गुड्दागुड्दै गरेको गाडीबाट फिल्मी शैलीमा शृंखलाबद्ध चोरी,

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
६४ पटक हेरिएको
Shares
गुड्दागुड्दै गरेको गाडीबाट फिल्मी शैलीमा शृंखलाबद्ध चोरी,

सारांश

  • गुड्दागुड्दै गरेको गाडीबाट शृंखलाबद्ध चोरीका घटना हामीले धेरै फिल्ममा मात्र देखेका छौँ ।
  • तर, काठमाडौंमा यसरी चोरी गर्ने संगठित गिरोह नै सक्रिय रहेको पाइएको छ ।
  • गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

गुड्दागुड्दै गरेको गाडीबाट शृंखलाबद्ध चोरीका घटना हामीले धेरै फिल्ममा मात्र देखेका छौँ । तर, काठमाडौंमा यसरी चोरी गर्ने संगठित गिरोह नै सक्रिय रहेको पाइएको छ । गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

मूलवीर विश्वकर्मा र राजन खड्का जगदम्बा ग्रुपको पेप्सीकोलास्थित गोदामबाट मार्लबोरो चुरोट लिएर गत १२ साउनमा महाराजगन्ज पुगे । सामान झार्ने क्रममा आठ कार्टुन चुरोट गायब थियो । गोदाममा चारजना मिलेर सामान एक–एक हिसाब राखेरै अनलोड गरे । मिनीटाटाको पछाडि ताल्चा लगाएरै महाराजगन्जसम्म सामान पुर्याए । गाडी कतै रोकिएको पनि थिएन । तर, बाटैमा सामान रहस्यमय तरिकाले हरायो । हराएको आठ कार्टुन चुरोटको होलसेल मूल्य ६ लाख ९६ हजार रुपैयाँ बराबरको थियो ।

सुरुमा त उनीहरूले सामान कतै खस्यो होला भन्ने आँकलन गरे । तर, गाडीको पछाडिको ढोका बन्द नै थियो । कतै खस्ने सम्भावना पनि थिएन । कम्पनीका प्रबन्धकहरूले विश्वकर्मा र खड्काले नै सामान लुकाएको आशंका गर्दै पैसा तिर्नुपर्ने बताए । तर, उनीहरूले आफूहरूले विनागल्ती त्यति धेरै पैसा तिर्न नसक्ने बताए ।

दुई दिनसम्म पनि रहस्यमय बनेपछि घटना प्रहरीकहाँ पुग्यो । उनीहरू गत १४ साउनमा उजुरी लिएर महानगरीय अपराध महाशाखा टेकुमा पुगे । महाशाखामा केही दिनअघि मात्र त्यस्तै किसिमको अर्काे उजुरी आएको थियो । कालिमाटीबाट ठमेलमा चुरोट लिएर जाने क्रममा पटक–पटक चुरोट हराएको थियो । चुरोट त्यसैगरी बाटैबाट हराएको थियो ।

सूर्य चुरोट चोरी गर्ने गिरोहका सदस्य स्वयम्भूका निखिल शाहीलाई सडकको सिसिटिभीका आधारमा १६ साउनमा प्रहरीले पक्राउ गर्यो । उनले आफूले एक कार्टुन सूर्य चुरोट चोरी गरेको र त्यो ठमेलमा लगेर बिक्री गरेको स्विकारे । त्यसपछि महाशाखाका इन्स्पेक्टर भरत थापाले सोधे, ‘मार्लबोरो चुरोट खै त ?’ मार्लबोरो चुरोट पनि उनैले चोरी गरेको प्रहरी अनुमान मात्र थियो । प्रहरीको अनुसन्धान शैली सही ठहरियो । सो चुरोट पनि आफैँले चोरेको र हात्तीवनमा चिनजानका व्यक्तिको घरमा लगेर लुकाएको शाहीले स्विकारे । नभन्दै प्रहरीले चोरी भएको आठ कार्टुन मार्लबोरो चुरोट नै त्यहाँबाट बरामद गर्यो । सो चुरोट चोरीको कहानी सुन्दा प्रहरी अधिकारी नै निकै चकित भए ।

 पूर्वकर्मचारी नै चोरीमा
पक्राउ परेका शाहीले जगदम्बा ग्रुपकै जगदम्बा ओभरसिज प्रालिमा केही समय काम गरेका थिए । पेप्सीकोलाको सोही गोदाम रहेको ठाउँमा गएर अन्तर्वार्ता दिएका थिए । त्यसकारण कम्पनीले सोही गोदामबाट होलसेलमा चुरोट बिक्री गर्ने उनले थाहा पाएका थिए ।

