यसो भन्छन् जिदान ​रोनाल्डो म्यानचेस्टर युनाइटेडमा फर्कने हल्लाबारे ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
यसो भन्छन् जिदान ​रोनाल्डो म्यानचेस्टर युनाइटेडमा फर्कने हल्लाबारे ?

सारांश

  • एजेन्सी, पुस २३ ।
  • पछिल्लो पटक रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डो आफ्नो पुरानै क्लब म्यानचेस्टर युनाइटेडमा फर्कन सक्ने हल्ला चलेको थियो ।
  • तर ती हल्लाहरु अफवाह मात्रै भएको रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले प्रष्ट पारेका छन् ।

एजेन्सी, पुस २३ । पछिल्लो पटक रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डो आफ्नो पुरानै क्लब म्यानचेस्टर युनाइटेडमा फर्कन सक्ने हल्ला चलेको थियो । तर ती हल्लाहरु अफवाह मात्रै भएको रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले प्रष्ट पारेका छन् । अाइतबार सेल्टा भिगोसँगको खेलको पूर्वसन्ध्यामा जिदानले उक्त खुलासा गरेका हुन् ।

फुटबल स्टार रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडले भित्र्याउन चाहेको भए पनि रोनाल्डो भने रियल छाडेर अन्यत्र नजाने जिदानले बताएका छन् । रोनाल्डो सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडमा कीर्तिमानी रकममा आएका थिए ।

गएको समरमा स्पेनी अधिकारीले कर छलेको आरोप लगाएपछि रोनाल्डोले रियल मड्रिड छाड्ने हल्ला चलेको थियो । त्यस्तै फ्रेन्च क्लब पिएसजीले पनि ३२ वर्षीय स्टार रोनाल्डोलाई भित्र्याउन चाहेको खबर आएको छ ।

तर जिनेदिन जिदान भने रोनाल्डोले छोड्ने सम्भावना नरहेको बताउँछन्, ‘म रोनाल्डो बिनाको रियल मड्रिड कल्पना गर्न पनि सक्दैन, साँच्चै नै सकिँदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?