Friday, April 26
Shadow

पत्र पत्रिका

नेपाललाई १० लाख खोप छिट्टै दिने मोदीको वचन

नेपाललाई १० लाख खोप छिट्टै दिने मोदीको वचन

पत्र पत्रिका, राजनीति
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालले खरिद गरेको कोभिसिल्ड उपलब्ध गराउने वचन दिएका छन्। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतता भएको हो। ‘आज मेरो भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग भएको टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले छिट्टै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने सुनिश्चता गर्नुभएको छ,’ उनले भने। प्रधानमन्त्री देउवाका पे्रस निजी सचिव भानु देउवाले गत फागुनमा नेपालले खरिद गरेको १० लाख कोभिडसिल्ड खोप दिने बचन दिएको बताए। ‘नेपालले पहिला नै भुक्तानी गरिसकेको थप १० लाख कोभिसिल्ड खोप दिने वचन दिएका हुन्,’ उनले प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै भने। सोमबार नै भारतीय प्रधानमन्त्री मोदीले ट्विट गरी भारत–नेपालबीचको आगाम...
सर्वोच्च अदालतको बहुचर्चित यो मुद्दा

सर्वोच्च अदालतको बहुचर्चित यो मुद्दा

पत्र पत्रिका, राजनीति
काठमाडौं । सर्वोच्च अदालतमा एउटा भ्रष्टाचार मुद्दाले अन्य दर्जनौं भ्रष्टाचारको मुद्दाको सुनुवाइ नै प्रभावित बनेको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचार मुद्दामा आय गणना गलत गरेको भन्दै परेको पुनरावलोकन निवेदनको सुनुवाइ पूरा भएर पनि निर्णय नआउँदा सर्वोच्चमा सयौं भ्रष्टाचार मुद्दा रोकिएका छन् । दर्जनौं भ्रष्टाचार मुद्दाको सुनुवाइ नै प्रभावित पारेको छ शर्माको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारी, सुष्मालता माथेमा र मनोजकुमार शर्माको इजलासमा ६ फागुन २०७७ सम्म ‘हेर्दाहेर्दैमा’ रहेको थियो । सो मुद्दा १९ चैत २०७७ मा निसुमा राखियो । २ वैशाख २०७८ मा निसु सरेको मुद्दा ९ वैशाख २०७८ मा हेर्न नभ्याउने सूचीमा राखिएको छ । त्यसपछि शर्माको मुद्दामा सर्वोच्चले कुनै पेसी तोकेको छैन । यो मुद्दाको इजलास तोकिएका न्यायाधीश भण्डारी १३ जेठ २०७८ मा अनिवार्य अवकाश पाइसकेका छन...
मनसुनी वायुको प्रभावले भारी बर्षा : कुन–कुन क्षेत्र र नदी आसपास बाढीको जोखिम ?

मनसुनी वायुको प्रभावले भारी बर्षा : कुन–कुन क्षेत्र र नदी आसपास बाढीको जोखिम ?

पत्र पत्रिका
काठमाडौं । अविरल बर्षापछिको बाढी पहिरोले देशका विभिन्न भूभागमा क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभागले निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आँकलन छ। विभागले शुक्रबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बाग्मती प्रदेशमा बर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्...
साउनदेखि अवैध आयातीत मोबाइल नचल्ने

साउनदेखि अवैध आयातीत मोबाइल नचल्ने

पत्र पत्रिका
काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि अवैध रुपमा आयात भएका मोवाइलमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अगामी आर्थिक वर्ष २०७८/०८९ को सुरुबाटै अवैध अर्थात् ‘ग्रे मार्केट’बाट ल्याइएका मोबाइल चल्न रोक लगाउने भएको हो । प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सेवा सञ्चालनमा ल्याई अवैध मोबाइलमाथि पूर्ण प्रतिबन्ध लगाउन लागेको जनाएको छ । एमडीएमएस सिस्टम कार्यान्वयनमा आएपछि हराएका तथा चोरी भएका मोबाइल आईएमईआई नम्बरका आधारमा फेला पर्न सहयोग पुग्ने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । सुरक्षा निकायलाई अपराध अनुसन्धान सघाउ पु(याउने पनि यो प्रणालीले सहयोग गर्नेछ । मोबाइलको आईएमईआई दर्ता भए नभएको हेर्ने र नरहेको खण्डमा अनलाइनबाटै दर्ता गर्न सकिने व्यवस्था मिलाएको उनले जानकारी दिए । विदेशबाट उपहार स्वरुप प्राप्त भएका मोवाइलको पनि दर्ता नभएको भए तत्क...
नेपालमै बनेको रेमसिभिरले कोरोना उपचारमा सहज

