Tuesday, May 7
Shadow

आर्थिक

दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन

दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन

आर्थिक
(रासस) ः केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा छुट दिन निर्देशन दिएको हो । बैंकका अनुसार अब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ब्याज दुई प्रतिशतले कम गरी आव २०७६÷०७७ को चौथो त्रैमासको व्याज रकम गणना गर्नुपर्नेछ । तर खाद्यान्न प्रशोधन तथा बिक्री वितरण, ग्याँस उत्पादन तथा बिक्री वितरण, इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको हकमा यो व्यवस्था लागू नहुने बैंकले जनाएको छ । यसैगरी बैंकले वैशाख तथा जेठमा असुल गर्नुपर्ने मासिक÷त्रैमासिक किस्ताको भुक्तानी आगामी असार मसान्तसम्म हुने व्यवस्था...
कोरोनापछिको अर्थतन्त्रलाई उकास्न योजना र रणनीति आवश्यक

कोरोनापछिको अर्थतन्त्रलाई उकास्न योजना र रणनीति आवश्यक

आर्थिक
(रासस) ः अर्थशास्त्री तथा योजनाविद्ले कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पार्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको मुलुकको अर्थतन्त्रलाई उकास्न समयमै योजना र रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वअर्थमन्त्री एवं अर्थशास्त्रीहरुबीच भएको विशेष अन्तरक्रियामा उहाँहरुले सो धारणा व्यक्त गर्नुभएको हो । साथै लकडाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन जरुरी व्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित रहेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा सभापति देउवा, पार्टीका नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार ग...
बारीबाट तरकारी उठ्न छोड्यो

बारीबाट तरकारी उठ्न छोड्यो

कृषि
चितवन रासस:कोभिड–१९ को त्रासका कारण जिल्लामा लगाइएको तरकारी उठ्न छाडेको छ । तरकारी खेती गरेका किसानले खेतबाट तरकारी बिक्री हुन छाडेपछि जोतेर नष्ट गर्न थालेका छन् । लकडाउन शुरु भएयता केही मात्रामा तरकारी बिक्री भएको भए पनि जिल्लामा सङ्क्रमित भेटिएपछि किसानको बारीबाट तरकारी उठ्न छाडेको कृषकको गुनासो छ । पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्म कँडेलले कोरोनाको सङ्क्रमण देखिएपछि तरकारी लिनका लागि व्यवसायीहरु आउन छाडेको बताउनुभयो । सो सहकारीबाट तीन सय किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारीको बजार काठमाडौँ बुटवल र पोखरा भए पनि अहिले व्यवसायीहरु तरकारी खरीदका लागि नआउँदा किसानले लगाएको तरकारी बारीमा नै सड््ने अवस्था आएको उहाँको भनाइ छ । उत्पादित तरकारीमध्ये केही काठमाडौँको कालीमाटी पठाइएको भए पनि बिक्...
महासंघकाे प्रतिवेदन भन्छ ; कतिपय मिडिया हाउसले पत्रकारहरुलाई कामबाट हटाए

महासंघकाे प्रतिवेदन भन्छ ; कतिपय मिडिया हाउसले पत्रकारहरुलाई कामबाट हटाए

रोजगार
काठमाडौँ । मिडिया हाउसहरुले काेराेना भाइरस संक्रमणबाट जोगाउनका लागि पत्रकारहरुलाई पर्याप्त सतर्कता अपनाउने वातावरण नबनाएकाे पत्रकार महासंघले जनाएको छ । लकडाउनका बेला सञ्चारगृहमा गरिएको अनुगमनको प्रारम्भिक प्रतिवेदन शुक्रबार सार्वजनिक गर्दै महासंघले जनाएकाे हो । महासचिव रमेश विष्टद्वारा जारी प्रतिवेदनमा उल्लेख भएअनुसार कतिपय मिडिया हाउसले पत्रकारहरुलाई कामबाट हटाईएकाे छ । हटाइएका पत्रकारहरुलाई काममा बहाल गर्न र जाेखिमकाे घडीमा सहज वातावरण निर्माण गर्न महासंघले माग गरेकाे छ । प्रतिवेदनमा फिल्डमा खटिने संवाददाता, क्यामरा पर्सन र फोटो पत्रकार बढी जोखिममा रहेको उल्लेख छ। कार्यालयमा सञ्चारकर्मीका लागि सामाजिक दूरी कायम नगरिएको र कतिपय सञ्चार माध्यममा मास्क, स्यानिटाइजर र पञ्जाजस्ता अत्यावश्यक सामग्रीसमेत प्रबन्ध नगरिएको पाइएको महासंघले जनाएको छ। महासंघले लकडाउनमा ज्यान जोखिममा राखेर काम...
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा!!

