पाँच करोडको इँटा नष्ट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २७, २०७४
|
|
७५ पटक हेरिएको
Shares
पाँच करोडको इँटा नष्ट

सारांश

  • भक्तपुर, २७ चैत , एक सातायता परेको असिना पानीका कारण जिल्लामा रु पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ ।
  • जिल्लाका ६२ वटा इँटा भट्टामा रहेको काँचो इँटा असिना पानीका कारण नष्ट भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याम्बाले जानकारी दिनुभयो ।
  • अधिकांश इँटा भट्टामा तयारी अवस्थामा रहेका करिब १० लाख काँचो इँटा नष्ट भएको छ ।

भक्तपुर, २७ चैत , एक सातायता परेको असिना पानीका कारण जिल्लामा रु पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ ।

जिल्लाका ६२ वटा इँटा भट्टामा रहेको काँचो इँटा असिना पानीका कारण नष्ट भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याम्बाले जानकारी दिनुभयो ।

अधिकांश इँटा भट्टामा तयारी अवस्थामा रहेका करिब १० लाख काँचो इँटा नष्ट भएको छ । अहिले उहाँले काँचो इँटा उत्पादनदेखि इँटा पोल्ने कामसमेत रोकिएको उहाँले बताउनुभयो ।

यसवर्ष गतवर्षभन्दा कम इँटा उत्पादन भएको र तयारी अवस्थामा रहेको इँटासमेत नष्ट भएपछि इँटाको अभाव हुने सम्भावना बढेको ह्याम्बाले बताउनुभयो । भूकम्पपछि पुनःनिर्माणसँगै इँटाको माग अत्यधिक बढेको थियो । मागअनुसार उपलब्ध गराउन नसकिरहेको अवस्थामा असिना पानीले इँटा नष्ट गर्दा थप समस्या भएको उहाँको भनाइ छ ।

असिना पानीका कारण इँटा उत्पादनसमेत रोकिएको उहाँले बताउनुभयो । इँटा पोल्ने कार्य रोकेर आगो लगाउने काम नै बन्द गरिएको छ । भक्तपुरमा आजदेखि बिस्केट जात्रा शुरु भएका कारण इँटा उत्पादन गर्न ढिलाइ हुने भएको छ ।

(https://allproshadeconcepts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुटपिट गरी भाइको हत्या
कुटपिट गरी भाइको हत्या
समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन
समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन
प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ
प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
वाणिज्य बैंकलाई झैं निगमको पुँजी थप्न सुझाव
वाणिज्य बैंकलाई झैं निगमको पुँजी थप्न सुझाव
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारकोलागि काठमाडौँ सिफारिस
तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारकोलागि काठमाडौँ सिफारिस
आज स्थानीय तह निर्वाचन
आज स्थानीय तह निर्वाचन
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

तपाईंले छुटाउनुभयो कि?