घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा !घुसमा तरकारी पनि लिन्छन् !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २०, २०७४
|
|
५५ पटक हेरिएको
Shares
घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा !घुसमा तरकारी पनि लिन्छन् !

सारांश

  • ट्राफिक प्रहरी महाशाखाले घुस खाएको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ ।
  • उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
  • वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए ।

ट्राफिक प्रहरी महाशाखाले घुस खाएको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार कारबाहीमा पर्नेमा दुई हवल्दारसहित आठजना प्रहरी जवान छन् । लामाले प्रहरी हवल्दारद्वय लेखनाथ यादव र दीपक बोहोरा, प्रहरी जवानहरू भरत कार्की, मानदेव चौधरी, भरतबहादुर चन्द, लक्षुमन साह, रमेश राउत, विनोदकुमार गिरी, बालेश्वर यादव र गोपाल पोखरेल कारबाहीमा परेको बताए ।

ट्राफिक प्रहरी घुसमा तरकारी पनि लिन्छन्

कालिमाटीमा तरकारी तथा रकम असुलेको आरोपमा प्रहरी हवल्दार यादव र प्रहरी जवान चौधरी कारबाहीमा परेका छन् । भाडा ट्रकबाट एक सय रुपैयाँ असुलेको आरोपमा स्वयम्भू वृत्तका प्रहरी जवान कार्की परेका छन् । यस्तै, ड्युटीमा मादक पदार्थ सेवन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी हवल्दार भरतबहादुर चन्द कारबाहीमा परेका छन् ।

भाडाको ट्रकबाट दुई सय रुपैयाँ असुली गरेको आरोपमा लक्षुमन साह, माइतीघरमा स्कुटर चालकबाट एक हजार असुलेकोमा यादव र कोटेश्वरमा ट्याक्सी चालकसँग पाँच सय रुपैयाँ लिएको आरोपमा गिरी कारबाहीमा परेका हुन् । जमलमा होटेल सञ्चालन गर्ने महिलालाई दुव्र्यवहार गरेकाले राउत कारबाहीमा परे । त्यस्तै, मैतीदेवीमा मोटरसाइकलचालकबाट पाँच सय लिई छाडेको आरोपमा पोखरेललाई कारबाही गरिएको डिआइजी लामाको भनाइ छ ।

नयाँपत्रीकामा खबर छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
सिन्डिकेट हटाउन लागिपरेका भट्टराईलाई मन्त्रीले सरुवा गरेपछि…
सिन्डिकेट हटाउन लागिपरेका भट्टराईलाई मन्त्रीले सरुवा गरेपछि…
बाह्र हजार चालकलाई कारबाही
बाह्र हजार चालकलाई कारबाही
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’  स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’ स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
राष्ट्रपतिले दिउँसो ३ः ३० बजेदेखि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
राष्ट्रपतिले दिउँसो ३ः ३० बजेदेखि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ : मन्त्री गुरुङ
न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ : मन्त्री गुरुङ
उच्चपदस्थको यात्राले जनतालाई सास्ती, उड्ने र गुड्ने मार्ग ठप्प
उच्चपदस्थको यात्राले जनतालाई सास्ती, उड्ने र गुड्ने मार्ग ठप्प
भूकम्पले भत्किएका सिन्धुपाल्चोका सबै विद्यालय भवन पुनःनिर्माण
भूकम्पले भत्किएका सिन्धुपाल्चोका सबै विद्यालय भवन पुनःनिर्माण
विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै
विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै
धरान उप-महानगरपालिका प्रमुख सुब्बाको अन्तिम दाहसंस्कार मा हजारौं सहभागी
धरान उप-महानगरपालिका प्रमुख सुब्बाको अन्तिम दाहसंस्कार मा हजारौं सहभागी

तपाईंले छुटाउनुभयो कि?