युएईमा साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ८, २०७६
|
|
६२ पटक हेरिएको
Shares
युएईमा साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

सारांश

  • युएई ।
  • युएईमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको छ ।
  • युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् ।

युएई । युएईमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको छ ।

युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी विवाद सुरु भएको र विवाद बढ्दै गएपछि राईले छुरा प्रहार गरेको उनीहरुसँगै काम गर्ने एक नेपालीले बताए ।

उनका अनुसार रक्सीको मातमा उनीहरुबीच देशको राजनीति र विकासका बारेमा कुराकानी भइरहेको थियो ।

आ-आफ्नो क्षेत्र विकासमा अघि रहेकोबारे तर्क हुदाँ राईले तिलकमाथि छुरा हानेका हुन् । राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरु एउटै कम्पनीमा काम गर्ने र एउटै कोठामा बस्दै आएका थिए । घटना ५ दिनअघि भएता पनि दूतावासलाई कुनै जानकारी नआएको दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताइन् ।

शनिवार सार्वजनिक विदा भएकाले थप विवरण आउन नसकेको र आइतबार दूतावासले यस विषयमा सम्बन्धित कम्पनीसँग बुझ्ने उनले जानकारी दिइन् ।

युएईमा गत असोजमा एक नेपाली महिलाले ४ जना नेपाली महिलामाथि छुरा प्रहार गरेकी थिइन् । एकजनाको मृत्यु भएको थियो |

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशीफल
आजको राशीफल
ठूला पार्टी जनताबाट टाढा भइसके : लिङ्देन
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
मलेसियामा नेपालीसहित करिब तीनसय प्रहरी नियन्त्रणमा
मलेसियामा नेपालीसहित करिब तीनसय प्रहरी नियन्त्रणमा
स्वीमिङ पुलमा युवकको मृत्यु
स्वीमिङ पुलमा युवकको मृत्यु
१४ वर्षदेखि कोमामा रहेकी महिलाले बच्चालाई जन्म दिईन्
१४ वर्षदेखि कोमामा रहेकी महिलाले बच्चालाई जन्म दिईन्
भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे
भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे
प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक, शिर्ष नेतालाई फोन
भन्सार विभागका महानिर्देशक चार महिनामै अर्थ मन्त्रालय फिर्ता
भन्सार विभागका महानिर्देशक चार महिनामै अर्थ मन्त्रालय फिर्ता
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या

तपाईंले छुटाउनुभयो कि?