कोशी टप्पुमा दुर्लभ चरा ‘सेतो पेटे रानी चरी’ फेला

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १७, २०७६
|
|
५५ पटक हेरिएको
Shares
कोशी टप्पुमा दुर्लभ चरा ‘सेतो पेटे रानी चरी’ फेला

सारांश

  • चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ ।
  • सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५२६ प्रजातिका चरा पाइने रेकर्ड छ ।
  • पछिल्लो समय आरक्षमा ‘सेतो पेटे रानी चरी’ नामक प्रजातिको चरा फेला परेको हो ।

चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५२६ प्रजातिका चरा पाइने रेकर्ड छ । पछिल्लो समय आरक्षमा ‘सेतो पेटे रानी चरी’ नामक प्रजातिको चरा फेला परेको हो ।

विश्वमै दुर्लभ मानिने उक्त चरा नेपालको कोशी टप्पुमा फेला परेको कोशी टप्पु बर्ड वाचिङ क्याम्पका सञ्चालक कुरवान मन्सुरीले जानकारी दिनुभयो । नेपाली नाम ‘सेतो पेटे रानी चरी’ र अङ्ग्रेजी नाम ‘एसी मेनीभेट’ रहेको चरा विज्ञ डा हेमसागर बरालले जानकारी दिनुभयो ।

‘नयाँ प्रजाति’ भनेर प्रचार गरिए पनि उक्त चरा सन् २०११ नोभेम्बर १९ मा चरा विज्ञ बद्री चौधरीलगायतले रेकर्ड गर्नुभएको थियो । भारतबाट आएको रैथाने उक्त चरा दुर्लभभन्दा पनि कम देखिने चरामा पर्ने चरा विज्ञ डा बरालले बताउनुभयो । त्यसबेला दुई प्रजाति ‘एसी मेनिभेट’ र ‘सुइनोज मेनिभेट’ प्रजाति रेकर्ड भएका थिए । त्यसपछि हालसम्म फेला परेको थिएन । रेकर्डमा आए पनि यस चराको तस्बिर भने पहिलोपटक फोटोग्राफर सञ्जय था श्रेष्ठले चिच्नुभएको छ । यस चराको विषयमा डा बरालले सन् २०१६ मा लेखेको ‘बर्ड अफ सप्तकोशी’ पुस्तकमा समेत उल्लेख छ ।

कोशी टप्पु वर्ड वाचिङ क्याम्पका सञ्चालक तथा फोटोग्राफर सञ्जय था श्रेष्ठले माघ ९ गते उक्त चरा देखेर तस्बिर खिच्नुभएको थियो । चरा नयाँ प्रजाति जस्तो लागेपछि उहाँले प्रमाणीकरणका लागि चराविद् डा बरालसमक्ष पु¥याउनुभएको थियो ।

पछिल्लो समय था श्रेष्ठ र झापाका देबेन खरेलले तस्बिर खिचेको डा बरालले बताउनुभयो । श्रेष्ठले खिचेको तस्बिर प्रष्ट देखिएको उहाँको भनाइ छ । नेपालमा भएका ८८६ प्रजाति चरामा पेटे चरा उल्लेख छ । राष्ट्रिय निकुञ्ज विभाग र डिसिएन संस्थाले निकालेको चेकलिस्ट र बरालले नै २०१६ मा लेखेको बर्ड अफ सप्तकोशी भन्ने पुस्तकमा समेत उल्लेख छ । रकर्ड पहिले नै भए पनि चराको तस्बिर भने कोशीटप्पुमा पहिलोपटक खिचिएको बरालले जानकारी दिनुभयो ।

आरक्षणमा चीन, रसिया, पाकिस्तान, बङ्लादेश, भारत, भूटानबाट कोशीटप्पुमा चरा आउने गर्छन् । चखेवा, कराङकुरुङ रसियाबाट आएका हुन् । यी चरा विश्वमा धेरै लामो दूरी उड्नसक्ने पक्षीका रूपमा चिनिन्छन् । नेपालमा पाइने जम्मा ८८६ प्रजातिमध्ये ५९ प्रतिशत चरा कोशीटप्पुमा पाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल भर्सेस यमन- 02:56 बजे सम्मको अपडेट
नेपाल भर्सेस यमन- 02:56 बजे सम्मको अपडेट
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
युथ एसिया कपः नेपाल द्वारा अफगानिस्तान सामु १३२ रनकाे लक्ष्य पेश !
युथ एसिया कपः नेपाल द्वारा अफगानिस्तान सामु १३२ रनकाे लक्ष्य पेश !
“समय आए नेतृत्व लिन तयार छु”
“समय आए नेतृत्व लिन तयार छु”
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
एमाले तयार नहुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अन्याेल
एमाले तयार नहुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अन्याेल
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास
बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास
नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै
नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

तपाईंले छुटाउनुभयो कि?