करार अवधि सकिए पनि नेपाल फर्किन दिँदैन रोजगारदाता

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १, २०८०
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • साउदी अरबमा करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले नेपाल नपठाउने गरेको गुनासो बढ्न थालेको छ ।
  • साउदीमा कार्यरत प्रेम खसक्षेत्रीका अनुसार आफूले काम गर्ने कम्पनीका कपिलले करार अवधि सकिएर धेरै नेपाली कामदारहरूलाई स्वदेश फर्किन नदिएको बताएका छन् ।

काठमाडौं । साउदी अरबमा करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले नेपाल नपठाउने गरेको गुनासो बढ्न थालेको छ । साउदीमा कार्यरत प्रेम खसक्षेत्रीका अनुसार आफूले काम गर्ने कम्पनीका कपिलले करार अवधि सकिएर धेरै नेपाली कामदारहरूलाई स्वदेश फर्किन नदिएको बताएका छन् ।

‘मैले काम गर्ने कपिलको मजरामा हामी ३२ जना नेपाली छौं, सात जना नेपाली साथीको २ सालको कन्ट्याक्ट सक्किएर पनि अरू ३ महिनाको अकमा लगाइदिएको थियो,’ प्रेमले भने, ‘अब त्यो ३ महिनाको अकामा पनि डिसेम्बर १५ तारिखमा सकियो र सबै साथीहरू काम नगर्ने घर जाने भन्दै छन्, तर पनि कपिलले म तिमीहरू कसैलाई फिनिसमा घर पठाउँदिन, तिमीहरू सबैको अकासमा लगाइदिन्छु तिमीहरू काम गर भन्छ । अब हामी के गर्ने ?’

उनीहरूले आफूहरूलाई काम गर्न धेरै गाह्रो भएको पनि बताएका छन् । ‘यहाँ हामीहरूलाई काम गर्न धेरै गारो भएकाले कोही पनि बस्न चाहँदैनन्, तर कपिलले जबर्जस्ती गर्दै सबैलाई थर्काउँछ अब साथीहरूको कन्ट्याक सकिँदा पनि घर जान पाइँदैन,’ उनले थपे ।

कम्पनीले समयमा तलब पनि नदिने गरेको र बल्लबल्ल केही महिनाको दिए पनि अझै एक महिनाको तलब पाउन नसकेको उनीहरूले बताएका छन् ।

‘मेरो २ वर्षको करार अवधि सकिएर पनि अहिले २८ महिना चल्दैछ, सबै साथीहरू फिनिस जाने भनेर बारम्बार कपिललाई भन्दा पनि टेर्दैन, अनि अहिले मान्छे छैन काम गर म तिमीहरूको अर्कामा लागाइदिन्छु भन्छ, धम्क्याउँछ, के गर्ने होला ? साथीहरू सबै मधेश प्रदेशका छन् । बाझ्न, झगडा गर्न डराउँछन् हामीलाई जसरी भए पनि यहाँबाट निकाल्नु प¥यो,’ उनले थपे ।

पछिल्लो समय साउदीमा कार्यरत नेपाली कामदारहरूलाई रोजगारदाता कम्पनीहरूले करार अवधि सकिएर पनि घर नपठाई जबर्जस्ती काममा लगाउने गरेको गुनासो बढ्न थालेको त्यहाँ रहेका नेपालीले बताउने गरेका छन् ।

करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले घर नपठाए रियादस्थित नेपाली दूतावासमा आफ्नो समस्या राख्न सकिने व्यवस्था रहेको छ । अर्को विकल्प भनेको साउदीको श्रम अदालतमा गएर उजुरी गर्न सकिने छ । पछिल्लो समयमा रोजगारदाता कम्पनीले विभिन्न कारण देखाउँदै कामदारलाई समयमा तलब नदिने तथा करार अवधि सकिएपछि पनि घर नपठाउने गरेका छन् ।

साउदीको परिवर्तित कानुनअनुसार करार अवधि सकिएपछि रोजगारदाता परिवर्तन तथा रोजगारदाताको अनुमतिबिना नै देश छोड्ने भिसा (एक्जिट भिसा) को अनुमति दिने छ । श्रमिकलाई आकर्षित गर्न भन्दै करार अवधि सकिएपछि रोजगारदाता फेर्न पाउने र रोजगारदाताले अनुमति नदिए पनि साउदीबाट स्वदेश फर्किन पाउने व्यवस्था गरिएको छ ।

आफ्ना कामदारलाई तलब नदिने वा आवासको व्यवस्था नगर्ने कम्पनीले ठुलो सजायको सामना गर्नुपर्ने त्यहाँको श्रम मन्त्रालयले जनाएको भए तापनि कार्यान्वयन फितलो देखिएको छ । साउदी सरकारले रोजगारदाताले अनुमति नदिए पनि करार अवधि सकाएर फर्किन दिने नीति ल्याए पनि त्यो कार्यान्वयन नभएको त्यहाँ कार्यरत नेपाली कामदारले बताउने गरेका छन् ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानमा ‘चाईल्ड आईकन’को प्रशिक्षण सुरु
धरानमा ‘चाईल्ड आईकन’को प्रशिक्षण सुरु
केन्द्रसँगै प्रदेश आईजिपीको दौडधुप सुरु
केन्द्रसँगै प्रदेश आईजिपीको दौडधुप सुरु
अमेरिका चीन सम्बन्ध चिसिँदै, कारण रुस !
अमेरिका चीन सम्बन्ध चिसिँदै, कारण रुस !
कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?
कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?
सरोज खनालले बुझाए एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया को चेक
सरोज खनालले बुझाए एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया को चेक
‘चुनाव जितेभने कुनै पनि तलव सुविधा लिन्न’- दिपेश लामा
‘चुनाव जितेभने कुनै पनि तलव सुविधा लिन्न’- दिपेश लामा
ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीहरूको बयानबारे सीआईबीको तयारी कहाँ पुग्यो?
ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीहरूको बयानबारे सीआईबीको तयारी कहाँ पुग्यो?
विद्युत् चोरी गर्ने आठजना पक्राउ
विद्युत् चोरी गर्ने आठजना पक्राउ
कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र
कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र
नागढुंगासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
नागढुंगासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

तपाईंले छुटाउनुभयो कि?