Monday, May 6
Shadow

लुम्बिनी प्रदेश

नेपालमा सलहको नयाँ झुण्ड प्रवेश, प्रदेश ५ मा सलह देखिए

नेपालमा सलहको नयाँ झुण्ड प्रवेश, प्रदेश ५ मा सलह देखिए

कृषि, लुम्बिनी प्रदेश
बुटवल । सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छ । आज विहान भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरुमध्ये एउटा झुण्ड दाङ जिल्लामा प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाँईले जानकारी दिएका छन् । दाङको देउखुरीमा भारतबाट पसेको सलहको नयाँ झुण्ड देखिएको प्रदेश ५ कृषि  निर्देशानालयले जनाएको छ । आज दिउसो राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकैबालीमा नयाँ सलह किरा देखापरेको  अन्य विवरण संकलनको काम भईरहेको प्रदेशका कृषि निर्देशक यम नारायण देवकोटाले रातोपाटीलाई बताए । उनले भने ‘दाङमा आज सहल देखिएको छ, विवरण संकलन र अन्य काम भइरहेको छ । यसअघिको भन्दा ठूलो संख्यामा सलह किरा देखिएको स्थानीय किसानहरुले बताएका छन् ।’ किरा फैलिएर मकैबालीमा बसेको छन् । भने सलह धपाउन भाँडा ठटाउने, धुवाँ लगाउने काम गरिएको छ...
इन्सपेक्टरलाई डेढ लाख रुपैयाँ घुस दिन खाेजेकाे आराेपमा दुई जना पक्राउ

इन्सपेक्टरलाई डेढ लाख रुपैयाँ घुस दिन खाेजेकाे आराेपमा दुई जना पक्राउ

लुम्बिनी प्रदेश, समाज
दाङ – प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई डेढ लाख रुपैयाँ घुस दिन खोजेको आरोपमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १८ सुपैलाकुटीका गोविन्द शाह र प्युठानकाे स्वर्गद्वारी नगरपालिका ५ भिङग्री घर भइ दाङको लमही बस्ने समीर भण्डारी रहेका छन् । उनीहरुले लागुऔषध (ब्राउन सुगर) मुद्दामा पक्राउ परेकाको मुद्दा मिलाइदिन भन्दै वडा प्रहरी कार्यालय घोराहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालको कार्यकक्षमा पुगेर घुस दिन खोजेका थिए । दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले थप कारबाहीकाे लागि दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको जानकारी दिनुभयो ।...
जीप दुर्घटना हुँदा रुपन्देहीमा एक जनाको मृत्यु, ४ घाइते

जीप दुर्घटना हुँदा रुपन्देहीमा एक जनाको मृत्यु, ४ घाइते

लुम्बिनी प्रदेश
बुटवल । रुपन्देहीको रुद्रपुरमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जीपका चालक तिलोत्तमा ११ शिवपुरका ३८ वर्षीय सुरज खड्काको मृत्यु भएको हो । हरैयाबाट फायरलाइनतर्फ जाँदै गरेको बा १५ च ९३८९ नम्बरको जिप अनियन्त्रित भई सडक किनारको सालको रुखमा ठोक्किँदा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए । बुटवल । रुपन्देहीको रुद्रपुरमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जीपका चालक तिलोत्तमा ११ शिवपुरका ३८ वर्षीय सुरज खड्काको मृत्यु भएको हो । हरैयाबाट फायरलाइनतर्फ जाँदै गरेको बा १५ च ९३८९ नम्बरको जिप अनियन्त्रित भई सडक किनारको सालको रुखमा ठोक्किँदा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।...
कसरी दिलाइयो भारतीय नागरिकलाई दाङबाट नेपाली नागरिकता

कसरी दिलाइयो भारतीय नागरिकलाई दाङबाट नेपाली नागरिकता

लुम्बिनी प्रदेश
काठमाडौं । एक जना भारतीय नागरिकले झूठो विवरण पेश गरी दाङ जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको छ । भारतको बलरामपुर जिल्लाका विशाल कुमारले २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय दाङबाट नेपाली नागरिकता लिएका हुन् । उनले ‘मितबहादुर दमाई’ को नामबाट नागरिकता लिएका छन् । नेपाली नागरिकतामा उनको बुवाको नाम हिरालाल दमाई र ठेगाना दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ उल्लेख छ । उनको नागरिकता प्रमाणपत्र नं. ५२–०१–७५–०४०५२ हो । नागरिकतामा प्रशासकीय अधिकृत जनक प्रसाद भण्डारीको हस्ताक्षर छ । हिरालाल दमाई घोराही उपमहानगरपालिका वडा नं. ३ बर्गद्दाका वासिन्दा हुन् । हिरालालले भारतीय नागरिक विशाललाई ‘मितबहादुर’ बनाएर ऊ आफ्नो छोरो भएको भन्दै दिएको निवेदनको आधारमा घोराही उपमहानगरपालिका वडा नं. ३ ले नागरिकता बनाउन सिफारिस गरिदिएको थियो । सोही सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले भारतीय नागरिक विश...
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : राजधानीको टुंगो साउनपछि

