गृहमन्त्री बादलको निशानामा विप्लवदेखि सिके राउतसम्म, लिदैंछन् यस्तो ‘एक्सन’

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ २३, २०७५
|
१
|
५३ पटक हेरिएको
Shares
गृहमन्त्री बादलको निशानामा विप्लवदेखि सिके राउतसम्म, लिदैंछन् यस्तो ‘एक्सन’

सारांश

  • काठमाडौं,  २३ जेठ ।
  • नेकपा नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल देशलाई विखण्डनतर्फ लैजाने तत्वहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुन थालेका छन् ।
  • गृहमन्त्रालयको बागडोर सम्हालेको १ सय दिन पूरा भएको उपलक्ष्यमा गृहमन्त्रीले यस्ता तत्वविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।

काठमाडौं,  २३ जेठ । नेकपा नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल देशलाई विखण्डनतर्फ लैजाने तत्वहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुन थालेका छन् ।

गृहमन्त्रालयको बागडोर सम्हालेको १ सय दिन पूरा भएको उपलक्ष्यमा गृहमन्त्रीले यस्ता तत्वविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।

आफ्ना पूर्वसहकर्मीसमेत रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई गृहमन्त्रीले राज्यद्रोही शक्ति भन्दै यस्ता तत्वलाई निस्तेज पार्ने बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीले भने, ‘यो संविधानलाई मान्दैन, राज्य व्यवस्थालाई उल्टाउनुपर्छ भन्छ । जसले आफूलाई नेकपा विप्लव भन्छ ।’

चुनावका बेला ठाउँठाउँमा बम पड्काउनेदेखि एनसेलका टावरहरुमा हान्ने उनीहरु नै भएको गृहमन्त्रीले खुलासा गरेका छन् । उनीहरुलाई मुलप्रवाहमा ल्याउन सरकारले प्रयास गरिरहेको र प्रधानमन्त्रीले पनि मुलधारमा आह्वान गरेको उनले बताए ।

गृहमन्त्री बादलले तराई मधेसमा विखण्डनकारी शक्ति सलबलाउन थालेको बताए । सीके राउत, गोइत, ज्वाला सिंहको नाम लिँदै उनले भने, ‘उनीहरु अलग मधेस बनाउन चाहन्छन् । अलग देश बनाउन चाहन्छन् । मधेसको राजधानी पनि तोके ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आउँदा ‘फ्रि मधेस’को ब्यानर देखाउन पनि उनीहरु नै भएको गृहमन्त्री बादलले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rina Khhatri

    Garne kasailai kei hoina gafmatri

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
नतिजा घोषणा नहुँदै काठमाडौं २ का कांग्रेस उम्मेदवारद्वारा हार स्विकार
नतिजा घोषणा नहुँदै काठमाडौं २ का कांग्रेस उम्मेदवारद्वारा हार स्विकार
बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
पर्यटनमन्त्री भट्टराई र इजरायली आर्थिक मामिलामन्त्रीबीच भेटवार्ता
पर्यटनमन्त्री भट्टराई र इजरायली आर्थिक मामिलामन्त्रीबीच भेटवार्ता
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त
मनाेरञ्जन समाचार : खाना हाेइन, अरु चीज नै खान्थिन् श्रीदेवी
मनाेरञ्जन समाचार : खाना हाेइन, अरु चीज नै खान्थिन् श्रीदेवी
पानीको स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान
पानीको स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान
मुख्यमन्त्रीका लागि दाबी गर्न कोशी प्रदेश प्रमुखको आह्वान
मुख्यमन्त्रीका लागि दाबी गर्न कोशी प्रदेश प्रमुखको आह्वान
‘नेपाली सेना र सम्बद्ध सुरक्षा निकाय सदैव सजग’
‘नेपाली सेना र सम्बद्ध सुरक्षा निकाय सदैव सजग’
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त

तपाईंले छुटाउनुभयो कि?