थप भएको जानकारी दिनुभयो ।
इलाम नगरपालिकामा दुई हजार आठ सय ४९ मतदाता छन् भने, माईजोगमाई गाऊपालिकामा छ सय १२ जना मतदाता थप भएको बताइएको छ । स्थानीय तहको निर्वाचनमा एक लाख ८९ हजार दुई सय ७४ मतादाताले मतदान गरेका थिए ।
प्रतिक्रिया