चितवनका कृषकहरु तोरी खेतीतर्फ आकर्षित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
चितवनका कृषकहरु तोरी खेतीतर्फ आकर्षित

सारांश

  • चितवन ।
  • तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ ।
  • मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने किसानले आलुखेती गर्ने गरेका थिए ।

चितवन । तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने किसानले आलुखेती गर्ने गरेका थिए ।

पछिल्ला तीन वर्षमा तोरी लगाउने क्रम बढेर गएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । केन्द्रका प्रमुख सुधिर श्रेष्ठका अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष एक सय हेक्टर क्षेत्रफल बढेको छ । किसानको तोरीखेतीतर्फ आकर्षण बढेसँगै क्षेत्रफलमा पनि वृद्धि भएको उहाँले बताउनुभयो । गतवर्ष जिल्लामा १२ हजार चार सय हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो । यो वर्ष १२ हजार ५०० हेक्टरमा तोरी लगाइएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७३ र ७४ मा जिल्लामा १२ हजार तीन सय हेक्टरमा तोरी लगाइएको थियो । किसानले आफूले खानका लागि मात्रै भए पनि तोरी लगाउने क्रम बढेको उहाँले बताउनुभयो । बजारको तेलमा मिसावट हुने आशङ्कामा किसानले आफ्ना लागि आफैँ उत्पादन गर्न लागेको श्रेष्ठको भनाइ छ । क्षेत्रफल बढेसँगै उत्पादनमा पनि वृद्धि हुने अनुमान कार्यालयले गरेको छ । यससँगै विकल्पका रूपमा यो मौसममा लगाइने आलुमा भन्दा तोरीमा लाभ बढी हुने देखिएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।

तोरी लगाउन सजिलो र नाफा राम्रो हुने पनि श्रेष्ठ बताउनुहुन्छ । विगतका वर्षमा मलको अभाव भए पनि पछिल्ला वर्षमा तोरीमा प्रयोग हुने मलको आपूर्ति सहज हुनेगरेको छ ।

तोरीका लागि माटोमा बन्दक नामक तत्व आवश्यक पर्ने हुँदा त्यो तत्व दिने एमोनियम सल्फेट (चिनी मल) प्रयोग हुने गर्दछ । सो मलको प्रयोगले तोरीमा दाना पुष्ट हुने र तेलमा गुणस्तर वृद्धि हुने कार्यालयले जनाएको छ । श्रेष्ठका अनुसार यो वर्ष तोरीको उत्पादन गत वर्षको तुलनामा २५० मेट्रिकटन बढी हुने अनुमान गरिएको छ । गतवर्ष १३ हजार ५१६ मेिट्रकटन तोरी उत्पादन भएको यस जिल्लामा यो वर्ष १३ हजार ७५० मेटकटन उत्पादन हुने उहाँले बताउनुभयो । जिल्लाको माडी, भरतपुर महानगरपालिकाका केही स्थान र पूर्वी चितवनमा बढी मात्रामा तोरी लगाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच स्रष्टा पुरस्कृत एवं सम्मानित
बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन सुरु : मन्त्री महासेठ
बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन सुरु : मन्त्री महासेठ
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन
कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन
भारतीय राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
भारतीय राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र
भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र
जेठ २० गतेको राशीफल यस्तो छ, कसैको साँझसम्म सुखद खबर आउने, कसैको प्रेमसम्बन्धमा दरार आउने
हजारौँ वर्ष अघि हराएको शहर भेटिए पछि
हजारौँ वर्ष अघि हराएको शहर भेटिए पछि
जाने होइन ‘मनको इच्छा पुर्याउने’ कालिञ्चोक भगवती ?
जाने होइन ‘मनको इच्छा पुर्याउने’ कालिञ्चोक भगवती ?

तपाईंले छुटाउनुभयो कि?