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा!!

आर्थिक
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि डलरको बिक्रीदर मूल्य १२२ रुपैयाँ ३४ पैसा तोकेको छ भने खरिददर मूल्य १२१ रुपैयाँ ७४ पैसा तोकेको छ।अघिल्लो दिनको तुलनामा यस दिन १ रुपैयाँ ७४ पैसाले डलर महँगिएको छ। कोरोनाभाइरसको प्रभावले अधिकांश मुलुकको अर्थतन्त्र खस्किने भएपछि सेयर बजारमा तीव्र गिरावट आएको छ। यसले गर्दा डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ। भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामा परेको छ। भारतसहित विश्वका सेयर बजारमा आएको गिरावटपछि डलरको माग बढेको छ।   कोरोनाभाइरसको प्रभावले अधिकांश मुलुकको अर्थतन्त्र खस्किने भएपछि सेयर बजारमा तीव्र गिरावट आएको छ। यसले गर्दा डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ।...
अखिल क्रान्तिकारीले कालाेबजारियाकाे गाेदाम फाेड्ने  (विज्ञप्ति  सहित)

अखिल क्रान्तिकारीले कालाेबजारियाकाे गाेदाम फाेड्ने (विज्ञप्ति सहित)

आर्थिक
            काठमाडौँ ।  अनेरास्ववियु (क्रान्तिकारी)ले कोरोनाभाइरसबाट सतर्क रहन आम नागरिकलाई आग्रह गर्दै सेवामा जुट्न विद्यार्थीलाई अपील गरेको छ । कोरोनाको आतंकबीच कालोबजारी बढ्नुको साथै कृतिम अभाव गरी मूल्यवृद्धि आकासिदा पनि सरकारले अनुगमनतिर नलागेर रमेत बनेको बताएको छ । विप्लव नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले विज्ञप्ति जारी गरेर कोरोनाको आशंका गरिएका नागरिकको स्वास्थ्य परीक्षण तथा उचित उपचारको व्यवस्था हुन नसकेको बताएको छ । परीक्षणको लागि स्वास्थ्य संस्था पुगेकाहरुलाई भर्ना नलिएर रिफर गर्ने गैरजिम्मेवार हर्कत बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । अखिल क्रान्तिकारीले कोरोनाभाइरस संक्रमण न्यूनीकरण तथा रोकथाम गर्न …बुँदे माग गरेको छ । उसले कोरोनाका बिरामीको परीक्षणदेखि उपचार निः शूल्क गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुलाई उ...
‘काेराेना’काे त्राससँगै माैलायाे कालाेबजारी

‘काेराेना’काे त्राससँगै माैलायाे कालाेबजारी

बजार, समाज, स्वास्थ्य
काठमाडौ । कोरोना भाइरसको सङ्क्रमण र महामारी बढेसँगै नेपाली बजारमा अत्यावश्यक वस्तुहरूको आयात–निर्यातमा कुनै असर नपरे पनि कालोबजारी गर्नेहरूको बिगबिगी भने निकै बढेको छ ।   कोरोना भाइरस महामारीले मानिसहरूमा त्रास बढिरहेको अवस्थाको फाइदा उठाउँदै नेपालमा कालोबजारियाहरू निकै मौलाएका छन् । चीनमा कोरोना भाइरस महामारी उच्च बिन्दुमा पुगेको बेला नै नेपालका बजारहरूमा सर्जिकल मास्कको अभाव थियो । यसअघि नै बजारमा कृत्रिम अभाव उत्पन्न गरी लुकाइएका १० लाख मास्क प्रहरीले बरामद गरेको छ र मास्क लुकाउने व्यापारीलाई पक्राउ गरेको छ । बरामद गरिएका मास्क सरकार आफैँले बेच्ने भएको छ । सरकारले सबै प्रकारका उपभोग्य वस्तुहरूको आयात सहज रूपमा भैरहेको र कुनै अभाव नभएको बताइरहँदा पनि बजारमा बिचौलियाहरूले कृत्रिम अभाव उत्पन्न गरेर उपभोक्तलाई ठगिरहेका छन् तर देशव्यापी मच्चिएको लूट नियन्त्रण गर्न सकेको छैन । पेट्र...
मास्क व्यापारीहरु स्वास्थ्यमा खेलवाड गर्दै

