Sunday, May 19
Shadow

आर्थिक

फोर्ड एन्डेभर नेपाली बजारमाः मूल्य १.४९ करोड, बीएस६ मापदण्ड अनुरुप यस्ता छन् विशेषताहरु

फोर्ड एन्डेभर नेपाली बजारमाः मूल्य १.४९ करोड, बीएस६ मापदण्ड अनुरुप यस्ता छन् विशेषताहरु

अटो, आर्थिक
काठमाडौं । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर इकोब्लू डीजेल इन्जिन राखिएको छ । नेपालमा यसको मूल्य रु. १.४९ करोड रहेको छ । १४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ । एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ । उत्कृष्ट पर्फर्मेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दा...
३३.२७ अङ्कले बढ्यो नेप्से

३३.२७ अङ्कले बढ्यो नेप्से

आर्थिक, बजार, बैंकिङ
काठमाडाै । धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर १ हजार २९८.७३ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ६.३० ले वृद्धि भई २७५.८८ मा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर रु ९२ करोड ७८ लाख ४१ हजार ३२९ मा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सामूहिक लगानी कोषको मात्रै अवस्था नकारात्मक छ । सामूहिक लगानी कोष ०.०६ ले घट्दा बैंकिङ २१.२९, व्यापार १४.४७, होटल ७४.६७, विकास बैंक १४.१५, जलविद्युत् १२.४७, वित्त २.५१, निर्जीवन बीमा २७४.४, उत्पादन ४५.२३, अन्य २९.६२, लघुवित्त ८४.११, जीवन बीमा २६६.४३ बिन्दुले बढेको छ । स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ५३ लाख ३१ हजार ३८०...
व्यवस्थापन संघद्धारा राष्ट्र बैंकलाई मौद्रिक नीतिमा सुझाव

व्यवस्थापन संघद्धारा राष्ट्र बैंकलाई मौद्रिक नीतिमा सुझाव

आर्थिक, बैंकिङ
काठमाडौं । नेपाल व्यवस्थापन सङ्घले कोरोनाका कारण अर्थतन्त्रमा परेको समस्या समाधान गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा सहयोग पु¥याउने उद्देश्यले अनलाइनमार्फत आयोजित मौद्रिक नीति छलफल कार्यक्रमको प्रतिवेदन आज गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गर्दै उक्त सुझाव दिएको हो । संघले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयका सन्दर्भमा यही असार ५ गते विद्युतीय माध्यमबाट छलफल गरेको थियो । संघले निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधि, प्रशासक, वित्तविज्ञ र सरोकारवालासँगको छलफलबाट प्राप्त भएको सुझाव सहितको प्रतिवेदन आज बुझाएको हो । नेपाल राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको कार्यपत्रमा आधारित विषयगत छलफल र यसमा निजी क्षेत्र र विज्ञका सुझावलाइ समेटर तयार पारि...
होटल तथा एयरलाइन्स खुलाउन पर्यटनमन्त्रीलाई व्यवसायीको माग

होटल तथा एयरलाइन्स खुलाउन पर्यटनमन्त्रीलाई व्यवसायीको माग

आर्थिक, पर्यटन
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा आज पर्यटन क्षेत्रका नौ अगुवा सङ्गठनको सुझावसहितको ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले व्यवसायी एवं सरोकारवालासँग छलफल गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने पूर्वतयारी भइरहेको जानकारी दिए । कोभिड–१९ सङ्क्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने सङ्केत गर्दै उनले नेपाल पर्यटन बोर्डसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताव लिएर आउन व्यवसायीलाई आग्रह गरेका छन् । मन्त्री भट्टराईले प्रोटोकलसहितको प्रस्ताव लिएर आउन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई निर्देशन दिँदै उक्त प्रस्तावलाई सीसीएमसी र क्याबिनेटमा लगेर निर्णय गर्ने वचन दिए । पर्यटन व्यवसायीले कोभिडका कारण पर्यटन क्षेत्र...
प्राथमिक बजारमा लगानीको अवसर धमाधम आउँदैछन् आईपीओ

