गोरखाबाट ल्याएर चितवनमा फूलपाती भित्र्याइने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ५, २०७४
|
|
६३ पटक हेरिएको
Shares
गोरखाबाट ल्याएर चितवनमा फूलपाती भित्र्याइने

सारांश

  • रत्ननगर, चितवन, ५ असोज  ः संस्कृतिको संरक्षण र धार्मिक पर्यटन विकासका लागि चितवनको पटिहानीमा विधिपूर्वक फूलपाती भित्र्याइने भएको छ ।
  • धार्मिक पर्यटकीय क्षेत्र पटिहानीस्थित छितामाई मन्दिरमा गोरखाबाट ल्याएर विधिपूर्वक फूलपाती भित्र्याउन लागिएको हो ।
  • आज घटस्थापनाको दिनमा दुर्गा भवानीको मन्दिर स्थापना गरी पूजा आरम्भ गरिएको छितामाई तथा दुर्गापूजा एवं दशैँ सांस्कृतिक मेला प्रचार समितिका संयोजक अपिल घिमिरेले जानकारी दिनुभयो ।

रत्ननगर, चितवन, ५ असोज  ः संस्कृतिको संरक्षण र धार्मिक पर्यटन विकासका लागि चितवनको पटिहानीमा विधिपूर्वक फूलपाती भित्र्याइने भएको छ ।

धार्मिक पर्यटकीय क्षेत्र पटिहानीस्थित छितामाई मन्दिरमा गोरखाबाट ल्याएर विधिपूर्वक फूलपाती भित्र्याउन लागिएको हो ।

आज घटस्थापनाको दिनमा दुर्गा भवानीको मन्दिर स्थापना गरी पूजा आरम्भ गरिएको छितामाई तथा दुर्गापूजा एवं दशैँ सांस्कृतिक मेला प्रचार समितिका संयोजक अपिल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि यहाँ नियमित पूजा गरिनेछ । फूलपातीको अघिल्लो दिन गोरखा गएर फूलपाती ल्याई भित्र्याइने उहाँको भनाइ छ ।

पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै आएको पटिहानीको धार्मिक क्षेत्र छितामाईमा गएको वर्षदेखि स्थानीय पटिहानी उपभोक्ता समिति, बेलसर मध्यवर्ती सामुदायिक वन र थारू कल्याणकारिणीसभा क्षेत्र नं ५ को आयोजनामा फूलपाती भित्र्याउन थालिएको हो ।

गोरखाबाट दुर्गा माताका लागि दिन मिल्ने अदुवाको बोट, आँप, चाँप, अशोक, धानको बाला, बेल, कमलको फूललगायत सामग्री ल्याएर बाजागाजा, सांस्कृतिक झाँकी र पञ्चकन्याको लस्करसहित फूलपाती भित्र्याइने आयोजक समितिका संयोजक शंकर महत्तोले जानकारी दिनुभयो ।

नेपालमा गोरखाबाट जीवनपुर हुँदै काठमाडौँको हनुमानढोकामा फूलपाती भित्र्याउने चलन रहिआएको छ । धार्मिक चलनलाई यथावत् राख्न र धार्मिक पर्यटन क्षेत्रको विकासका लागि चितवनमा पनि फूलपाती भित्र्याउन थालिएको हो ।

नेपालमा मल्लकालीन समयदेखि फूलपाती भित्र्याउने चलन छ । गोरखाबाट यसरी फूलपाती भित्र्याउने कार्यक्रम काठमाडौँ पछिको चितवन पहिलो भएको दाबी आयोजकको छ ।

यसैबीच फूलपातीको दिनदेखि यहाँ दशैँ सांस्कृतिक मेलासमेत आयोजना गर्न लागिएको प्रचार संयोजक घिमिरेले जानकारी दिनुभयो । थारूको संस्कृतिको जगेर्नाका लागि पनि विशेष सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा
समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा
नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै
नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै
एमालेले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा अभिमुखीकरण गर्ने
एमालेले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा अभिमुखीकरण गर्ने
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
विना मगर काँग्रेस उम्मेदवार भन्दा दोब्बर मतले अगाडि
विना मगर काँग्रेस उम्मेदवार भन्दा दोब्बर मतले अगाडि
रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति
रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति
अर्थमन्त्री डा  खतिवडाले गरे गुनासाे, भने ‘सञ्चारमाध्यमले यसलाई बहसमा ल्याएर सहयोग गर्नुपर्याे
अर्थमन्त्री डा खतिवडाले गरे गुनासाे, भने ‘सञ्चारमाध्यमले यसलाई बहसमा ल्याएर सहयोग गर्नुपर्याे
मोटरसाइकल पल्टिँदा चालकको मृत्यु
रक्षाको समीक्षा : वित्तीय प्रगति कमजोर
रक्षाको समीक्षा : वित्तीय प्रगति कमजोर
जनतामाथि कर थोपर्दै भत्ता लिन रोक, कसको कति सुविधा रोकियो ?
जनतामाथि कर थोपर्दै भत्ता लिन रोक, कसको कति सुविधा रोकियो ?

तपाईंले छुटाउनुभयो कि?