Friday, April 26
Shadow

सुदुरपश्चिम प्रदेश

नेता पुनसहित ६७ जना माओवादीमा ध्रुविकृत, माओवादी धारा एकीकृत हुन प्रचण्डकाे अपिल

नेता पुनसहित ६७ जना माओवादीमा ध्रुविकृत, माओवादी धारा एकीकृत हुन प्रचण्डकाे अपिल

सुदुरपश्चिम प्रदेश
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै धारा एकीकृत हुन आवश्यक रहेको बताएका छन् । बुधबार पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित नेता अाेमप्रकाश पुनलगायतकाे टिमसहितकाे ध्रुवीकरण कार्यक्रममा अध्यक्ष प्रचण्डले विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिरिएको र अहिले तिनैमध्ये कतिपय साथीहरु फर्किन थालेको बताए । ‘क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो,’ उनले विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै भने । कार्यक्रममा बाेल्दै विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज पुनले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्...
हलोगोरुसहित सडकमा रोपाइँ

हलोगोरुसहित सडकमा रोपाइँ

प्रदेश खबर, सुदुरपश्चिम प्रदेश
काठमाडौं । धनगढीका स्थानीयले हलोगोरुसहित सडकमा रोपाइँ गरेका छन्। हसनपुर-शिवनगर हिलाम्य अवस्थामा रहेको सडकमा स्थानीयले विरोध गर्न रोपाइँ गरेका हुन्। उपमहानरपालिकाले सडक स्तरोन्नति गर्ने भनेर सडक भत्काएको तर नबनाएको भन्दै विरोध गर्दै उनीहरूले स्थानीय सरकार मुर्दावाद लेखेको प्लेकार्ड समेत बोकेर रोपाइँमा सहभागी भएका थिए। भएका संरचना भत्काउन आउने, बनाउने नआउने भन्दै केहीबेर सरकारविरूद्ध स्थानीयले नाराबाजी पनि गरेका थिए। पिच अवस्थामा रहेको सडक भत्काएपछि अहिले हिलाम्य भएर सास्ती भोग्नुपरिरहेको स्थानीयको भनाइ छ।...
भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

प्रदेश खबर, सुदुरपश्चिम प्रदेश
बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
महाकालीमा आएको बाढीले बगायो पुलको बाँध, ८ घर डुबानमा

महाकालीमा आएको बाढीले बगायो पुलको बाँध, ८ घर डुबानमा

प्रदेश खबर, सुदुरपश्चिम प्रदेश
कञ्चनपुर। महाकाली नदीमा आएको बाढीले निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । शनिबार राति आएको बाढीले निर्माणाधीन अवस्थामा रहेको करीब ९० मिटर अस्थायी बाँध बगाएको प्रहरी जनाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको ९० मिटर क्षेत्रको बाँध बगाएको जानकारी दिए । तटीय क्षेत्रन जिकै पर्ने दोधारा चाँदनी नगरपालिका-१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ८ वटा घरमा नदीको पानी पसेको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति भउको छैन । विस्थापित भएकाहरु आफन्त घरमा बसेका छन् । पहाडी जिल्लामा लगातार भइरहेको वर्षका कारण महाकाली नदीमा पानीको सहत बढ्ने, घट्ने क्रम जारी रहेको छ ...
सेती नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन अपिल

सेती नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन अपिल

सुदुरपश्चिम प्रदेश
डोटी । लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेपछि नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ । सेती नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन प्रहरी प्रशासनले आग्रह गरेको छ । त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी...
लगातारकाे वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा

लगातारकाे वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा

सुदुरपश्चिम प्रदेश
रासस कञ्चनपुर ।  दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी, भीमदत्तनगरपालिका–६ ऐठपुरको राजमार्ग क्षेत्रका केही घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पानीको निकास नहुँदा यहाँका केही घरमा पानी पसेको जानकारी आए पनि अवस्था सामान्य रहेको बताए । “भीमदत्तनगरपालिका–१३ झोलुङ्गे पुल छेउको प्रहरीचौकीमा पनि पानी जम्मा भएको खबर आएको छ,” उनले भने, “निकास नहुँदा जलमग्न भए पनि क्षति भएको छैन ।” बजारको उत्तरतर्फका खोला, खहरे खाेला मासिँदा पछिल्ला वर्षमा डुबानको समस्या हँुदै आएको छ । कञ्चनपुर र कैलालीका अधिकांश भागमा रातिदेखि निरन्तर वर्षा ह...
जथाभावी बन फडानी नगर्न विप्लवकाे चेतावनी