प्राथमिक बजारमा लगानीको अवसर धमाधम आउँदैछन् आईपीओ

आर्थिक, बजार
काठमाडौं । लामो समय बन्द रहेको सेयर बजार खुलेसँगै यतिबेला साधारण सेयर (आईपीओ) धमाधम जारी भइरहेको छ । लकडाउन पूर्ण रुपमा नखुल्दै २ वटा कम्पनीहरुले आईपीओ जारी गरिसकेका छन् भने एउटा कम्पनीको यस अवधिमा आईपीओ बाँडफाँट भएको छ । मुलुकको एकमात्रै पुनर्बिमा कम्पनी नेपाल पुनर्बिमा कम्पनीले लकडाउनभन्दा अगाडि सर्वसाधारणहरुका लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक रहेको आरबीबी मर्चेन्टले लकडाउनकै बीच आईपीओ बाँडफाँट गरेको थियो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर अहिले यस कम्पनीको सेयर कारोबार भइरहेको छ । सोमबारको मूल्य हेर्न हो भने पुनर्बिमा कम्पनीको मूल्य ४.४ गुणाले वृद्धि भएको छ । उता एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले ठूलो परिमाणमा आईपीओ जारी गर्यो । लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४७ करोड ...
आज राष्ट्रिय धान दिवस, खाद्य सुरक्षाको दृष्टिले धानको रणनीतिक महत्व रहेको प्रधानमन्त्रीको भनाई

आज राष्ट्रिय धान दिवस, खाद्य सुरक्षाको दृष्टिले धानको रणनीतिक महत्व रहेको प्रधानमन्त्रीको भनाई

कृषि
काठमाडौं । आज १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव । आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदै धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्नेछ विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्,‘आजको दिनलाई हामीले रोपाइँ महोत्सवका रूपमा पनि मनाउने गरेका छौंँ, किनभने धान हाम्रो मुख्य उत्पादन र मुख्य कृषि बाली हो । त्यसैकारण आज हामी ‘धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने उद्घोषका...
रोपाइँ महोत्सवमा सहभागि हुन कृषिमन्त्री उदयपुरमा

रोपाइँ महोत्सवमा सहभागि हुन कृषिमन्त्री उदयपुरमा

कृषि
उदयपुर । राष्ट्रिय धान दिवसको अवसरमा हुने रोपाई महोत्सवमा सहभागि हुन कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुषाल उदयपुर पुगेका छन् । उदयपुरको त्रियुगा नगरपालिकामा हुने कार्यक्रममा मन्त्री भुषालले मेसिनले धान रोप्ने कार्यक्रम छ । कार्यक्रममा सहभागि हुन हिजो बेलुकी नै मन्त्री भुषाल उदयपुर सदरमुकाम गाईघाट पुगेका छन् । त्रियुगा नगरपालिकामा १ सय ६० विघामा सुरु गरिएको धानखेतमा हुने कार्यक्रममा मन्त्री भुषाल सहभागि हुनेछन् । यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सञ्चालन गर्न सरकारले निश्चित मापदण्ड तयार गरेको छ । यसअघि आ–आफ्नै परम्पराअनुसार रोपाइँ महोत्सव भएपनि यसपटक विश्वमा फैलँदै गएको कोभिड–१९ का कारण रोपाइँ महोत्सव सञ्चालन गर्न मापदण्ड बनाईएको हो । मापदण्ड अनुसार खेतमा रोपार र लाठेबीच हिलो छ्यापाछ्याप तथा २५ जनाभन्दा बढी रोपार र लाठे भेला हुन पाईने छैन । यद्यपि २५ भन्दा ...
सलह नियन्त्रणको योजना बनाउन विज्ञ समूहको बैठक बस्दै

