Saturday, April 27
Shadow

बैंकिङ

कात्तिकसम्ममा तीन खर्ब ३७ अर्ब बढी रेमिट्यान्स भित्रीयो

कात्तिकसम्ममा तीन खर्ब ३७ अर्ब बढी रेमिट्यान्स भित्रीयो

अन्तर्राष्ट्रिय, आर्थिक, बैंकिङ, रोजगार, विशेष खबर
काठमाडौं : पौष ६, चालु आर्थिक वर्षको पहिलो चार महिना कात्तिकसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स ११.२ प्रतिशतले बढेर तीन खर्ब ३७ अर्ब ७२ करोड पुगेको छ । राष्ट्र बैंकले कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गरेको हो । अमेरिकी डलरमा पनि रेमिट्यान्स ६.४ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।कोभिड–१९ को प्रभाव विश्वव्यापीरुपमा बढ्दै जाँदा पनि रेमिट्यान्स भने बढेको छ । आयातमा आएको संकुचनले वैदेशिक रोजगारीबाट फर्कनेलाई जिन्सी सामान तथा उपहार ल्याउन कडाइ भएकोलगायत कारणले रेमिट्यान्समा वृद्धि भएको सरोकारवाला निकायको बुझाइ छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिश...
नेपाल बैकर्स संघ: राष्ट्र बैंक र गृह मन्त्रालयको बैठकपछि मात्रै बैंक खोल्ने

नेपाल बैकर्स संघ: राष्ट्र बैंक र गृह मन्त्रालयको बैठकपछि मात्रै बैंक खोल्ने

बागमती प्रदेश, बैंकिङ
बैंक तथा वित्तीय संस्था अत्यावश्यक क्षेत्रमा राखिए पनि बिहीबार उपत्यकाका सम्पूर्ण बैंक बन्द भएका छन् । प्रहरीले कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिएको भन्दै उपत्याकाका सबै बैंक बन्द भएका हुन् । बैंकर्स अनिल केशरी शाहले प्रहरीले अवरोध पु¥याएपछि बैंक बन्द गर्नुपरेको बताए । सरकारले बुधबार रातिदेखि निषेधआज्ञा जारी गरे पनि बैंकलाई अत्यावश्यक सेवाभित्र राखेको छ । २७ वटा वाणिज्य बैंकले आवश्यकता हेरी काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा १ शाखा खोल्न पाउने व्यवस्था गरिएको थियो । तर प्रहरीले कर्मचारीलाई घर पनि जान नदिने, कार्यालय पनि जान नदिई लाइन लगाएपछि नेपाल बैकर्स संघले सबै बैंक बन्द गर्ने निर्णयमा पुगेको हो । सरकारको निर्देशन कार्यान्वयन गर्न बैंक तयार भए पनि सहमति अनुसार शाखा कार्यालय खोल्न जाँदा कर्मचारीले असहज परिस्थिति सामाना गरेपछि अन्योल सिर्जना भएको शाहले बताए । ‘आज खोल्न जाँदा ...
बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंककै

बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंककै

बैंकिङ, विशेष खबर, समाज
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्ब सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु भनेको हो । संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च गर्न राष्ट्र बैंकले भनेको छ । कोरोना लागेका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका कर्मचारीहरुलाई पनि बैंककै खर्चमा क्वारेनटाइनमा राख्न समेत भनिएको छ । क्वारेनटाइन तथा आइसोलेसन अवधिभरको तलब तथा सेवा सुविधा समेत बैंकले दिनु पर्नेछ । राष्ट्र बैंकले २ सय भन्दा बढी संक्रमित भएका जिल्लाका बैंक शाखाहरुलाई ५० प्रतिशत कर्मचारीमात्रै राखेर सेवा दिन भनेको छ । सेवा दिदा बैंकहरुले सम्भव भएसम्म वर्क प|mम होम वा सहज कार्य शैली (फ्लेक्जीवल वर्किङ मोडल) अपनाउन भनेको छ...
कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

