बाँकेको नौवास्तामा औद्योगिक क्षेत्रको निर्माण हुने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
४७ पटक हेरिएको
Shares
बाँकेको नौवास्तामा औद्योगिक क्षेत्रको निर्माण हुने

सारांश

  • बाँकेको वैजनाथ गाउँपालिका– ३ नौवास्तामा स्थापना गरिने प्रदेशस्तरीय औद्यौगिक क्षेत्रको जग्गा विवाद समाधान भएपछि ५२५ बिघामा औद्यौगिक क्षेत्र निर्माण हुने भएको छ ।
  • त्यससँगै भौतिक पूर्वाधार निर्माणको बाटो खुलेको छ ।
  • सरकारले औद्योगिक क्षेत्रका लागि छुट्याएको सो जग्गामा २०० भन्दाबढी स्थानीय घर बनाएर बसिरहेकाले औद्यौगिक क्षेत्रको भौतिक पूर्वाधार निर्माणलगायतको काम अघि बढ्न सकेको थिएन ।

बाँकेको वैजनाथ गाउँपालिका– ३ नौवास्तामा स्थापना गरिने प्रदेशस्तरीय औद्यौगिक क्षेत्रको जग्गा विवाद समाधान भएपछि ५२५ बिघामा औद्यौगिक क्षेत्र निर्माण हुने भएको छ ।त्यससँगै भौतिक पूर्वाधार निर्माणको बाटो खुलेको छ । सरकारले औद्योगिक क्षेत्रका लागि छुट्याएको सो जग्गामा २०० भन्दाबढी स्थानीय घर बनाएर बसिरहेकाले औद्यौगिक क्षेत्रको भौतिक पूर्वाधार निर्माणलगायतको काम अघि बढ्न सकेको थिएन ।

उक्त विवाद धेरैपटक समाधान गर्ने प्रयास गरिए पनि समाधान हुन नसकेकामा जिल्ला प्रशासन कार्यालयमा भएको पछिल्लो सर्वदलीय बैठकमा सो समस्या समाधान भएको हो । अब भौतिक पूर्वाधार निर्माणको काम शुरु गरिने औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताउनुभयो ।

औद्योगिक क्षेत्रको जग्गामा रहेको २०८ घरसहित करीब २६८ परिवारलाई सोही स्थान नजिकको ३० बिघा क्षेत्रफलमा जग्गा दिएर सार्ने सर्वदलीय सहमति बनेपछि विवाद समाधान भएको अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले छानबिन गरेर कसलाई कति जग्गा दिने भन्ने छिनोफानो गरेर जग्गा उपलब्ध गराउने सहमति बनेको बताउनुभयो ।

औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि सो वरपरका स्थानीयले रोजगारी पाउनुका साथै अन्य विभिन्न व्यवसायसमेत गर्नसक्ने भएकाले नजिकै जग्गा पाएमा जाने बताएका थिए । जग्गा विवादकै कारण करीब चार वर्षदेखि औद्योगिक क्षेत्र सञ्चालनको काम हुन नसकेकामा अब तीव्र गतिमा काम शुरु गर्नुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैश्यले बताउनुभयो ।

अबका केही महीनाभित्र उद्योगीलाई जग्गा उपलब्ध गराएर चार वर्षभित्र सम्पूर्ण निर्माण कार्य पुरा गर्ने योजना रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले औद्योगिक क्षेत्रको जग्गाभित्र घर बनाएर बसेका परिवारको उचित व्यवस्थापन गर्न सफल भएको जनाउँदै अब औद्योगिक क्षेत्र निर्माणको काम तीव्र पारिने बताउनुभयो । प्रदेशस्तरीय सो औद्योगिक क्षेत्रले कम्तीमा ३० हजारलाई रोजगारी दिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माले महासचिव मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर
माले महासचिव मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर
ग्राण्डीमा यस्तो ठगी धन्दा : एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा
ग्राण्डीमा यस्तो ठगी धन्दा : एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा
एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित
एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित
‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’
‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’
बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त
बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
मन्त्रिपरिषदका १० निर्णय
मन्त्रिपरिषदका १० निर्णय
अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ
अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ
आज कृष्ण जन्माष्टमी, श्रद्धाका साथ देशभर मनाइदै
आज कृष्ण जन्माष्टमी, श्रद्धाका साथ देशभर मनाइदै
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार

तपाईंले छुटाउनुभयो कि?