केही समयअघि चिनजान भएका एक साथीले चुरोट चोरेर पैसा कमाउन सकिने आइडिया सिकाएका थिए । लागुऔषधका दुव्र्यसनी उनी सो प्रस्तावमा सजिलै लोभिए र गुडिरहेको गाडीबाटै चुरोट चोर्ने योजनामा अघि बढे । सोहीअनुसार उनीहरू १२ साउनमा जगदम्बाको गोदामको गेटनजिकै गएर बसे । जब चुरोट लोड गरेर बा.१०च ५२५१ नम्बरको मिनीटाटा निस्कियो, उनीहरूको बा.६२प ४२३५ नम्बरको स्कुटरले पिछा सुरु गर्यो । स्कुटर उनै शाहीले चलाएका थिए, गाडीको पछाडि उनका साथी बसेका थिए । गाडी गोठाटारको बाटो हुँदै महाराजगन्जतर्फ जाँदै थियो । चुरोट कम्पनीका कर्मचारी दुवैजना अगाडि बसेका थिए ।

गोठाटारको बालुवा वासिङनजिकै पुगेपछि खाल्डाखुल्डीमा गाडीको गति कम भयो । स्कुटरको पछाडि रहेका शाहीका साथी गाडीको पछाडि लगाएको सानो ताला फुटाएर भित्र छिरे । दुई कार्टुन चुरोट दुईतिर च्यापेर फुत्त हामफाले । स्कुटरमा चढे र सो चुरोट नजिककै पसलमा लगेर राखे । फेरि गाडीकै पिछामा लागे । गोठाटारको उकालोमा गाडीको गति कम भयो । उनी पुनः गाडीमा छिरेर दुई कार्टुन चुरोट लिएर निस्किए । पहिलेजस्तै नजिकैको पलसमा चुरोट राख्न दिएर गाडीको पिछामा लागे ।

त्यसपछि पटक–पटक चुरोट निकाल्ने प्रयास गर्दा पनि उनीहरू सफल भएनन् । सुकेधारा पुगेपछि गाडीमा बल्ल चढ्न सफल भए । त्यहाँ पनि उनी दुई कार्टुन चुरोट निकाल्न सफल भए । त्यसपछि महाराजगन्ज चोकमा गएर गाडी रोकियो । चोकको ट्राफिकमा इन्स्पेक्टर नै खटिएका थिए । तर, प्रहरीकै सामुन्ने उनीहरूले त्यहाँ पनि दुई कार्टुन चुरोट निकाल्न सफल भए । त्यसपछि उनीहरू पहिला राख्न दिएको चुरोट बटुल्दै फर्किए । चार ठाउँमा गरेर उनीहरूले ६ लाख ९६ हजार रुपैयाँ बराबरको चुरोट चोरी गरेका थिए ।

यस्तो चोरी राजधानीमा नयाँ शैलीको भएको महाशाखाका कार्यरत प्रहरी निरीक्षक थापा बताउँछन् । थोरै चोरी गर्दा पनि धेरै मूल्यबराबरको हुने र सजिलै बिक्री गर्न सकिने भएकाले उनीहरूले गाडीबाटै फिल्मी शैलीमा चोरी गर्दै आएको प्रहरीले जनाएको छ । सूर्य चुरोट त गोदामबाट पसलमा ओसार्ने क्रममा चारपटक चोरी भइसकेको खुलेको छ । गिरोहका मुख्य नाइके र उनका दुई सहयोगी भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूबीच चुरोट निकाल्नेले ६० प्रतिशत तथा स्कुटर चलाउनेले ४० प्रतिशत रकम राख्ने गरेको खुलेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले मुख्यमन्त्री टुंगो लगाउँदै, यस्ता छन् आकांक्षीहरु
फरक विधाको चलचित्रमा स्वस्तिमा
फरक विधाको चलचित्रमा स्वस्तिमा
पुवाँर खड्का सेवा समाज उदयपुरको साधारण सभा सम्पन्न
पुवाँर खड्का सेवा समाज उदयपुरको साधारण सभा सम्पन्न
पौष १० गते लाग्ने सूर्य ग्रहणले कस्तो असर पार्छ ?
पौष १० गते लाग्ने सूर्य ग्रहणले कस्तो असर पार्छ ?
वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी
वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी
व्यवसायीको कोटामा विदेश जाँदै कर्मचारी
किशुनजीः जसलाई राजाहरुले दुःख दिए उनैले किन राजसंस्थालाई स्थान दिन भने ?
किशुनजीः जसलाई राजाहरुले दुःख दिए उनैले किन राजसंस्थालाई स्थान दिन भने ?
‘हिंसा नियन्त्रण गर्न विद्युतीय साक्षरता जरुरी’
‘हिंसा नियन्त्रण गर्न विद्युतीय साक्षरता जरुरी’
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
दमननाथ ढुंगानालाई दीपक  थापाको खुल्ला पत्र !
दमननाथ ढुंगानालाई दीपक थापाको खुल्ला पत्र !

तपाईंले छुटाउनुभयो कि?