माघ १३ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
सारांश
- कान्तिपुर दैनिक आजको कान्तिपुर दैनिकमा छापिएका मुख्य समाचारहरु संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा निर्वाचनका लागि ढिलो गरी सुरु प्रक्रियाका कारण मंसिर १० र २१ मा निर्वाचन सम्पन्न भएर पनि प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएको छैन ।
- तर संघीय संसदको सचिवालयले भाडाकै भवन भए पनि संघीय संसदको सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक कक्ष चिरिच्याट्ट पारेको छ ।
- नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुख्य सभा भवनलाई प्रतिनिधिसभाको बैठक कक्षका रूपमा तयार पारिएको छ भने पूर्वतर्फको नुप्से हललाई राष्ट्रिय सभाको बैठक गर्न मिल्ने गरी रूपान्तरण गरिएको छ।
कान्तिपुर दैनिक
आजको कान्तिपुर दैनिकमा छापिएका मुख्य समाचारहरु
संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा निर्वाचनका लागि ढिलो गरी सुरु प्रक्रियाका कारण मंसिर १० र २१ मा निर्वाचन सम्पन्न भएर पनि प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएको छैन ।
तर संघीय संसदको सचिवालयले भाडाकै भवन भए पनि संघीय संसदको सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक कक्ष चिरिच्याट्ट पारेको छ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुख्य सभा भवनलाई प्रतिनिधिसभाको बैठक कक्षका रूपमा तयार पारिएको छ भने पूर्वतर्फको नुप्से हललाई राष्ट्रिय सभाको बैठक गर्न मिल्ने गरी रूपान्तरण गरिएको छ।, यो खबर आजको कान्तिपुर दैनिकले छापेको ।
जो आफैंमा ‘हिमाली सूचना केन्द्र’ थिइन् एलिजावेथ
एकल प्रयत्न र अभिरुचिमा जोडिएर नेपालको सबैभन्दा आधिकारिक ‘हिमाली सूचना केन्द्र’ संस्थाका रूपमा स्थापित अमेरिकी अध्येता एलिजावेथ हलीको ९५ वर्षको उमेरमा शुक्रबार बिहान काठमाडौंको सिविक अस्पतालमा निधन भएको छ ।
सन् ६० को दशकमा ‘टाइम’ पत्रिकाका लागि समाचार संकलन गर्न आएकी अमेरिकी पत्रकार एलिजावेथले त्यसयताको आफ्नो सम्पूर्ण जीवन हिमाल र हिमाली सोधखोज, अध्ययन, अनुसन्धानमा लगाएकी थिइन् ।
फोक्सोमा संक्रमण देखिएपछि हलीलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
कालिकोटको हविगतः के खान्छन्, कहाँ बस्छन् ? कालिकोटमा फैलिएका मुख्य महामारी र क्षति
खाडाचक्र ४ दलित टोलका ३९ वर्षीय माने विश्वकर्माको ७ जनाको परिवार करिब तीन साताअघि गाउँमा फैलिएको भाइरल ज्वरोले थला पर्यो ।
छरछिमेकले एक साता खाना बनाएर खुवाए । महामारी फैलिएको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली आएर औषधि दिएपछि ज्वरो कम भएको छ । सबै उठेर बस्न सक्ने भएका छन् ।
६० वर्षअघि बुबा पर्से कामीले बनाएको पुरानो घर भत्किएपछि १३ वर्षदेखि छिमेकीले छाडेको घरमा बस्दै आएका माने र उनकी २९ वर्षीया पत्नी नन्दा शारीरिक अपांगता भएका व्यक्ति हुन् । पाखो बारीको उत्पादनले महिना दिन पनि खान पुग्दैन । सात जनाको यो परिवारमा कमाइ गर्ने कोही छैन ।
कालिकोटमा फैलिएका मुख्य महामारी र क्षति
- ०५५ मंसिरदेखि फागुनसम्म भर्ता, सुकाटिया, कालिका, मान्म, राम्नाकोट, बदालकोट, नानीकोट, रकु, लालु, कोटवाडा, माल्कोटका बस्तीमा भाइरल इन्फ्लुएन्जाले १ सय ३७ को मृत्यु, करिब ४ हजार प्रभावित
- ०५९ माघदेखि चैतसम्म दादुरा, रूघाखोकीबाट १७ को मृत्यु, १ हजार प्रभावित
- ०६३ चैतदेखि ०६४ असोजसम्म २३ गाविसमा फैलिएको झाडापखाला र हैजाबाट १ सय ५३ को मृत्यु, बदालकोटको खर्ककोटमा एकै परिवारका ७ जनाको मृत्यु, धौलागोहमा मात्र ४१ जनाको मृत्यु, २ हजार बढी प्रभावित ।
- ०७२ कालिकोटको मान्म १ चिनाडी कोइरेल गाउँ र मेहेलमुडी ७ तिकुवामा रूघाखोकी र ज्वरोबाट ५ जनाको मृत्यु, ६ सय बढी बिरामी ।
- ०७४ मंसिर तेस्रो सातायता फैलिएको भाइरल ज्वरोबाट खाडाचक्र ४ मा ३ बालबालिकासहित ८ को मृत्यु, जिल्लाभर ४ हजार बिरामीको उपचार ।यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
नयाँ पत्रिका
आजको नयाँ पत्रिकामा छापिएका मुख्य समाचारहरु
यसकारण हुन्छ दुर्लभ वन्यजन्तुको चोरी–सिकारी
किन हुन्छ दुर्लभ वन्यजन्तुको चोरी–सिकारी ?
नेपालमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी–सिकारी प्रत्येक वर्ष बढ्न थालेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी को तथ्यांकअनुसार वन्यजन्तुको चोरी–सिकारीमा संलग्न तस्कर पनि बढेका छन् ।
सिआइबीले साढे सात वर्षयता दुर्लभ वन्यजन्तुको अखेटोपहारसँग सम्बन्धित २५२ वटा कारबाही गरेको छ । त्यस्तै, चोरी–सिकारीमा संलग्न ५७४ जनालाई पक्राउ गरेको छ ।
सिआइबीका डिएसपी अनुपम राणाले उत्तरी सीमा–नाका क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी–सिकारी बढेको बताए ।
यसकारण हुन्छ तस्करी
प्रहरीका अनुसार दुर्लभ वन्यजन्तुका अखेटोपहार धेरैजसो भारतबाट नेपालमा भित्रिने गरेका छन् । नेपालका जंगलमा पनि दुर्लभ वन्यजन्तु मारिने गरेका छन् । तिनका अखेटोपहार तिब्बततर्फ तस्करी हुने गरेको छ ।
तिब्बतीहरूले दुर्लभ वन्यजन्तुको छालाबाट बैठक कोठा सजाउने, ज्याकेट बनाउने, हाडबाट गहना तथा औषधि बनाउने गर्छन् । सिआइबीका डिएसपी राणा पारिवारिक ‘स्टाटस’ देखाउने सन्दर्भमा दुर्लभ वन्यजन्तुका छाला तथा अखेटोपहार प्रयोग हुने गरेको बताउँछन् । ‘वन्यजन्तुको हाडबाट औषधि पनि बनाउने गरेको भेटिएको छ । यस्ता अखेटोपहार प्रयोग गर्नेहरू नेपालमा कमै छन्,’ उनले भने ।
कहिले कति पक्राउ ?
०६७–६८ पक्राउ ४०, अप्रेसन १०
०६८–६९ पक्राउ ५९, अप्रेसन २२
०६९–७० पक्राउ ६०, अप्रेसन ३२
०७०–७१ पक्राउ ६३, अप्रेसन २७
०७१–७२ पक्राउ ८५, अप्रेसन ३७
०७२–७३ पक्राउ १०९, अप्रेसन ४७
०७३–७४ पक्राउ ११६, अप्रेसन ५४
०७४ को ६ महिनामा पक्राउ ४२, अप्रेसन २३
जम्मा पक्राउ ५५४, जम्मा अप्रेसन २५२
चिम्पान्जीदेखि हुचिलसम्म तस्करी
तस्करले नेपाललाई हुचिलदेखि चिम्पान्जीसम्म तस्करीको ‘ट्रान्जिट’ बनाएको प्रहरीको भनाइ छ । प्रहरीले भारत लैजान अफ्रिकाबाट ल्याएको दुईवटा चिम्पान्जी बरामद गरेको छ । त्यस्तै, नेपालबाट अर्को मुलुक तस्कर गर्न लागिएको अवस्थामा ६ वटा हुचिल बरामद गरेको छ । त्यसबाहेक परेवा, बाँदर, सुगा, कालिज, बट्टाई, धानचरा, खरायो, नाङ्ले चरा, सर्प, गोहोरो, लब बर्ड, कछुवालगायतका दुर्लभ वन्यजन्तु पनि तस्करी हुने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
भरिया मात्रै पक्राउ
प्रहरीको कारबाहीमा पक्राउ पर्नेमा अधिकांश भरिया छन् । तस्करका मुख्य नाइकेलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । ‘अहिलेसम्मको अप्रेसनमा बीचका मान्छे पक्राउ परेका छन् । मुख्य नाइकेसम्म अझै पुग्न सकिएको छैन,’ सिआइबीका डिएसपी अनुपम राणाले भने ।यो खबर आजको नयाँपत्रिकाले छापेको छ ।
सदरमुकाम सार्ने निर्णयको विरोधमा रुकुमकोटमा आन्दोलन चर्कियो
सदरमुकाम सार्ने निर्णयका विरुद्ध रुकुम (पूर्व) मा आन्दोलन चर्किएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन भएको छ । विहिबार बसेको मन्त्रिपरिषद वैठकले सिस्ने गाउँपालिकाका ५ र ६ नम्बर वडा, रुकुमकोटमा रहेको रुकुम (पूर्व) को सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिकाको १२ नम्बर वडा गोलखारामा सार्ने निर्णय गरेको थियो ।