आर्थिक, बैंकिङ, विशेष खबर
कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बीच विशेष सेवाहरुमा छुटको प्रावधानसम्बन्धी सम्झौता भएको छ । उक्त सहकार्य पश्चात डेबिट/क्रेडिट कार्ड वाहकहरुलाई कुमारी बैंकको कार्डमार्फत भुक्तानी गर्दा, सुविधानगरस्थित उक्त सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने जनाइएको छ । यसैगरी, ग्राहकहरुले होटेल बसाईमा रुम शुल्कमा पनि आकर्षक कर्पोरेट छुट प्राप्त गर्न सक्नेछन्। सो सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट बैंकका रिलेसन्शिप म्यानेजर उदितबहादुर सिंह तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट सेल्स तथा मार्केटिङ्ग निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुटसम्बन्धी सम्झौता गरिएको हो । कुमारी बैंकले आफ्ना देशव्यापी २०३ शाखा सञ्जाल, १३...
एनसीएचएलद्वारा भुक्तानी कारोबार शुल्कमा परिवर्तन

एनसीएचएलद्वारा भुक्तानी कारोबार शुल्कमा परिवर्तन

आर्थिक, बैंकिङ, सूचना प्रविधि
नेपाल क्लियरिङ हाउस लिमीटेडले पूर्ण लकडाउनपछि चैत ११ देखि असार ३१ सम्म कायम विद्युतीय कारोबार निःशुल्क हुने व्यवस्था हटाएको छ । एनसीएचएलले आफ्ना सबै भुक्तानी प्रणालीहरुमा साउन १ गतेदेखि कारोबार शुल्क लाग्ने प्रष्ट्याउँदै त्यस्तो शुल्क उल्लेख्य रुपमा घटाइएको हो । एनसीएचएलले एक विज्ञप्ति जारी गर्दै एनसिएचएल इसीसी, एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस प्रणालीको कारोबारमा लाग्ने शुल्क घटाइएको बताएको हो । एनसीएचएलले श्रावण १, २०७७ देखि लागू गरेको भुक्तानी शुल्क एनसीएचएल-इसीसीमा ०-१५, एनसीएचएल-आइपीएसमा २-१० र कनेक्ट आइपीएसमा २-१५कायम हुने गरी परिवर्तन गरेको छ । त्यसै गरी कनेक्ट आइपीएसमा सदस्य बैंक तथा वित्तीय संस्था एवम् भुक्तानी सेवाप्रदायकले जोड्दै आएका क्रेडिटरहरुलाई लाग्ने शुल्कमा पनि परिवर्तन ल्याई ०.७५ प्रतिशत(न्यूनतम रु २ र अधिकतम रु.१००)बनाइएको छ । यद्यपि एनसीएचएलको एक्सप्रेस र हाई भ...
३३.२७ अङ्कले बढ्यो नेप्से

३३.२७ अङ्कले बढ्यो नेप्से

आर्थिक, बजार, बैंकिङ
काठमाडाै । धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर १ हजार २९८.७३ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ६.३० ले वृद्धि भई २७५.८८ मा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर रु ९२ करोड ७८ लाख ४१ हजार ३२९ मा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सामूहिक लगानी कोषको मात्रै अवस्था नकारात्मक छ । सामूहिक लगानी कोष ०.०६ ले घट्दा बैंकिङ २१.२९, व्यापार १४.४७, होटल ७४.६७, विकास बैंक १४.१५, जलविद्युत् १२.४७, वित्त २.५१, निर्जीवन बीमा २७४.४, उत्पादन ४५.२३, अन्य २९.६२, लघुवित्त ८४.११, जीवन बीमा २६६.४३ बिन्दुले बढेको छ । स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ५३ लाख ३१ हजार ३८०...
व्यवस्थापन संघद्धारा राष्ट्र बैंकलाई मौद्रिक नीतिमा सुझाव

व्यवस्थापन संघद्धारा राष्ट्र बैंकलाई मौद्रिक नीतिमा सुझाव

आर्थिक, बैंकिङ
काठमाडौं । नेपाल व्यवस्थापन सङ्घले कोरोनाका कारण अर्थतन्त्रमा परेको समस्या समाधान गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा सहयोग पु¥याउने उद्देश्यले अनलाइनमार्फत आयोजित मौद्रिक नीति छलफल कार्यक्रमको प्रतिवेदन आज गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गर्दै उक्त सुझाव दिएको हो । संघले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयका सन्दर्भमा यही असार ५ गते विद्युतीय माध्यमबाट छलफल गरेको थियो । संघले निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधि, प्रशासक, वित्तविज्ञ र सरोकारवालासँगको छलफलबाट प्राप्त भएको सुझाव सहितको प्रतिवेदन आज बुझाएको हो । नेपाल राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको कार्यपत्रमा आधारित विषयगत छलफल र यसमा निजी क्षेत्र र विज्ञका सुझावलाइ समेटर तयार पारि...