मास्क व्यापारीहरु स्वास्थ्यमा खेलवाड गर्दै

बजार, समाज
काठमाडौं । काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको छ । मास्क उत्पादन र निर्यातकर्ताहरु स्वास्थ्यमाथि खेलवाड गर्दै कालाेबजारियालाई बढावा दिइरहेका छन् । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले साेमबार बरामद गरेको छ । यसअघि पनि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।...
किन शिथिल बन्दै छ विश्‍व अर्थतन्त्र ? नेपालबारे यस्तो गरिँदै अध्ययन

किन शिथिल बन्दै छ विश्‍व अर्थतन्त्र ? नेपालबारे यस्तो गरिँदै अध्ययन

आर्थिक
काठमाडौँ — चीनसहित विकासोन्मुख एसियाली मुलुकको अर्थतन्त्रमा १५ अर्ब डलर क्षति हुनेछ, यो दुई महिनाको अवधिमा हुने प्रभावका कारण मात्र हो । तीन महिनासम्म यसको प्रभाव रहिरहे विश्व अर्थतन्त्रमा डेढ खर्ब बराबरको क्षति हुने एडीबीको अनुमान छ । सन् २०१९ मा चीनले विश्व बजारबाट २१ खर्ब डलर बराबरका सामग्री आयात गरेको थियो । स्टार बक्सको कफीदेखि फ्राइड चिकेनजस्ता उत्पादनका लागि चीन ठूलो बजार हो । चीनमा हुने बिक्रीले धेरै बहुराष्ट्रिय कम्पनीको आम्दानी र नाफामा ठूलो अर्थ राख्छ । र, यस्ता कम्पनीको वृद्धिले रोजगारी र लगानीमा । कोरोना त्रासका कारण चिनियाँ नागरिक घुमघामका लागि ननिस्कनु भनेको माल्दिभ्सका रिसोर्टदेखि पेरिसका बुटिक होटलसम्म खाली रहनु हो । चिनियाँ पर्यटकको संख्याले पर्यटनमा निर्भर धेरै देशको अर्थतन्त्र सबल बनाउन भूमिका खेलेको छ । विश्वभरका ब्रान्डका लागि चीन उत्पादन थलो पनि हो । चिनियाँ उद...
कालाेबजारियाहरु सक्रिय,  ग्यास अभाव हुन्न : आयल निगम

कालाेबजारियाहरु सक्रिय, ग्यास अभाव हुन्न : आयल निगम

आर्थिक, बजार
काठमाडौ । जबर्जस्ती अभाव सिर्जना गरेर कालाेबजारियाहरुले अकुत कमाउन उपभाेक्तालाई मारमा पार्न सक्रिय भएका छन् । जसकाे असरले खाना पकाउने एलपी ग्यास नपाइने त्रासमा काठमाडौंको अनामनगरमा उपभोक्ताहरु शुक्रबार लाइनमा बसे । चार वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दीपछि पहिलोपटक यसरी उपभोक्ताहरु सिलिण्डर बोकेर लाइनमा बसेका हुन् । अब ग्यास पाइँदैन कि भन्ने त्रास आम जनतामा छायो । कोरानाका कारण नाकाबन्दीमा जस्तै ग्यासको अभाव हुने डरले उनीहरु लाइनमा बसेका हुन् । यत ग्यास पाइन्न कि भन्ने त्रास उपभोक्तामा देखिएपछि वितरणलाई बढाउन निर्देशन जारी गरिएको नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा दैनिक ३० हजार सिलिण्डर भरिएका ग्यास वितरण भइरहेकोमा शनिबारदेखि सबै कम्पनीको गरेर थप १४ हजार, अर्थात ४४ हजार सिलिण्डर पठाइने निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए । ‘बजारमा काल्पनिक त्रास देखिय...
टेलिकमले ल्यायाे नयाँ अफर, डाटा प्याकदेखि सोसल मिडियासम्म छुट

टेलिकमले ल्यायाे नयाँ अफर, डाटा प्याकदेखि सोसल मिडियासम्म छुट

आर्थिक
काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको जानकारी पनि दिइएको छ । अफर आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने छ । यसअघि उपलब्ध अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेज समेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ । जीएसएम प्रिपेड-पोष्टपेड तथा सीडीएमए प्रिपेड-पोष्टपेड मोबाइलमा अफर प्रयोग गर्न सकेन टेलिकमले जनाएको छ । अल टाइम डाटा प्याक अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँ देखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ । डे डाटा प्याक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याक अन...
अर्थमन्त्री खतिवडाले ६ महिनापछि के गर्लान् ?

