‘रंगेली’मा प्रहरी निरीक्षक बने प्रवीण, दुई क्यारेक्टर पोस्टर सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २८, २०८०
|
|
३४ पटक हेरिएको
Shares
‘रंगेली’मा प्रहरी निरीक्षक बने प्रवीण, दुई क्यारेक्टर पोस्टर सार्वजनिक

सारांश

  • काठमाडौँ।
  • नेपाली चलचित्र ‘रंगेलीली’का दुई नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।
  • अभिनयमा पोख्त अभिनेता प्रवीण खतिवडाको पात्र चित्रण गर्ने दुई पोस्टरमा उनलाई ‘मान बहादुर ढकाल’को नाम दिइएको छ।

काठमाडौँ। नेपाली चलचित्र ‘रंगेलीली’का दुई नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। अभिनयमा पोख्त अभिनेता प्रवीण खतिवडाको पात्र चित्रण गर्ने दुई पोस्टरमा उनलाई ‘मान बहादुर ढकाल’को नाम दिइएको छ। पोस्टर अनुसार यस चलचित्रमा उनी नेपाल प्रहरीको निरीक्षक बनेका छन्।

यसअघि अभिनेता द्वय दयाहाङ राई, अर्पण थापा र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो। ‘रंगेली’मा खतिवडाको भूमिका बलियो रहेको निर्देशक अर्जुन सुवेदीले बताए।

सुवेदीकै लेखन रहेको ‘रङ्गेली’मा अर्पण, दयाहाङ, मिरुना, प्रवीण, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ। यो चलचित्र आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुँदैछ। यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुजजंग थापा हुन्। निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन्। छायाकार सुशन प्रजापति हुन्।

अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ।

जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’ रिलिज गर्दैछन्। ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अण्डरवेयरमा लगाएर सडकमा दौडिरहेका थिए बेहुला, पछाडिबाट कारले दियो ठक्कर
अण्डरवेयरमा लगाएर सडकमा दौडिरहेका थिए बेहुला, पछाडिबाट कारले दियो ठक्कर
बाहुबली अभिनेताकी श्रीमतीले गरिन् आत्महत्या, यस्तो छ कारण
बाहुबली अभिनेताकी श्रीमतीले गरिन् आत्महत्या, यस्तो छ कारण
उपराष्ट्रपति पुन अष्ट्रलिया प्रस्थान, यस्तो छ भ्रमण तालिका
उपराष्ट्रपति पुन अष्ट्रलिया प्रस्थान, यस्तो छ भ्रमण तालिका
फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट ; प्रचण्ड
फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट ; प्रचण्ड
हवाई मैदानमा  कमैयाले पक्की घर निर्माण गर्दै  ।
हवाई मैदानमा कमैयाले पक्की घर निर्माण गर्दै ।
बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ
बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ
समानुपातिक उम्मेदवार छनोटमा दलहरुको मनपरी : गल्ती खोज्दै आयोग
समानुपातिक उम्मेदवार छनोटमा दलहरुको मनपरी : गल्ती खोज्दै आयोग
Mostbet-AZ 45 Azərbaycanda bukmeker və kazino Bonus 550+250F
पार्टी राजनीति र राजनीतिक आडमा चल्ने कानुन …
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने

तपाईंले छुटाउनुभयो कि?