विद्युत प्राधिकरणमा कुलमान रहने नरहने मन्त्रिपरिषदले आजै टुंगो लगाउन

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २९, २०७७
|
|
५३ पटक हेरिएको
Shares
विद्युत प्राधिकरणमा कुलमान रहने नरहने मन्त्रिपरिषदले आजै टुंगो लगाउन

सारांश

  •   प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएको छ ।
  • आज उनैलाई पुनः नियुक्ति दिने या नदिनेबारे टुंगो लाग्नेछ ।
  • कुलमानको समय सकिएपछि मात्र क्याबिनेट डाकिनुलाई अर्थपूर्ण मानिएको छ ।

 

प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएको छ । आज उनैलाई पुनः नियुक्ति दिने या नदिनेबारे टुंगो लाग्नेछ । कुलमानको समय सकिएपछि मात्र क्याबिनेट डाकिनुलाई अर्थपूर्ण मानिएको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली उनको निरन्तरताको पक्षमा छैनन् । उनी अर्को व्यक्तिलाई कार्यकारी निर्देशक बनाउने पक्षमा छन् ।

आज ठाडो निर्णयबाट प्रधानमन्त्रीले कार्यकारी निर्देशक बनाउनसक्ने चर्चा पनि छ । प्रक्रियामा गएर प्रतिष्पर्धाबाट बनाउने गरी हाललाई कायममुकायम अरु कसैलाई दिने सम्भावना पनि छ ।

यसैगरी, बामदेव गौतमबारे पनि आज टुंगो लाग्नेछ । गौतमलाई राष्ट्रियसभामा लान राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय हुने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?