सलह नियन्त्रणको योजना बनाउन विज्ञ समूहको बैठक बस्दै

कृषि
काठमाडौं । शनिबारबाट नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणबारे योजना बनाउन आइतबार विज्ञहरुको बैठक बस्दैछ । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको हो । बैठक साढे ९ बजेबाट बस्ने भनिएकाे छ । भारत हुँदै बारा र सर्लाहीबाट नेपाल प्रवेश गरेको सलह किराको झुण्ड छरिएर मुलुकका विभिन्न स्थानमा पुगिसकेको अनुमान गरिएको छ । आइतबार बिहानसम्ममा पाल्पा, मकवानपुर, सिन्धुली लगायतका पहाडी जिल्लामा पनि सलह किरा देखिएको छ । यसअघि कृषि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको विवरण २३ जेठमा सार्वजनिक भएको थियो । पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरवितर भएको रिपोर्टमा भनिएको थियो । बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको बेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्...
नेपालमा छिर्‍यो सलह कीरा, वैज्ञानिकहरुले थप अनुसन्धान गर्दै

नेपालमा छिर्‍यो सलह कीरा, वैज्ञानिकहरुले थप अनुसन्धान गर्दै

कृषि, प्रदेश नं. २
काठमाडौं । बारा तथा सर्लाहीका केही स्थानमा सलह कीरा देखिएपछि त्यसबारे कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन् । शनिबार बिहान बाराको सिमरा, डुबरबाना, सिमरालगायतका स्थानका साथै सर्लाहीमा पनि सलह किरा देखिएको खबरपछि मन्त्रालयले विज्ञसहितको टोलीसँग भर्चुअल छलफल गरिरहेको हो ।  छलफलमा प्रदेश २ का प्राविधिकहरु पनि सहभागी रहेको मन्त्रालयका प्रवक्ता डा.हरि बहादुर केसीले जानकारी दिए । उनले सलह भित्रिएकाे खबरसँगै थप बुझ्ने कार्य भइरहेको पनि बताए । उनले भने, ‘सलह कीरा जस्तै झुण्डमा देखिएको हो, त्यो वास्तवमा हो कि होइन भनि निश्चित गर्नका लागि छलफल गर्नुको साथै मन्त्रालयबाट एक प्राविधिक टोली पनि पठाइएको छ ।’ प्रदेश २ सरकारले पनि बाली संरक्षण प्रयोगशालाका प्रमुख अशोक यादवको नेतृत्वमा प्राविधिक खटाइसकेको छ । सर्लाहीको तेलबाली अनुसन्धान केन्द्रमा देखिएको कीरालाई औषधि छर्के...
सैनिक कल्याणकारी बाेर्डमा  जागिर खुल्यो

सैनिक कल्याणकारी बाेर्डमा जागिर खुल्यो

रोजगार
काठमाडौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ । कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरेको हो । जसअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कल्याणकारी योजना निर्देशनालयमा सम्पर्क गर्न भनिएका छ । सेनाका अनुसार कल्याण्कारी बोर्डमा प्रमुख कार्यकारी अधिकृतका लागि योग्यता अवकाश प्राप्त रथी वा उपरथी हुनुपर्नेछ । लघुवित्त शाखा प्रमुखका लागि अवकाश प्राप्त महासेनानी हुनुपर्नेछ । इपिसेन्टर कार्यालय, पोखराको कार्यालय प्रमुखका लागि पनि अवकाश प्राप्त महासेनानी अथवा प्रमुख सेनानी मागिएको छ । कल्याणकारी योजना निर्देशनालय, जंगीअड्डाका लागि सेनाबाट अवकाश प्राप्त लेखा अधिकृत र अवकाश प्राप्त माउसे वा सुक माग गरिएको छ । सु...
पत्रकारका समस्या हल नगरे हप्तादिनपछि महासंघ चरणबद्ध आन्दाेलनमा जाने

