प्रदेश १ सरकारले ४०करोडको सवारीसाधन किन्ने मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड मात्र बजेट
सारांश
- बिराटनगर भदौ २।
- प्रदेश १ को सरकारले चालु आर्थिक वर्षमा ३९ करोड ९७ लाख ९६ हजार मूल्यबराबरका सवारीसाधन किन्ने भएको छ ।
- स्थानीय तहलाई प्रदान गरिने ७० वटा एम्बुलेन्सदेखि केन्द्रीयस्तरका मन्त्रीका लागि चढ्ने छुट्टै र प्रदेशका मुख्यमन्त्रीका लागि २ करोड रुपैयाँ पर्ने एउटा गाडीका लागि समेत बजेट छुट्याइएको छ ।
बिराटनगर भदौ २। प्रदेश १ को सरकारले चालु आर्थिक वर्षमा ३९ करोड ९७ लाख ९६ हजार मूल्यबराबरका सवारीसाधन किन्ने भएको छ । स्थानीय तहलाई प्रदान गरिने ७० वटा एम्बुलेन्सदेखि केन्द्रीयस्तरका मन्त्रीका लागि चढ्ने छुट्टै र प्रदेशका मुख्यमन्त्रीका लागि २ करोड रुपैयाँ पर्ने एउटा गाडीका लागि समेत बजेट छुट्याइएको छ । गत आर्थिक वर्षमा अन्तिम समयमा पेश्की बजेट ल्याएका कारण धेरैवटा मन्त्रालयले सवारीसाधन खरिद गरेका थिएनन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ६५ लाख रुपैंयाँसम्मको सवारीसाधन खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। तर, टेण्डर नै परेन। यो वर्ष भने मुख्यमन्त्री चढ्ने सवारी साधन खरिदका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ। अहिले मुख्यमन्त्री सुनसरी मोरङ सिँचाई आयोजनाको पुरानो ल्याण्डकुजर गाडी चढिरहेका छन्।
यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आवमा ५४ लाख रुपैयाँमा एउटा गाडी खरिद गरेको छ। यो मन्त्रालयमा अहिलेसम्म मन्त्री नियुक्त भएका छैनन्। मुख्यमन्त्री शेरधन राई आफैंसँग यो मन्त्रालय राखेका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि टेण्डर नपरेका कारण गतवर्ष गाडी खरिद गर्न सकेन।
सामाजिक विकास मन्त्रालयले भने ५४ लाखमा एउटा गाडी खरिद गरेको छ। यसैगरी प्रदेशसभा सचिवालयले भने तीनवटा गाडी खरिद गरेको छ। सभामुख, उपसभामुख र प्रदेशसभाका सचिवका लागि ती गाडी खरिद गरिएका हुन्। यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले १ करोड ६७ लाख रुपैयाँमा गत आवमा २ वटा गाडी खरिद गरेको थियो। प्रदेश प्रमुखका लागिसमेत गाडी खरिद गत आ.व.मा नै गरिएको थियो।समेत उनले बताए।
कतिपय ले यो सवारीसाधन खरिद प्रक्रिया ले अनाबश्यक खर्च हुने प्रदेश का विपक्षमा सांसद को भनाई छ,तर मुख्यमन्त्रि चड्ने सबारी को लागि २ करोड भनेको साधारण रकम र सो मूल्यमा पाईने सवारीसाधन मुख्यमन्त्री को लागि साधारण नै मानिन्छ।मुख्य मन्त्री निकटतम शोत्रका अनुसार सुरक्षा को दृष्टिकोण ले पनि सो भन्दा राम्रो सवारीसाधन केन्द्र बाट नै आउनु पर्ने भए पनी प्रदेश सरकार ले नै खरिद गर्ने भएपछि सवारीसाधन का लागी रकम विनियोजन गरीएको र यसमा पनि नेपाल सरकारकाको कर्मचारी ले समेत नेपाल मा ३ करोड भन्दा माथिको सबारी प्रयोग गर्दै आईरहेको छन,तर मुख्यमन्त्री को लागी २ करोड को सवारीसाधन खरिद गर्दा कीन प्रश्न उनले भने।
Sagar Thapa
Rish garera Hun6a …
Paudel JL
Haina mukhkhe mantri ko gadima2 crorthorai vaenara 10 jati hunuparne
Indu Kumar Khadka
Sanghiyata.
Tilak Rijal
galt janta rubayar nyta bilasita ko jeban bitauna milxar
Ramkrishna Ghaju
Usko bauko k janxa jati karod ko chadheni hunxa janta kai paisa ta ho
Gs Pandey
Wow. Jajatalo sampatima neta ko raaj..
Ganesh Shakya
गाडी समृद्धि ।
Magar Depersion
चालीस रुपैयाँ को बच्चा हरुको खेलौना किन्दिए हुन्छ मन्त्री ज्यु लाई त्यो भए सस्तो पर्ला हाहाहा
Udas Bairagi
Khabardar Janta lutayra belasi huna paidaina
Bishnu Dhakal
राम्रै काम पाे गरेर देखाउने भएछ यस्ले त देश बिकास गरेर