आठौ राष्ट्रिय खेलकुद अपडेट : अहिलेसम्म कसको पदक कति ?
सारांश
- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिलेसम्म ६सय ४२ पदकको टुङ्गो लागेको छ ।
- प्रतियोगितामा १ सय ८३ स्वर्ण, १ सय ८२ रजत र २ सय ७७ कास्य पदकको टुङ्गो लागेको छ ।
- नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ७५ स्वर्ण, ४६ रजत र ३९ कास्य गरी १ सय ६० पदकसहित अग्रस्थानमा छ ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिलेसम्म ६सय ४२ पदकको टुङ्गो लागेको छ । प्रतियोगितामा १ सय ८३ स्वर्ण, १ सय ८२ रजत र २ सय ७७ कास्य पदकको टुङ्गो लागेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ७५ स्वर्ण, ४६ रजत र ३९ कास्य गरी १ सय ६० पदकसहित अग्रस्थानमा छ ।
नेपाल प्रहरीको पुलिस क्लब ३२ स्वर्ण, २९ रजत र ३१ कास्यगरी ९२ पदकसहित दोस्रो स्थानमा छ भने सशस्त्र प्रहरीको एपिएफ क्लब ३० स्वर्ण, ३२रजत र ३६ कास्य गरी ९८ पदक जित्दै तेस्रो स्थानमा छ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार अहिलेसम्म प्रदेश ३ले १३ स्वर्ण, २१ रजत र ३९ कास्य, सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ५ रजत र १८ कास्य, गण्डकी प्रदेशले ६ स्वर्ण, ११ रजत र २७ कास्य, प्रदेश २ ले ६ स्वर्ण, ७ रजत र १४ कास्य, प्रदेश ५ ले ५ स्वर्ण, १५ रजत र २८ कास्य, प्रदेश १ ले ४ स्वर्ण, १५ रजत र ३५ कास्य, कर्णाली प्रदेशले दुई स्वर्ण, एक रजत र ६ कास्य तथा गैर आवासीय नेपाली सङ्घ (एनआरएन)ले३ स्वर्ण र ४ कास्य पदक जितेको छ ।
प्रतिक्रिया