शान्ति भङ्ग गरेको आरोपमा यादव पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २४, २०७६
|
|
५३ पटक हेरिएको
Shares
शान्ति भङ्ग गरेको आरोपमा यादव पक्राउ

सारांश

  • शान्ति भङ्ग गरेको आरोपमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु यादवलाई पक्राउ गरेको छ ।
  • चर्को ब्याजमा पैसा लगानी गरेर ठगी गरेको भन्दै पीडित व्यक्तिले काठमाडौँमा गएर मङ्गलबार उजुरी दिएपछि गृहसचिवको आदेशमा शान्ति भङ्गको मुद्दामा यादवलाई हरिपुर नगरपालिकाबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
  • शान्ति भङ्गको मुद्दामा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट बुधबार साँझ म्याद थप गराएर उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

शान्ति भङ्ग गरेको आरोपमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु यादवलाई पक्राउ गरेको छ ।

चर्को ब्याजमा पैसा लगानी गरेर ठगी गरेको भन्दै पीडित व्यक्तिले काठमाडौँमा गएर मङ्गलबार उजुरी दिएपछि गृहसचिवको आदेशमा शान्ति भङ्गको मुद्दामा यादवलाई हरिपुर नगरपालिकाबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

शान्ति भङ्गको मुद्दामा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट बुधबार साँझ म्याद थप गराएर उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

पीडितले काठमाडौँ गएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेता नारायणकाजी श्रेष्ठलगायतलाई भेटेपछि यादवलाई पक्राउ गर्न प्रहरीले माथि दबाब बढेको थियो । यसअघि मिटरब्याजमा रकम लगाएको आरोपमा १५ भदौमा सर्लाहीका श्याम परदेशी पनि पक्राउ परेको थियो । पुर्पक्षको लागि परदेशी अहिले करागारमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कन्चनपुर क्षेत्र तनावग्रस्त, प्रहरीकाे गाेली लागेर तिन जना घाइते
कन्चनपुर क्षेत्र तनावग्रस्त, प्रहरीकाे गाेली लागेर तिन जना घाइते
पोर्चुगलमा एक नेपालीद्वारा अर्को नेपालीको छुरा प्रहार गरी हत्या
पोर्चुगलमा एक नेपालीद्वारा अर्को नेपालीको छुरा प्रहार गरी हत्या
दर्शकबीच लोकप्रिय बन्दै ‘छमछमी’
दर्शकबीच लोकप्रिय बन्दै ‘छमछमी’
‘गोपी’ ट्रेलर :- “मलाई नी मोई खाने मन छ”, “दाँत माझेर आउँ त” ?
‘गोपी’ ट्रेलर :- “मलाई नी मोई खाने मन छ”, “दाँत माझेर आउँ त” ?
दक्षिण एसियाकै पुरानो नगर हाँडीगाउँको पर्यटन विकासका लागि गुरुयोजना बनाउन  सुझाव
दक्षिण एसियाकै पुरानो नगर हाँडीगाउँको पर्यटन विकासका लागि गुरुयोजना बनाउन सुझाव
प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)
प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)
पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो
व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो
व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो
‘सामुदायिक क्याम्पस गाभिने’
‘सामुदायिक क्याम्पस गाभिने’

तपाईंले छुटाउनुभयो कि?