अर्थमन्त्री खतिवडाले ६ महिनापछि के गर्लान् ?

आर्थिक
काठमाडौं । राष्ट्रिय सभा सदस्यको म्याद सकिएपछि हिजोमात्रै राजिनामा दिएका अर्थमन्त्री युवराज खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागी त्रिवि शिक्षण अस्पतालको अप्रेशन थिएटर लैजानु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । संविधान अनुसार, खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् । खतिवडालाई राष्ट्रपति विद्यादेवि भण्डारीले बुधबार अपरान्ह ४ बजे सपथ गराउने कार्यक्रम तय भएको बताइएको छ ।...
सिभिल बैंकको शाखा अब ललितपुरको नखिपोटमा आफ्नो शाखा संचालनमा ल्याएको छ

सिभिल बैंकको शाखा अब ललितपुरको नखिपोटमा आफ्नो शाखा संचालनमा ल्याएको छ

आर्थिक
काठमाडौं । सिभिल बैंकले ललितपुर जिल्लाको नखिपोटमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।  आज एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक  देव कुमार ढकालले सिभिल बैंक लिमिटेडको नखिपोट शाखाको उद्घाटन गरेका थिए । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ऋयmmगलष्तथ ऋजष्मि ऋबचभ ऋभलतचभ  लाई उक्त संस्थामा आश्रित बालबालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरीयो । सो ब्ल्याङ्केट सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा ऋयmmगलष्तथ ऋजष्मि ऋबचभ ऋभलतचभ की अध्यक्ष श्रीमती बिष्णु थापालाई प्रदान गरियो । नखिपोट शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री देव कुमार ढकालले नखिपोटमा शाखा स्थापना संगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल बाताबरणलाई प्रोहत...

नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्सबीच समझदारी

आर्थिक
काठमाडाैं, १४ फागुन । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्सबीच आपसी समर्थन, लाभ र सहयोग को पहिचान स्थापनाको लागि समझदारी भएकाे छ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच संस्थागत तथा व्यक्तिगत स्तरमा सम्बन्ध विस्तार गर्ने गरि बुधबार समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे । सहमति पत्र अनुसार टर्कीस एयरलाइन्सले नेपाल चेम्बर अफ कमर्सलाई इकोनमी क्लासमा ७ प्रतिशत सम्म र बिजनेस क्लासमा १० प्रतिशत सम्म छुट दिने भएको छ । नेपाल चेम्बर अफ कमर्ससँग आवद्ध सदस्यहरूलाई उड्डयन सुविधाको क्षेत्रमा सहयोग गर्ने सहुलियत प्रधान गर्ने सहमति भएको हाे । तर, प्रवद्र्धनात्मक प्रस्ताव र कोडशेयर उडानमा भने याे छुट स्कीम लागू हुने छैन। यस समझदारीले दुई पक्ष दुवैका बीचमा राम्रो समन्वयको भावना जगाउँने विश्वार लिइएकाे दुबै पक्षकाे भनाइ छ । सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष ज...
अनलाइन शेयर कारोबारले गति लिँदै

अनलाइन शेयर कारोबारले गति लिँदै

आर्थिक
काठमाडौँ । सञ्चालनमा आएको करिब डेढ वर्षपछि अनलाइन कारोबारले गति लिन थालेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ल्याएको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) मा आबद्ध भइ कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो । आइतबार नेप्सेमा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकम नेप्सेको इतिहासमै सबैभन्दा बढी हो । त्योमध्ये २ अर्ब १५ करोड रुपैयाँको कारोबार नट्सबाट भएको नेप्सेले जनाएको छ । यो प्रणालीबाट भएको कारोबार कुल कारोबारको ४४.४७ प्रतिशत हो । नेप्सेले अनलाइन कारोबारको यो रकम र हिस्सा पनि अहिलेसम्मकै सबैभन्दा धेरै भएको जनाएको छ । नेप्सेको अनलाइन कारोबार प्रणालीमा आवद्ध भएर भएको कारोबार रकम भन्दा कारोबार सङ्ख्याको हिस्सा उच्च देखिएको छ । आइतबार ३९ हजार २ सय ८९ कारोबार भएकोमा २० हजार १ सय ४७ कारोबार अनलाइनबाट भएको थियो । यो करिब ५१.२८ प्रतिशत हिस्सा ह...