नेपालमै बनेको रेमसिभिरले कोरोना उपचारमा सहज

पत्र पत्रिका
काठमाडौं । कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो । केही दिनयता नेपालमै बनेको रेमसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको क्षेत्रमा नेपालले आँटे गर्न सक्ने क्षमता पनि देखिएको छ । कोरोनाविरुद्धको लडाइँमा अब रेम्डेसिभिर सर्वसुलभ भएको छ । केही समय अघिसम्म यो औषधि सहजै पाउन मुस्किल थियो । धेरै सङ्क्रमित रेम्डेसिभिर नपाएर अस्पतालमा छटपटाइरहेका हुन्थे । रेम्डेसिभिर पाउन ठूलै पहुँच हुनुपथ्र्यो । सरकार र निजी क्षेत्रको प्रयासले अब त्यो अवस्था अन्त्य भई औषधि देशभित्रै सर्वसुलभ हुन थालेको छ । सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकले तत्काल रेम्डेसिभिर व्यवस्था गर्न भन्ने तर औषधि नपाएपछि बिरामीको मृत्यु हुने गरेको थियो । यो समाचार आजको गोरख...
भटमास र सूर्यमुखी कच्चा तेलको मूल्य घट्यो

भटमास र सूर्यमुखी कच्चा तेलको मूल्य घट्यो

पत्र पत्रिका, समाज, स्वास्थ्य
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा भटमास र सूर्यमुखी कच्चा तेलको मूल्यमा ह्रास आएपछि नेपालमा पनि खाने तेलको मूल्य घट्ने भएको छ । नेपाली बजारमा तेलको मूल्य घट्दा उपभोक्तालाई भने फाइदा हुनेछ । तर, मूल्य घट्नुअघि नै एलसी खोलेर कच्चा तेल मगाएका उद्योगीहरूले घाटा बेहोर्ने भएका छन् । मूल्य घट्नुअघि एलसी खोलेर मगाएको कच्चा तेलमा नेपाली उद्योगीले करीब १ अर्ब ८० करोड गुमाएका छन् । नेपालका उद्योगीहरूले अर्जेन्टिना र ब्राजिलबाट पैठारी गर्ने भटमासको कच्चा तेलको मूल्यमा १ सातामा ३ सय डलर प्रतिमेट्रिक टन घटेको छ । साता अघिसम्म १ हजार ४ सय ७५ डलर रहेको भटमासको तेलको मूल्य १ हजार २ सय अमेरिकी डलरमा झरेको व्यवसायीहरूले बताएका छन् । बजारमा अहिले सूर्यमुखी तेलको मूल्य थोक मूल्य प्रतिलिटर २५० र भटमासको तेलको खुद्रा मूल्य २३० रहेको छ । अन्तरराष्ट्रिय बजारमा तोरीको मूल्यमा कमी नआएकाले तोरीको तेलको मूल्य ...
कांग्रेसका पुराना संस्थापन मिलाउने सुजाताको प्रयास

कांग्रेसका पुराना संस्थापन मिलाउने सुजाताको प्रयास

पत्र पत्रिका, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् । गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ । कांग्रेसभित्र पार्टी नेतृत्वका लागि दैनिकजसो आकांक्षी समेत बढ्दै गइरहेका छन् । हालको संस्थापन समूहबाट मात्रै आगामी नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । सभापति शेरबहादुर देउवासहित, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठ संस्थापनबाट सभापतिका लागि दाबी गरिरहेका छन् । यसैगरी संस्थापनइतर अर्थात् पुरानो संस्थापन मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको समूहबाट पनि आधादर्जन बढी आकांक्षी देखिएका छन् । वर्तमान संस्थापन पक्षबाट आकांक्षी धेरै भएपछि कांग्रेस नेतृ सुजाता कोइरालाले पुरानो संस्थापन समूहलाई मिलाउने प्रयास गर...
खेतमा गाडिएको अवस्थामा शवको अवशेष फेला, शव गलाउन नुनको प्रयोग

खेतमा गाडिएको अवस्थामा शवको अवशेष फेला, शव गलाउन नुनको प्रयोग

पत्र पत्रिका, समाज
काठमाडौं । गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। माइतीकै किटानी जाहेरीका आधारमा भएको खोजतलासमा प्रहरीले आइतबार शवको अवशेष भेटेको हो। घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो खनी गाडिएको पाइएको छ। शव पूरै गलेको छ। त्यसलाई गलाउन नुनसमेत राखिएको भेटिएको छ। माइती पक्षले बेपत्ता छोरीका देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससुरा पतिराम ठाकुरसहित परिवारजनले हत्या गरेर शव लुकाएको आरोप लगाएको छ। सुजिताका पति भने सुस्त मनस्थितिका छन्। हाल पनि उनी श्रीमतीबारे बेखबर छन्। सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि देवर रुपेशले बहिनीलाई ज्यान मार्ने धम्की दिएको थियो। तकिया मुखमा कोचेर मार्न खोजेको थियो। उनी त्यतिबेला हातमा दाँ...
चीनले असारभित्र नै खोप उपलब्ध गराउने