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : राजधानीको टुंगो साउनपछि

आर्थिक, लुम्बिनी प्रदेश
बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरणको टुंगो लगाउने भएको छ । शनिबार प्रदेश सभा वैठकमा प्रस्तुत आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा कोरोना नियन्त्रण भएपछि राजधानी र नामाकरणको टुंगो लाग्ने उल्लेख छ । प्रदेश स्थापनाको तेस्रो वर्षको उत्तरार्धमा आइपुग्दा समेत प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लाग्न सकेको छैन । राजधानीको टुंगो लागेपछि राजधानी तोकिएको स्थानमा आवश्यक जग्गा प्राप्ति, प्रदेशको विकासको गुरुयोजना बनाइने र संरचना निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारको तर्फबाट शनिबार प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रदेश सरकारले लकडाउन सकिएको छोटो समयभित्रै लगानी सम्मेलन गर्ने जनाएको छ । कोभिड १९ का कारण रोकिएका सबै कार्यक्र...
थप ९ जनामा कोरोना संक्रमण, दाङमा पहिलो पटक ३ जना भेटिए

थप ९ जनामा कोरोना संक्रमण, दाङमा पहिलो पटक ३ जना भेटिए

जीवनशैली, लुम्बिनी प्रदेश
काठमाडाैं । आजै थप नौ जना कारोना संक्रमिति भेटिएका छन् । दाङमा पहिलो पटक ३ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारीको विज्ञप्ति अनुसार दाङको गढवा—४ र ५ तथा तुलसीपुर—७ का २३,३६ र ३४ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै पर्सामा ९, १० का बालक तथा २३ र ४७ वर्षीय पुरुष, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष र काठमाण्डौं सतुंगलका ७ वर्षीय बालक संक्रमित भेटिएका छन् । विहान मात्रै ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । आज मात्रै १८ जना कोरोना संक्रमित भेटिएका छन् ।  यो संगै देशभर कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।...
अ. ने. म. संघ (क्रान्तिकारी) की अध्यक्ष बन्दु चन्द १४ महिनापछि रिहा

अ. ने. म. संघ (क्रान्तिकारी) की अध्यक्ष बन्दु चन्द १४ महिनापछि रिहा

लुम्बिनी प्रदेश
काठमाडाैं ।  अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष बन्दु चन्द सर्वाेच्च अदालतकाे आदेशमा रिहा हुनुभएकाे छ । यसअघि धेरैपटक रिहापश्चात् पुन: पक्राउ परे पनि यसपल्ट भने रिहा हुनु भएको हो ।  झन्डै १४ महिनापछि सर्वोच्च अदालतको आदेशमा मंगलबार कपिलवस्तुको तौलिहवाबाट रिहा भएकी छन । उनि सरकारले  प्रतिबन्ध लगाउनु अघि २०७५ फागुन ११ गते उनलाई प्रहरीले अछामबाट गिरफ्तार गरेर देशका आधा दर्जनभन्दा बढी जिल्लामा घुमाएको थियो । प्रहरीले उनलाई सुरुमा अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके र दाङकाे जेल हिरासतमा राखेको थियो । पटक पटक छाेड्ने आदेश पाए पनि माथिको आदेश भन्दै प्रहरीले उनलाई निरन्तर गिरफ्तार गरिरहेको थियो । मंगलबार भने सर्वोच्च अदालतबाट रिहा गर्न आदेश आएपछि उनी कपिलवस्तुबाट छुटेकी हुन् । विप्लव नेतृत्व नेकपाका नेता कार्यकर्ताहरुमा नेतृ चन्द सबैभन्दा लामाे जेल जीवन बिताउने...
आजबाट कर्णाली प्रदेशका सबै नाका एक हप्ता सिल

आजबाट कर्णाली प्रदेशका सबै नाका एक हप्ता सिल

लुम्बिनी प्रदेश
कर्णाली । कर्णाली प्रदेश सरकारले मंगलबार देखि लागु हुनेगरी प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजबुत बनाउने निर्णय गरेको हो । कर्णालीसँग सीमा जोडिएको लुम्बिनी प्रदेशको नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित जोखिम रोक्न प्रदेशको नाका सिल गरेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए । भारतलगायत तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने पनि बैठकले निर्णय गरेको छ । यस तथ्यांकको आधारमा प्रदेश सरकारले भारत र तेस्रो देशबाट आएका सबैको कोरोना जाँचको व्यवस्था गर्ने पनि केन्द्रको बैठकले निर्णय गरेको छ । बैठकले प...
कोरोना संक्रमित भेटिएपछि रुपन्देही र बाँकेका चार स्थानमा आउ-जाउ बन्द