पत्रकारका समस्या हल नगरे हप्तादिनपछि महासंघ चरणबद्ध आन्दाेलनमा जाने

रोजगार, समाज
काठमाडौ । पत्रकारका समस्यालाई लिएर नेपाल पत्रकार महासंघ सातदिनपछि चरणवद्ध आन्दाेलनमा जाने भएकाे छ । बुधबार केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले साे निर्णय गरेकाे हाे । महासचिव रमेश विष्टले बैठकपछि जारी गरेकाे विज्ञप्तिमा पत्रकारका समस्या सल्टाउन सञ्चारगृहलाई एकहप्ते अल्टिमेटम दिइएकाे छ । 'एकहप्ताभित्र ठुला सञ्चारगृहका व्यवस्थापन पक्षले पत्रकारका समस्या हल गरेर  त्यसकाे जानकारी महासंघलाई नदिए हामी चरणवद्ध आन्दाेलनमा जान्छाैं,' बैठककाे निर्णयबारे जानकारी दिंदै केन्द्रीय सदस्य जन्मदेव जैसीले भने । जैसीका अनुसार अहिले महासंघमा कान्तिपुर, अन्नपूर्ण पाेष्ट, नागरिक, नयाँ पत्रिका, उज्यालाे एफएम, राजधानी दैनिक, माउण्टेन टिभी, नेपाल आजलगायतका सञ्चारमाध्यममा कार्यरत पत्रकार/कर्माचारीहरुले महासंघमा पेशाकाे रक्षाका लागि निवेदन दिएका छन् । मंगलबारकाे बैठकले श्रमजीवी पत्रकार...
नेपालको सबैभन्दा बढी भ्रमण गरिने गन्तब्यको रुपमा लुम्बिनी

नेपालको सबैभन्दा बढी भ्रमण गरिने गन्तब्यको रुपमा लुम्बिनी

आर्थिक
काठमाण्डौं  । नेपालको सबैभन्दा बढी भ्रमण गरिने गन्तब्यको रुपमा लुम्बिनी देखिएको छ । संघीय सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ७६/७७ अनुसार सन् २०१९ मा १७ लाख ७९ हजार ८६ जनाले लुम्बिनी भ्रमण गरेको देखिएको छ । सन् २०१८ मा १५ लाख १७ हजार १ सय ४५ जनाले लुम्बिनी भ्रमण गरेको सर्वेक्षणमा उल्लेख छ । लुम्बिनी भ्रमण गर्नेमा ७९ प्रतिशत नेपाली,११ प्रतिशत भारतीय र अन्य मुलुकका नागरिक १० प्रतिशत छन् । गत बर्षको तुलनामा यस वर्ष लुम्बिनी भ्रमण गर्ने पर्यटकको कूल संख्या २ दशमलव ३ प्रतिशतले बढेको आर्थिक सर्वेक्षणले देखाएको छ । सन् २०१९ मा लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकको आगमनमा ५ दशमलव ८ प्रतिशत र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १ दशमलव ९ प्रतिशतले वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ । सन् २०१९ मा नेपाल भ्रमणमा आएका पर्यटकहरुमध्य मनोरञ्जनको उद्देश्यका आधारमा आउने पर्यटकको संख्या ६५ प्रति...
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : राजधानीको टुंगो साउनपछि

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : राजधानीको टुंगो साउनपछि

आर्थिक, लुम्बिनी प्रदेश
बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरणको टुंगो लगाउने भएको छ । शनिबार प्रदेश सभा वैठकमा प्रस्तुत आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा कोरोना नियन्त्रण भएपछि राजधानी र नामाकरणको टुंगो लाग्ने उल्लेख छ । प्रदेश स्थापनाको तेस्रो वर्षको उत्तरार्धमा आइपुग्दा समेत प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लाग्न सकेको छैन । राजधानीको टुंगो लागेपछि राजधानी तोकिएको स्थानमा आवश्यक जग्गा प्राप्ति, प्रदेशको विकासको गुरुयोजना बनाइने र संरचना निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारको तर्फबाट शनिबार प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रदेश सरकारले लकडाउन सकिएको छोटो समयभित्रै लगानी सम्मेलन गर्ने जनाएको छ । कोभिड १९ का कारण रोकिएका सबै कार्यक्र...
यसपाली कर्मचारीको तलब वृद्धि नहुने, स्वास्थ्य बिमा गर्न माग