चीनले असारभित्र नै खोप उपलब्ध गराउने

पत्र पत्रिका, स्वास्थ्य
काठमाडौं । चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो। बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘चीनस्थित नेपाली दूतावासलाई जानकारी भएअनुसार २० देखि ३० लाख डोज खोप दिने कुरा छ तर यति नै दिने भनेर यकिनसहितको पत्र आइसकेको छैन’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ डा. रोशनकुमार पोखरेलले भने। खरिदअन्तर्गत आउने यो खोपको मूल्य भने एउटाको १० देखि १४ अमेरिकी डलर पर्नेछ। चीनले नेपाललाई सिनोफार्म कम्पनीबाट उत्पादित ‘भेरोसेल खोप’ बिक्री गर्न लागेको हो। लिखित रुपमा सम्झौतापत्र आइनसके पनि चीनले विश्वका ५० भन्दा बढी देशमा खोप बिक्री गरि...
कोरोनाको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च

कोरोनाको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च

पत्र पत्रिका, स्वास्थ्य
काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च देखिएको छ। डेल्टा भाइरस र यसको उत्परिवर्तित रूप डेल्टा प्लसको संक्रमण अब धेरै टाढा छैन। पहिलो र दोस्रो लहरमा ज्येष्ठ र वयस्क व्यक्तिमा बढी संक्रमण पाइएको थियो। स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने भएकाले स्वीकृत शैय्याको कम्तीमा २० प्रतिशत बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न सबै अस्पताल (सरकारी, निजी, सहकारी र सामुदायिक) लाई निर्देशन दिएको छ। तर, संक्रमणको तेस्रो लहरमा भने डेल्टा र डेल्टा प्लस भेरियन्टको संक्रमणले बालबालिका प्रभावित हुने आँकलन विज्ञहरूले गरेका छन्। डेल्टा प्लसको संक्रमण नेपालसहित १० मुलुकमा पुष्टि भएको मन्त्रालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं सूक्ष्म जीव विज्ञान विज्ञ डा। प्रकाश घिमिरेका अनुसार, पछिल्लो समय विश्वभर नै झण्डै ७० प्रतिशत संक्रम...
संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै

संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै

पत्र पत्रिका, स्वास्थ्य
काठमाडौं । दुई सातायता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या अत्यधिक रहेको पाइएको हो । २९ जेठमा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएकोमा ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका थिए । त्यसयता दैनिक थपिने संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । २ सातामा ३८ हजार ६ सय ९० जनामा संक्रमण पुष्टि हुँदा ५५ हजार ५ सय ९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाएको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय ५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा संक्रमित निको हुने दर ९१ दशमलव ३ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४ सय १३ जना संक्रमित निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार दे...
असंवैधानिक कदम उल्ट्याइदिएपछि सर्वोच्चमाथि प्रधानमन्त्रीको हमला

असंवैधानिक कदम उल्ट्याइदिएपछि सर्वोच्चमाथि प्रधानमन्त्रीको हमला

पत्र पत्रिका, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले न्यायपालिकाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन् । लोकतन्त्रको प्रमुख स्तम्भ व्यवस्थापिकालाई विघटन गर्दै आएका प्रधानमन्त्रीले आफूमाथि न्यायपालिकाले प्रश्न उठाएपछि शक्ति पृथकीकरणको सिद्धान्त सम्झिएका छन् । प्रधानमन्त्री ओलीले दुई विषयलाई लिएर न्यायालयमाथि प्रश्न गरेका छन् । २० जना मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेश ‘सेटिङ’मा आएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका छन् । त्यस्तै, प्रतिनिधिसभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै बहुमत सांसदले प्रस्तुत गरेको रिटमा अदालतले सुनुवाइ गरेकोमा उनको असन्तुष्टि छ । ८ जेठमा प्रतिनिधिसभा विघटन गरेपछि स्वतः कामचलाउ बनेका प्रधानमन्त्री ओलीले २१ र २७ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर, मन्त्रिपरिषद् विस्तारलाई असंवैधानिक भन्दै सर्वोच्चले उनका २...
ठाकुरले बोलाएको बैठक बहिष्कार गर्ने यी हुन् आठ निवर्तमान सांसद

