पेट्रोलियम पदार्थको मूल्य घट्यो

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २५, २०७९
|
|
५३ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्य घट्यो

सारांश

  • काठमाडौं ।
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
  • आइतबार राति  १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।आइतबार राति  १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो ।

निगमले  पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ  मूल्य  घटाइएको जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ भएको छ ।

त्यस्तै  हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १७० रूपैयाँ कायम भएको छ । एलपी ग्यासको  मूल्य भने  एक हजार ८ सय रूपैयाँ यथावत नै रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?