यसपाली कर्मचारीको तलब वृद्धि नहुने, स्वास्थ्य बिमा गर्न माग

आर्थिक
काठमाडौँ ।  आगामी बजेटमा कर्मचारीको तलब वृद्धि नहुने भएको छ । केही सुविधाहरू भने वृद्धि गर्न कर्मचारी संगठनले माग गरेका छन् । हरेक दुई वर्षमा कर्मचारीको तबल पुनरावलोकन हुने प्रावधान रहेकोमा गत वर्षको बजेटमा तलब बढेकाले यो वर्ष वृद्धि नहुने भएको हो । अर्काेतर्फ कोरोना संक्रमणबाट अर्थतन्त्र प्रभावित हुने भएकाले तलब वृद्धि गर्न सक्ने अवस्थामा सरकार नभएको अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन् । ‘यो वर्ष हामीले तलब वृद्धिको माग गरेका छैनौँ,’ निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल भन्छन्, ‘सबै कर्मचारीको स्वास्थ्य बिमा गर्नुपर्छ भन्ने प्रस्ताव गरेका छौँ ।’ साथै घर बिदातर्फ सञ्चित बिदाको सुविधा हरेक वर्ष प्रदान गर्न कर्मचारी संगठनले माग गरेको छ । हाल अवकाशपछि एक सय ६० दिनको घर बिदा सञ्चितबराबरको तलब दिने प्रावधान छ । लकडाउनपछि शनिबार पनि सेवा दिनेबारे छलफल लकडा...
विश्व बैंकले घोषणा गर्‍यो अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज

विश्व बैंकले घोषणा गर्‍यो अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज

आर्थिक
काठमाडौं । विश्व बैंक समूहले कोभिड १९ को प्रभावका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका विश्वका १ सय मुलुकका लागि अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ । विश्व बैंकले कूल १ खर्ब ६० अर्ब अमेरिकी डलर -१९ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी) रकम बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको जानकारी गराएको छ । विश्वमा कुल जनसंख्याको करीव ७० प्रतिशत प्रतिनिधित्व गर्ने १ सय विकासशील मुलुक यो प्याकेजबाट लाभान्वित हुने भएका छन् । अनुदान र सहुलियतपूर्ण ऋणका रुपमा यो रकम मुलुकहरुले प्राप्त गर्ने भएका छन् । छि विश्व बैंकले घोषणा गरेको यो अहिलेसम्मकै ठूलो र छिटो आएको सहयता हो । मार्चयता कोभिडका कारण संकटमा रहेका मुलुकलाई गरिबी र चरम आर्थिक संकटबाट बचाउन, निजी क्षेत्रको पुनरुद्धार, स्वास्थ्य प्रणालीको सुदृढीकरणमा काम थालिसकेको विश्व बैंकले जनाएको छ । सोमबार स्वीकृत भएको सहायता आगामी १५ महिनाभित्र क्रमशः त...
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा

आर्थिक
काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले गरेको प्रदेशगत प्रक्षेपण अनुसार चालु आवमा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशमा हुने भएको छ । गत आवमा प्रदेश नं २ को आर्थिक वृद्धिदर राम्रो थियो । विभागका अनुसार यस वर्ष सुदुरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत कायम हुने भएको छ । समग्र मुलुकको आर्थिक वृद्धिदर भने २.२८ प्रतिशत रहने प्रक्षेपण यसअघि नै सार्वजनिक भएको थियो । प्रदेशगत रुपमा सबैभन्दा कम आर्थिक वृद्धिदर बागमति प्रदेशको देखिएको छ । यस वर्ष बागमती प्रदेशमा आर्थिक वृद्धिदर मात्र १.२३ प्रतिशत रहने भएको छ । त्यसो त आर्थिक गतिविधि सबैभन्दा धेरै बागमतीमा हुने गर्छ । अर्थतन्त्र र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ठूलो हिस्सा पनि बागमतीले ओगटेको छ । यस क्षेत्रमा कोरोनाका कारण धेर...