ठाकुरले बोलाएको बैठक बहिष्कार गर्ने यी हुन् आठ निवर्तमान सांसद

पत्र पत्रिका, राजनीति
काठमाडौं । सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले बिहीबार बोलाएको बैठकमा उपस्थित सदस्य हेर्दा पनि थाहा हुन्छ । सरकारबाट हटेको पर्सिपल्ट बिहीबार ठाकुरले विघटित जसपाको संसदीय दलको बैठक बोलाएको थिए । बैठकमा ठाकुरले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएका थिए । तर, बैठकमा आधाजसो निवर्तमान सांसद अनुपस्थिति भए । अनुपस्थित भएकामध्ये आधाभन्दा बढी काठमाडौंमै बसेर बैठकमा गएनन् । कोहीले काठमाडौंबाहिर भएको कारण देखाउँदै बैठकमा जान नसकेको बताए। जसपाको संसदीय दलमा ठाकुर पक्षका २० र उपेन्द्र यादव पक्षका १२ जना सांसद छन् । यादव पक्षका ५ जना सांसदहरू वीमल श्रीवास्तव, उमाशंकर अरगरैया, रुही नाथ, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरूङ कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेपछि संसदीय दलमा ठाकुर पक्ष बलियो भएको हो । बिहीबार ठाकुर पक्षले बोलाएको बैठकमा राजकि...
आज भारी वर्षासँगै बाढी र पहिरोको जोखिम, सतर्क रहन अनुरोध

आज भारी वर्षासँगै बाढी र पहिरोको जोखिम, सतर्क रहन अनुरोध

पत्र पत्रिका
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले ती स्थानहरूका पहाडी भू-भागमा पहिरो र गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको हो । महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । यसैगरी आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानह...
साउनबाट युद्धकेन्द्रित संरचनामा जाँदै सेना

साउनबाट युद्धकेन्द्रित संरचनामा जाँदै सेना

पत्र पत्रिका
सेनाले युद्धकेन्द्रित हुने गरी सांगठनिक पुनर्संरचना गरेको छ । आगामी साउनदेखि नयाँ संरचना लागु हुनेछ । सशस्त्र द्वन्द्वको वेला जस्तै चारवटै सुरक्षा निकायको युनिफाइड कमान्ड र प्रधानमन्त्रीमातहत रहने एकीकृत इन्टेलिजेन्स संयन्त्र बनाउन सेनाको प्रस्ताव छ । नयाँ संरचनामा अहिले रहेका आठ पृतना खारेज गरेर नदी–प्रणालीमा आधारित चारवटा केन्द्रीय कमान्ड बनाएको छ । तीमातहत युद्धक बाहिनी तथा युद्धक गण रहनेछन् । आठ पृतनाको संरचना प्रशासनिक प्रकृतिको रहेको भन्दै युद्धकालीन संरचना तयार गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सम्हालेको एक हजार दिनका अवसरमा आइतबार सार्वजनिक दस्ताबेजअनुसार चारवटै कमान्डका सेनापति तय भएका छन् भने कार्यान्वयन योजना पनि स्वीकृत भइसकेको छ । कोसीपूर्वलाई पूर्वी कमान्ड, काठमाडौं उपत्यकाबाहेक कोसी र गण्डकीबीचको भूभागलाई मध्य कमान्ड, काठमाडौं उपत्यकालाई उपत्यका कमान...
उपत्यकामा संकटकालको झल्को

उपत्यकामा संकटकालको झल्को

पत्र पत्रिका, बागमती प्रदेश, राजनीति, विशेष खबर, समाज
काठमाडौं : पौष ६, सुरक्षा चुनौतीलाई ध्यानमा राखेर गृह मन्त्रालयले देशभर प्रहरी र सशस्त्र प्रहरीको तैनाथी बढाएको छ भने संकटकालको झल्को दिने गरी प्रहरी र सशस्त्रको उपस्थिति उपत्यकाका विभिन्न स्थानमा आइतबार देखिएको छ । विरोध प्रदर्शन भड्किन नदिन प्रशासनलाई पनि चनाखो बन्न गृह मन्त्रालयले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले त ‘पछिल्लो राजनीतिक घटनाक्रमका कारण उत्पन्न हुने सुरक्षा चुनौती सामना गर्ने गरी विशेष सुरक्षा रणनीति’ अपनाएर खटिन सातवटै प्रदेश प्रहरी र महानगरीय प्रहरी कार्यालयलाई आन्तरिक परिपत्र गरेको छ । निषेधित क्षेत्र तोडेर हुने प्रदर्शन र विरोध नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ । सशस्त्र प्रहरीले वाहिनीमार्फत सुरक्षा सतर्कता बढाउन निर्देशन दियो । राष्ट्रिय अनुसन्धान विभागले पनि प्रदेशस्थित कार्यालयमार्फत जिल्ला तहका सबै संयन्त्रलाई परिस्थितिसँग जुध्ने गरी भूमिका निर्वाह ...