नेवि सङ्घद्वारा राहत संकलन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७४
|
|
३५ पटक हेरिएको
Shares
नेवि सङ्घद्वारा राहत संकलन

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

धुलिखेल, ३१ साउन । नेपाल विद्यार्थी सङ्घ, काभ्रेपलाञ्चोकले डुबेको मधेश र बगेको पहाडलाई साथ दिने उद्देश्यका साथ सहयोगका लागि राहत संकलन कार्य थालनी गरेको छ ।

सङ्घका जिल्ला अध्यक्ष नृपेश बादे श्रेष्ठ र कोषाध्यक्ष रवीन गौतमको नेतृत्वमा एक समूह गठन गरी जिल्लाका विभिन्न सहरमा गएर राहत संकलन कार्य थालनी गरेको अध्यक्ष नृपेश बादे श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठको टोलीले सोमबार बनेपा नगरपालिकाभित्रका बजारमा राहत संकलन गर्ने काम गरेको छ । “हामीले मधेशका बाढीपीडितका लागि केही मात्रामा भएपनि सहयोग पु-याउन सकिन्छ कि भन्ने उद्देश्यले यो राहत संकलन गर्ने काम थालनी गरेका हौँ ।” जिल्ला अध्यक्ष बादेले भन्नुभयो, “यो अभियान जिल्लाको मुख्य सहर बनेपा, धुलिखेल, पनौती, पाँचखाललगायतका स्थानमा गएर संचालन गर्छौं ।”

‘डुबेको मधेश अनि बगेको पहाडलाई साथ दिन नेपाल विद्यार्थी सङ्घको राहत संकलन कार्यक्रम’ अभियान सञ्चालन गरेर राहत संकलनको कार्य थालनी गरेको सङ्घले जनाएको छ ।

सोमबार बनेपामा गरेको संकलन कार्यबाट रु ५१ हजार रकम जम्मा भएको नेवि सङ्घ काभ्रेका कोषाध्यक्ष रवीन गौतमले बताउनुभयो ।

“हामीले जिल्लाका मुख्य सहरमा राहत संकलन गरिसकेपछि जम्मा भएको रकम जुन जिल्लाका लागि सहयोग गर्ने हो, त्यही जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर वितरण गर्छाैं”, गौतमले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?