सरकारको सो निर्णय विरुद्ध सदरमुकाम रुकुमकोट र त्यस आसपासका स्थानीय आन्दोलित बनेका छन् । सरकारले सदरमुकाम सार्ने निर्णय गरेसँगै बिहिबार रातिबाटै आन्दोलन सुरु भएको हो । सदरमुकामवासीले रातभर ठाउँठाउँमा टायर बाल्दै, नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए भने शुक्रबार दिनभर पनि रुकुमकोटमा विरोध प्रदर्शन भएको छ ।
आन्दोलनरत रुकुमकोट र त्यस आसपासका स्थानीयले रुकुमकोटमा रहेका सरकारी तथा गैरसकारी कार्यालय, विद्यालय, बजार–पसल र यातायातका साधन पूर्णरुपमा बन्द गरी आन्दोलन गरेका छन् । आन्दोलनकारीले प्रधानमन्त्री शेरवहादुर देउवाको पुत्ला दहन गरेका छन् । सदरमुकाम सार्ने निर्णयमा प्रधानमन्त्रीको मुख्य भुमिका रहेको भन्दै आन्दोलनकारीले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् । हिन्दु परम्परा अनुसार उल्टो बाजा बजाई, मलामी गएर प्रधानमन्त्रीको पुत्ला जलाए ।
यो खबर आजको नयाँपत्रिकाले छापेको छ ।
अन्नपुर्णपोष्ट
आजको अन्नपुर्णपोष्टमा छापिएका मुख्य समाचारहरु
यसरी हटाइए पर्यटन सचिव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले जाँदा जाँदै सचिव महेश्वर न्यौपानेको सरुवा गरेका छन्।
बिहीबार राति बसेको मन्त्रिपरिषद्को वैठकले मन्त्री देवको प्रस्तावमा सचिव न्यौपानेलाई सार्वजनिक खरिद कार्यालयमा सरुवा गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाउने मन्त्री देवको प्रस्ताव सचिव न्यौपानेले अस्वीकार गर्दै आएका थिए। मन्त्री देवका विवादास्पद निर्देशनलाई सचिव न्यौपानेले असहयोग गर्दै आएपछि मन्त्रिपरिषद्को निर्णयबाट न्यौपानेको सरुवा गरिएको छ।,
यसरी सुरु भयो विवाद
मन्त्री देवले गत भदौ २७ गते मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमलाई हटाउने योजनासहित ११ बुँदे स्पस्टीकरण सोधेका थिए।
मन्त्री देवले गौतमबाट आएको स्पष्टीकरण चित्तबुझदो नरहेको भन्दै फेरि असोज पहिलो साता गौतमसँग २४ घण्टे स्पष्टीकरण माग गरेका थिए।
गौतमको जवाफ पुनः चित्तबुझ्दो नरहेको भन्दै मन्त्री देवले मन्त्रालयमा तीन सदस्यीय एक कार्यदल गठन गर्दै संयोजक बनाएर गौतमलाई हाजिर हुन पत्र पत्र काटेका थिए। तर, मन्त्रीको निर्णयलाई निर्वाचन आयोगले बदर गरेको थियो।यो खबर आजको अन्नपुर्णपोष्टले छापिएको छ ।
एलिजाबेथका अधुरा सपना
पर्वतारोहणमा त्यतिका काम गरिन्, एलिजाबेथ हवलीले । उनको मुख्य सपना भने अधुरै रह्यो ।
नेपालमा पर्वतारोहणसम्बन्धी चार सयभन्दा बढी तथ्यांक संकलन गरी जीवनको अन्तिम समयमा नेपाल सरकारलाई सुम्पिने उनको सपना साकार भएन ।
पर्वतारोहणकी डाटाबेस नामले चिनिने उनको काठमाडौंको कपुरधारास्थित सिवेक अस्पतालमा ९५ वर्षको उमेरमा शुक्रबार निधन भयो ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक एवं नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष सुनारबहादुर गुरुङसँग उनले तथ्यांक संकलनकै क्रममा जीवनको अन्तिम कार्य सरकारलाई बुझाउने भनेकी थिइन् ।
