गुट उपगुटमा लाग्नेलाई वामदेवले झड्का दिएकै हो त ?

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष ४, २०७७
|
|
६४ पटक हेरिएको
Shares

सारांश

  • जब सत्तारूढ दल नेकपा अत्यन्तै संकटपूर्ण अवस्थामा पुग्छ, त्यतिबेला नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सबैभन्दा बढी चिन्तित हुँदै पार्टीलाई फुटबाट जोगाउने गरी महत्वपूर्ण भूमिकामा देखा पर्छन् ।
  • शुक्रबार वरिष्ठ उपाध्यक्ष गौतमले यस्तै भूमिका खेलेर गुट उपगुटमा लाग्नेहरूलाई ठूलो झड्का दिएका छन् ।
  • शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पेरिसडाँडामा आयोजना गरेको गुटगत बैठकलाई उपाध्यक्ष गौतमले बहिष्कार गरेर आफू कुनै पनि गुटको भेलामा नजाने महत्वपूर्ण सन्देश दिएका छन् ।

जब सत्तारूढ दल नेकपा अत्यन्तै संकटपूर्ण अवस्थामा पुग्छ, त्यतिबेला नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सबैभन्दा बढी चिन्तित हुँदै पार्टीलाई फुटबाट जोगाउने गरी महत्वपूर्ण भूमिकामा देखा पर्छन् । शुक्रबार वरिष्ठ उपाध्यक्ष गौतमले यस्तै भूमिका खेलेर गुट उपगुटमा लाग्नेहरूलाई ठूलो झड्का दिएका छन् ।

शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पेरिसडाँडामा आयोजना गरेको गुटगत बैठकलाई उपाध्यक्ष गौतमले बहिष्कार गरेर आफू कुनै पनि गुटको भेलामा नजाने महत्वपूर्ण सन्देश दिएका छन् । वामदेवले गुटगत भेला बहिष्कार गरी पार्टी एकता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आम कार्यकर्ताले समेत गरेका छन् ।

गौतमले ओली तथा दाहाल–नेपाल दुवै समूहले गर्दै आएको गुटगत भेला पूर्ण रूपमा रोकिनुपर्ने अडान राख्दै आइरहेका छन् . गौतमले आफू कुनै पनि गुट भेलामा नजाने तर पार्टीका बैठक भने नछोड्ने स्पष्ट पारेका छन् । स्रोतका अनुसार पेरिसडाँडामा भएको गुटगत भेलामा अध्यक्ष दाहाल तथा वरिष्ठ नेता नेपाललगायतका नेताले गौतमलाई आउन बारम्बार आग्रह गरेका थिए । गौतमले पार्टीको बैठकमा आफू आउने तर कुनै प्रकारको गुटगत भेलामा जान नसक्ने भन्दै भेला बहिष्कार गरिदिएका थिए ।

शुक्रबार पेरिसडाँडामा भएको भेलामा नगएका उपाध्यक्ष गौतमले अहिलेको यो संकटपूर्ण अवस्थामा भेला गर्ने समय नभएर बैठकबाटै आवश्यक निष्कर्ष निकाल्दै एकताको सन्देश दिनुपर्ने बताएका छन् । ‘अहिले कसैले पनि गुटगत भेला गर्दै हिँड्ने बेला होइन । बैठकबाटै सबै समस्याको समाधान खोज्नुपर्छ,’ गौतमले भने ।

यसअघि पनि गौतमले पार्टी फुटकै अवस्थामा जानै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाधिवेशनअघि प्रधानमन्त्री र अध्यक्षबाट हटाउन नहुने र अर्का अध्यक्ष दाहाललाई पूर्ण कार्यकारी अध्यक्षको भूमिका दिने गरी संकट व्यवस्थापनको खाका ल्याएका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा महामन्त्री राणाले ओलीलाई भेटे, चुनावी तालमेलको प्रस्ताव
राप्रपा महामन्त्री राणाले ओलीलाई भेटे, चुनावी तालमेलको प्रस्ताव
२५६३ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइयो
२५६३ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइयो
बिछ्याएका पाइप परीक्षण तथा सफा गर्ने काम सुरु, कहिले अाउँछ राजधानीमा मेलम्चीकाे पानी ?
बिछ्याएका पाइप परीक्षण तथा सफा गर्ने काम सुरु, कहिले अाउँछ राजधानीमा मेलम्चीकाे पानी ?
कहाँ-कहाँ छ वर्षाको सम्भावना?
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
क्युआर कोड मार्फत गरिएको भुक्तानीलाई राष्ट्र बैंकले स्वीकार गर्ने
क्युआर कोड मार्फत गरिएको भुक्तानीलाई राष्ट्र बैंकले स्वीकार गर्ने
पश्चिम नेपालका क्यान्सर बिरामीमाथि चरम संकट: सरकारी उदासीनता र भुक्तानी विवादले रेडियोथेरापी सेवा ठप्प, बिरामी भारत धाउन बाध्य
पश्चिम नेपालका क्यान्सर बिरामीमाथि चरम संकट: सरकारी उदासीनता र भुक्तानी विवादले रेडियोथेरापी सेवा ठप्प, बिरामी भारत धाउन बाध्य
न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास
न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास
सरकारी कर्मचारीले १४ महिनासम्म तलब नपाउने !
सरकारी कर्मचारीले १४ महिनासम्म तलब नपाउने !

तपाईंले छुटाउनुभयो कि?