खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १०, २०८०
|
|
३१ पटक हेरिएको
Shares
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै

सारांश

  • देउखुरी ।
  • घोराही उपमहानगरपालिका– १७ डवरीका महिलरुले दुनाटपरी बनाइ बिक्री गरेर आम्दानी गर्दै आएका छन् ।
  • जङ्गलमा खेर जाने सालको पातवाट दुनाटपरी बनाउँदै आएका महिला आम्दानी हुन थालेपछि निकै खुसी भएका छन् ।

देउखुरी । घोराही उपमहानगरपालिका– १७ डवरीका महिलरुले दुनाटपरी बनाइ बिक्री गरेर आम्दानी गर्दै आएका छन् । जङ्गलमा खेर जाने सालको पातवाट दुनाटपरी बनाउँदै आएका महिला आम्दानी हुन थालेपछि निकै खुसी भएका छन् । समूहमार्फत चार वर्ष अघिदेखि दुनाटपरी बनाएर बिक्री गर्न थालेदेखि आम्दानी हुन थालेको उनीहरु बताउँछन् ।

विसं २०७४ मा इपिआरसी नेपालले गाउँका महिलालाई टपरी बनाउने तालिम दिएको थियो । सामूहिक रुपमा दुना तथा टपरी बनाउने काम गर्दे आएको त्रिशक्ति दुनाटपरी समूहकी अध्यक्ष उमा रावतले बताइन् । तालिम लिएपछि दश महिलाको समूह बनाएर काम थालेको अध्यक्ष रावतले बताइन् ।

“तालिम सकिएपछि गाउँका महिला मिलेर समूह गठन गर्दै दुनाटपरी उद्योग घरेलुमा दर्ता ग¥याँै, उद्योग दर्तागरेपछि घरेलु तथा साना उद्योगले ८० प्रतिशत अनुदानमा दुनाटपरी बनाउने मेसिन समूहलाई प्रदान गरेको थियो”, उनले भनिन्“मेसिनको दुनाटपरी हातले बनाएको जस्तो भरपर्दो नभएको भनेर ग्राहकले किन्न मानेनन् ।”

गत वर्षदेखि हातले बनाउन थालेको उनले बताए । पछिल्लो समयमा दाङमा हातले बनाएको दुनाटपरीको माग बढेको छ । साल र पालुकाको पातको दुना टपरी बनाउने गरेको उनले बताइन् ।

“जिल्लामा घोराही, तुलसीपुर, नारायणपुर र लमही बजारबाटसमेत माग आउन थालेको छ”, उनले भनिन्,“बजारका पूजा सामग्री पसलले बिक्री गर्दछन् उता बिक्री नभएको आफैले समन्वय गरेर बिक्री गर्ने गरेको छ, यसको माग बाह्रैमहिना आउने गर्दछ, चाडपर्व, पूजा, बिहे मृत्यु संस्कारमा पनि हरियो, सुकेको दुना टपरीको माग हुने गर्दछ, मौसमको समयमा माग धान्न मुस्किल हुन्छ । एउटा टपरीको मूल्य रु चार रहेको छ ।” दुना एक मालाको रु एक सय कायम गरिएको समूहकी अध्यक्ष रावतले जानकारी गराइन् ।

मालामा सयवटा दुनाटपरी हुने उहाँले बताउनुभयो । हरियो दुना टपरीको माग गर्नेका लागि तुरुन्तै वनबाट पात ल्याएर तयार गरिन्छ । विभिन्न सञ्चारमाध्यमले महिला उद्यमी बनेका र घर नजिकै खेर गएको पात सदुपयोग गरेर दुनाटपरी बनाएका समाचार सुनेपछि गाउँका दिदीबहिनीले सल्लाह गरेर काम सुरु गरेको समूहकी सदस्य शोभा घिमिरेले बताइन् ।

मेसिनबाट बनाएको भन्दा हातले बनाएको मानिसले मन पराउने भएका कारण हातले बनाएको धेरै बिक्री हुने गरेको समूहकी सदस्य घिमिरेले बताइन् । उनले भनिन्, “बजारका चाट पसल, पूजा सामग्री पसलमा सम्पर्क गर्छौँ, उत्पादन भएको दुनाटपरी बिक्री गर्न समस्या छैन ।” उत्पादन सुरु भएसँगै अहिलेसम्म राम्रो आम्दानी भएको उनले जानकारी गराइन् ।

“पहिले घरखर्चका लागि दुनाटपरी बनाउने काम गर्दे आएका थियौँ, तालिम पाएपछि भने व्यावसायिक रुपमै अगाडि बढेका छौँ”, उनले भनिन् । दुनाटपरी बनाउने काम सुरु गरेसँगै आर्थिक रुपमा सवल बन्दै गएको उहाँको भनाइ छ । वनमा खेर गएको पात र बचेको समयको सदुपयोग गरेर एक जनाले मासिक रु छ हजारसम्म आम्दानी गर्ने गरेको उनले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्वारको लागि खटिएका हबलदार चन्द गम्भिर घाइते
उद्वारको लागि खटिएका हबलदार चन्द गम्भिर घाइते
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
यी मन्त्रीलाई निरन्तरता दिएर प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुर्नगठनको तयारी
यी मन्त्रीलाई निरन्तरता दिएर प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुर्नगठनको तयारी
वाइडबडी भ्रष्टाचारमा मुछिएका कंसाकारको आयो यस्तो विज्ञप्ति
वाइडबडी भ्रष्टाचारमा मुछिएका कंसाकारको आयो यस्तो विज्ञप्ति
यसरी भैइरहेको छ जिल्ला प्रमुखकै मिलेमतोमा अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन !
यसरी भैइरहेको छ जिल्ला प्रमुखकै मिलेमतोमा अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन !
Indicators When You Want to locate a Wife Right from Eastern Europe
पूर्व मुख्यसचिव सोमलाल सुवेदीकाे पदक खोसियो !
पूर्व मुख्यसचिव सोमलाल सुवेदीकाे पदक खोसियो !
चीन र उत्तर कोरियालाई लक्षित गर्दै एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका
चीन र उत्तर कोरियालाई लक्षित गर्दै एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका
एमाले-माओवादी एकता प्रक्रिया पर धकेलियो
एमाले-माओवादी एकता प्रक्रिया पर धकेलियो
मन्त्रालयबाट विदा भएपछि ट्याक्सी चढेर घर गए विष्ट
मन्त्रालयबाट विदा भएपछि ट्याक्सी चढेर घर गए विष्ट