हिमालै हिमालको देश भनेर चिनिएको नेपालमा उनी अमेरिकाबाट प्रकाशित ‘टाइम्स एन्ड लाइफ’ म्यागेजिनका लागि पर्वतारोहणसम्बन्धी रिपोर्टिङ गर्न ६० वर्षअघि आएकी थिइन् । उनी ‘रोयटर्स’ र ‘टाइम’ मिडियामा पनि आबद्ध थिइन् । उनले हिमालमै पुगेर रिपोटिङ गर्ने क्रममा वास्तविक तथ्यांक नपाएपछि ६ दशकदेखि नै ‘हिमालयन डाटाबेस संस्था’ स्थापना गरी तथ्यांक संकलन सुरु गरेकी थिइन् ।
पर्वतारोहण क्षेत्रको तथ्यांक राख्दै जाने क्रममा उनले ‘पर्वतारोहण बैंक’को उपनापसमेत पाएकी थिइन् । हवलीको निधनप्रति शोक व्यक्त गर्दै पर्वतारोहीहरूले हिमालको एउटा ‘खम्बा’ गुमाउनुपरेको बताएका छन् ।
विश्वभरका हिमाल आरोहणको तथ्यांकमा उनले विश्वका चर्चित र कीर्तिमानी आरोहीको विवरण, आरोहण गरिएका हिमालको महत्वपूर्ण विवरणदेखि आरोहणका लागि तय गरिएका योजना, आरोहण गाइड, आरोही र आरोहण दलका सदस्यको पूर्ण जानकारी, आरोहणको अवधि, अवस्था र आरोहण सम्पन्न भए÷नभएको पुष्टि, मौसमको अवस्थालगायत सम्पूर्ण जानकारी राख्दै आएकी थिइन् । उनले नेपालको तर्फबाट मात्र नभई सबै क्षेत्रबाट हिमाल आरोहण गरेको तथ्यांकसमेत राखेकी छन् ।
सबैभन्दा छिटो आठ घण्टा १० मिनेटमा पेम्बाछिरी शेर्पाले सगरमाथा आरोहण गरेको भने पनि उनले आरोहण नगरेको पुष्टि गरेपछि अदालतले पेम्बाछिरीको कीर्तिमान खारेज गरिदिएको थियो ।
सरकारले हिमाल आरोहणको अनुमति दिने र सफल आरोहणको तथ्यांक राख्दै आए पनि हवलीले यसखाले सम्पूर्ण जानकारी राखेर सरकारलाई सहयोग गर्दै आएकी पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले बताए । ‘पर्वतारोहण क्षेत्रको सम्पत्ति गुमेको छ, हामी दुःखी भएका छौं,’ उनले भने, ‘ सन् १९६९ देखि चिनजान भएपछि उनी हिमालमै रहेर नेपालको पर्वतारोहणसम्बन्धी तथ्यांक राख्दै आएकी थिइन् ।’ उनले सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालुलगायत विश्वका आठ हजारभन्दा अग्ला १६ हिमाल र चारभन्दा बढी साना हिमाल आरोहणसम्बन्धी तथ्यांक संकलन गर्दै आएकी थिइन् ।
आरोहणअघि आरोही, गाइड, शेर्पा र आरोहण दलका सदस्यको जानकारी लिने र आरोहण सम्पन्नपश्चात् पनि जानकारी लिएर वास्तविक अनुभवसहितको विवरण राखी पर्वतारोहीलाई सहयोग पुर् याउँदै आएको शेर्पाले बताए । सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथा आरोहण गर्दा शेर्पाहरूले सरकार र शेर्पाकै रूपमा सहयोग गरेको शेर्पाले पुष्टि गरे ।
नेपालका ठूला हिमाल आरोहणको मात्र जानकारी हुने गरेको र साना हिमालको तथ्यांक संकलनमा कसैले चासो नदेखाएपछि उनले यो अभियान सुरु गरेकी थिइन् । उनले आरोहणको मिति, आरोही, त्यस अवस्थाको मौसम, आरोहण अवस्थाजस्ता विषयको जानकारीसमेत आरोहणमा संलग्न व्यक्तिसँगै भेटेर लिने गरेकी थिइन् । तर, अन्तिममा राज्यले खरिद नै गर्न नसक्ने यी महत्वपूर्ण जानकारी उनले नेपाल सरकारलाई हस्तान्तरण गर्न भने पाइनन् ।
