राष्ट्रपति-राजपा नेता भेट !

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २३, २०७४
|
|
२२९ पटक हेरिएको
Shares
राष्ट्रपति-राजपा नेता भेट !

सारांश

  • काठमाडौं- राष्ट्रपति विद्या भण्डारीसँग राष्ट्रिय जनता पार्टी नेपालका नेताले शुक्रबार शीतल निवासमा भेट गरेका छन्।
  • भेटमा राष्ट्रपतिले ६ पार्टीबीच एकीकरण भई राजपा नेपाल  गठन भएकोमा नेताहरूलाई बधाई दिएकी थिइन्।
  • साथै, उनले राजपा पहिलो चरणको चुनावमा सहभाागी नभएकोबारे चासो राखेकी थिइन्।

काठमाडौं- राष्ट्रपति विद्या भण्डारीसँग राष्ट्रिय जनता पार्टी नेपालका नेताले शुक्रबार शीतल निवासमा भेट गरेका छन्।

भेटमा राष्ट्रपतिले ६ पार्टीबीच एकीकरण भई राजपा नेपाल  गठन भएकोमा नेताहरूलाई बधाई दिएकी थिइन्। साथै, उनले राजपा पहिलो चरणको चुनावमा सहभाागी नभएकोबारे चासो राखेकी थिइन्।

राजपाका नेताहरूले राष्ट्रपतिसमक्ष संविधान संशोधन नभई चुनावमा नजाने पार्टीको अडान दोहर्‍याउँदै संविधान संशोधन भए दोस्रो चरणको चुनावमा सहभागी हुने जानकारी गराएका थिए। राजपा नेताले संविधान संशोधनका लागि पहल गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।

‘राष्ट्रपतिज्यूले चुनावबारे चासो राख्नुभयो। हामीले संविधान संशोधन नभईकन चुनावमा जान नसक्ने बतायौं,’ राजपा नेता लक्ष्मणलाल कर्णले भने। राष्ट्रपतिलाई भेट्न राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिल झालगायतका नेता शीतल निवास पुगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?