कोरोना संक्रमित भेटिएपछि रुपन्देही र बाँकेका चार स्थानमा आउ-जाउ बन्द

लुम्बिनी प्रदेश, स्वास्थ्य
बुटवल । कोरोना संक्रमित व्यक्ति भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा आउ-जाउ बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझदेखि ती इलाकामा आउ-जाउ गर्न नदिएर निगरानी बढाएको हो । रुपन्देही प्रशासनले कोरोना संक्रमित २५ वर्षीय युवकको गाउँ कोटहिमाई वडा नंं. १ को पुर्निहवामा आउ-जाउ गर्न बन्द गराइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए । संक्रमितलाई लिन भारतीय सीमा क्षेत्रमा लिन गएका उनका दाजुलाई शुक्रबारै क्वारेन्टाइनमा पठाइएको र परिवारका अरु ६ जनालाई पनि शनिबार क्वारेन्टाइनमा पठाइएको छ । उनीहरु सबैको स्वास्थ्य परीक्षण हुने एसपी थापाले बताए । संक्रमित युवक दिल्लीबाट ट्रक चढेर र पैदल हिँडेर रुपन्देहीको मर्चवारस्थित ठोठरी नाका हुँदै घरसम्म आइपुगेका हुन् । यस्तै नेपालगन्ज उपमहानगरपालिक...
नेपालगञ्जको भेरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार, भोलीदेखि नियमित परीक्षण सुरु हुने

नेपालगञ्जको भेरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार, भोलीदेखि नियमित परीक्षण सुरु हुने

लुम्बिनी प्रदेश
बाँके । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस ९कोभिड(१९० को पीसीआर मेसिन जडान गरी सफल परीक्षण गरिएको छ । अस्पतालले आज साँझ ७ बजेतिर ‘आरटीपीसीआरबाट कोरोना परीक्षणको निम्ति सबै तयारी पूरा भएको जानकारी गराएको हो । भोलिबाट सेवा सुरु हुने अस्पतालले आफ्नो फेसबुक पेजमा जानकारी गराएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले पीसीआर मेसिनको दिउँसैै सफल परीक्षण भएपनि साँझ ७ बजेपछि फेसबुक पेजबाट ‘खबर ब्रेक’ गरेको बताए । उनले बाँके जिल्लाबाटै चार पाँच वटा स्वाबका नमूना आइसकेकाले आइतबारदेखि नियमित परीक्षण हुने जानकारी दिए । भेरी अस्पतालमा प्रयोगशाला सञ्चालनका लागि विज्ञ टोली काठमाण्डौं आज नेपागञ्ज पुगेको थियो । विज्ञ टोलीले आजै स्वाब परीक्षणको प्रक्रियागत विषयमा अस्पतालका माइक्रोबायोलोजिष्ट तथा ल्याब प्राविधिकसँग छलफल र परामर्श गरेको थि...
लमही नगरपालिकामा भागबण्डाकै किचलाे

लमही नगरपालिकामा भागबण्डाकै किचलाे

लुम्बिनी प्रदेश
• समीर यात्री दाङ । जिल्लाको लमही नगरपालिकाभित्र देखा परेको विवादले उग्ररुप लिएको छ । टेण्डरको विषयमा बद्‍मासी गरेको भन्दै तीनजना कर्मचारीलाई कारवाही गरेपछि विवादले उग्ररुप लिएको हो । दाङको लमही नगरपालिकाको यो विवादको  श्रृंखला टेण्डरबाट सुरु भएको थियो । कचिंगल टेण्डरको नगरपालिकाले कुुक, वेटर, पलम्बर लगायतका योजनाको टेन्डर आह्वान गरेर मिति २०७६ माघ २३ गते दिउँसो १२ः०० बजेसम्मको लागि १५ दिने सूचना जारी गरेको थियो । तर निर्धारित समयावधिभित्र कुनै फर्म दर्ता भएनन । निर्धारित समयवधिभन्दा ढिलो गरी आएका १३ वटा फर्महरु दिउँसो १ः३० बजेसम्म दर्ता गरियो । नियामानुसार निर्धारित समयावधिभित्र कुनै पनि फर्म दर्ता नभएपछि टेण्डर रद्द गरी नयाँ टेण्डर आह्वान गर्नुपथ्र्यो । त्यसको सट्टा ढिलो गरी आएका फर्महरु किन दर्ता गरियो भन्ने प्रश्नको जवाफ अहिलेसम्म नगरपालिकाले दिन सकेको छैन । त्यसैगरी समय गुजा...