सन् १९२३ मा जन्मिएकी हवली ३७ वर्षको उमेरदेखि नेपालमै रहेर काम गर्दै आएकी थिइन् । पर्यटन विभागमा विवादास्पद रहेको रेकर्डसमेत प्रमाणसहित यथार्थ बुझाई उनले केही मुद्दा छिनोफानोमा समेत सहयोग पुर् याएकी नेपाल पर्वतारोहण संघका सचिव टीकाराम गुरुङले बताए ।
विश्वभरका हिमाल आरोहणसम्बन्धी तथ्यपूर्ण जानकारी उनीबाहेक अरूसँग नभएको समेत उनले दाबी गरेकी थिइन् । शनिबार अमेरिकाबाट उनको आफन्त विली आएपछि उनको अन्त्येष्टि गरिने गुरुङले बताए ।
उनी नेपाल आएदेखि नै काठमाडौंको डिल्लीबजारस्थित एक घरमा बस्दै आएकी थिइन् । पहिलो सगरमाथा आरोही एडमन्ड हिलारी उनको मिल्ने साथी भएकाले नेपाल आउँदा उनी बसेकै घरमा हवली बस्ने गरेको पर्यटन व्यवसायी बताउँछन् । नेपालका लागि न्युजिल्यान्डकी अवैतानिक वाणिज्य दूतसमेत रहेकी उनको सन् १९८८ देखि २००७ सम्म नेपालबारे लेखिएका सामग्री संकलन गरी तयार पारिएको ‘द नेपाल सिन’ नामक पुस्तक प्रकाशित छ ।यो खबर आजको अन्नपुर्णपोष्टले छापिएको छ ।
नेपाल समाचारपत्र
आजको नेपाल समाचारपत्रमा छापिएका मुख्य समाचारहरु
गोर्खाल्यान्ड नेता काठमाडौंबाट बेपत्ता
भारतीय प्रहरीको खोजीको सुचीमा रहेका गोर्खाल्यान्ड आन्दोलनका एक सदस्य सञ्जय थुलुङ रहस्यमय ढंगबाट पक्राउ परेका छन् ।
भारतीय सरकारले खोजी तीव्र बनाएपछि नेपालमा लुकिछिपी बस्दै आएका थुलुङलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा लगाएको प्रहरीको एक उच्च स्रोतले जानकारी दिएको छ ।
थापाथलिस्थित ससुरालिमा बस्दै आएका थुलुङलाई छक्याएर पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाएको भए पनि नेपाल प्रहरीले भने उक्त घटनाको बारेमा कुनै जानकारी नभएको भन्दै पन्छदै आएको छ ।,आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
राजधानी
आजको राजधानीमा छापिएका मुख्य समाचारहरु
सांसद नै सोध्छन् , कहाँ, कसरी हाल्ने मत !
सरकारले २४ माघका लागि राष्ट्रिय सभा निर्वाचनको मिति तय गरेको छ । तर प्रदेशसभा सांसद र स्थानीय तहका अधिकांश प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष राष्ट्रिय सभाको निर्वाचनको मिति बाहेक मतदान प्रक्रिया र कहाँ मतदान हुन्छ भन्नेबारे अझै अनविज्ञ छन् ।
निर्वाचन आयोगले दलका केन्द्रीय स्तरका नेतालाई आयोगमा बोलाएर निर्वाचनको प्रक्रिया र मतगणनाबारे जानकारी गराए पनि जनताबाट प्रत्यक्ष मतदान भएर चुनिएका प्रदेशका सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखले भने निर्वाचनको मिति बाहेक अन्य प्रक्रिया र मतदान स्थलबारे जानकारी नभएको बताए ।
प्रदेश १ को इलाम–१ ‘क’ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित प्रदेश सांसद काजीमान कागतेले २४ गते निर्वाचन हुने जानकारी भएको तर कसरी मतदान गर्ने र कहाँ गएर गर्ने भन्नेबारे जानकारी नभएको बताए । ‘२४ गते निर्वाचन हुने भन्ने जानकारी आएको छ, निर्वाचनमा कसरी मतदान गर्ने र मतदानका लागि कहाँ जाने भन्ने बारे केही थाहा छैन,’ उनले भने, ‘पार्टीले उठाएको उम्मेदवारलाई भोट हाल्ने हो, पार्टीको लाइन छाडिँदैन । अरू त्यस दिन सम्ममा जानिएला नि ।’यो खबर आजको
राजधानीले छापेको छ ।
प्रतिक्रिया