जथाभावी बन फडानी नगर्न विप्लवकाे चेतावनी

सुदुरपश्चिम प्रदेश
काठमाडौ । विप्लव नेतृत्वकाे नेकपा सेती–महाकाली ब्युरोले आइतवार एक प्रेस विज्ञप्ति जारी गरी पार्टी र पार्टीको सत्ता जनपरिषद्को सहमति र स्वीकृतिबिना कथित वैज्ञानिक बनका नाममा भइरहेको बन फडानी कडाइसाथ रोक्न सरोकारवाला निकाय, आमउपभोक्ता र स्थानीय पार्टीलाई अपिल गरेको छ । पार्टीका ब्युरो इन्चार्ज निर्माणले स्वीकृतिबिना बन फडानी गर्ने दलाल राजनीतिककर्मी, कमिसनखोर कर्मचारी, नाफाखोर सामुदायिक बन समिति र बन माफिया काठ व्यवसायीमाथि सत्ताले जनकारबाही गर्ने चेतावनी पनि दिएका छन् । ब्युरो इन्चार्ज निर्माणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले कथित वैज्ञानिक बन व्यवस्थापनका नाममा गरिरहेको बन फडानीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नीतिगत र व्यावहारिक दुवै दृष्टिकोणले यो वैज्ञानिक हैन, अवैज्ञानिक छ । यस विषयमा हाम्रो पार्टीले प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेक...
जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते

सुदुरपश्चिम प्रदेश
बैतडी: दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा आइतवार बिहान जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।  मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय  धनसिंह बडाल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। दुर्घटनामा दुहु–४ का २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१  वर्षीय  प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीय द्रोपती जोशी रहेका छन्। घाइतेमध्ये सुरेन्द्र, हरक, प्रेम र धनराजको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए। घाइतेहरुको बैतडीमा उपचार हुन नसकेकाले अन्यत्र रेफरको तयारी भएकोे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट (१२५७) जिप आइतबार बिहान २ बजे पाटन नगरपालिका–६ पनतो...
डोटीमा अज्ञात रोगले विद्यार्थी बिरामी

डोटीमा अज्ञात रोगले विद्यार्थी बिरामी

सुदुरपश्चिम प्रदेश
डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नम्बर ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन्।यहीँ फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग सुरु भएको भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्कबहादुर कठायतले जानकारी दिए।कठायतका अनुसार विद्यार्थीलाई ज्वरो आउने, नाक र मुखबाट सिँगान तथा र्‍याल जस्तो पानी बग्ने गरेको छ। विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि नजिकै रहेको गड्सेरा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले उपचार गरे पनि नभएको अर्का शिक्षक प्रेमबहादुर बोगटीले बताए।अहिले विद्यार्थी बडीकेदार गाउँपालिका– १ बिपिनगरमा रहेका स्वास्थ्य चौकी तथा कैलालीतर्फ उपचारका लागि लैजाने तयारी गरिएको उनले जानकारी दिए। 'विद्यार्थी सबै बिरामी परेका छन्, विद्यालय नै बन्द गर्नुपर्ने अव...
समाज सुदूरपश्चिममा कोरोना भाइरस जाँच कक्ष

समाज सुदूरपश्चिममा कोरोना भाइरस जाँच कक्ष

सुदुरपश्चिम प्रदेश
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश सरकारले प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको जनाएको छ। प्रदेश सामाजिक विकास मन्त्रालय धनगढीका प्रवक्ता हेमराज खड्काले पश्चिमी सिमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको बताए। ‘दार्चुला र बैतडीमा नेपाल–भारत सिमाना र कञ्चनपुरको गड्डाचौकी नाकामा डेस्क सञ्चालनमा आएको छ।’ प्रवक्ता खड्काले भने, ‘गेटा विमानस्थल, धनगढीको नाका र कैलालीको खङ्ग्रोला नाकामा स्वास्थ्यकर्मीको टोली खटिएर जाँच थालेको छ।’ उनले सुदूरपश्चिममा जाँच गर्दा हालसम्म कसैलाई पनि कोरोनाको सम्भावित लक्षण नदेखिएको जानकारी दिए। प्रदेश सामाजिक विकास मन्त्रालयले गत मा...