अल हिलालसँग इन्टर मियामी पराजित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १६, २०८०
|
|
३८ पटक हेरिएको
Shares
अल हिलालसँग इन्टर मियामी पराजित

सारांश

  • काठमाडौं।
  • क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले इन्टर मियामीलाई पराजित गरेको छ।
  • गएराती सम्पन्न खेलमा अल हिलालले इन्टर मियामीलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले इन्टर मियामीलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा अल हिलालले इन्टर मियामीलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।

अल हिलालको जितमा अलेक्सान्डर मिट्रोभिक, अब्दुल्लाह अल हामदान, माइकल र माल्कमले एक एक गोल गरेका थिए।

त्यसैगरी इन्टर मियामीका लागि लुइस स्वरेज, लियोनेल मेसी र डेभिड रुइजले एक एक गोल गरेका थिए।

हाल साउदी भ्रमणमा रहेको इन्टर मियामीले अब फेब्रुअरी १ मा क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?