तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १५, २०७९
|
|
४० पटक हेरिएको
Shares
तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय

सारांश

  • चितवन ।
  • कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो पटक दीक्षान्त समारोह गर्ने भएको छ ।
  • विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२÷०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५÷७६ देखि हालसम्मका विद्यार्थीलाई भोलि बिहीबार दीक्षित गर्न लागेको हो ।

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो पटक दीक्षान्त समारोह गर्ने भएको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२÷०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५÷७६ देखि हालसम्मका विद्यार्थीलाई भोलि बिहीबार दीक्षित गर्न लागेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका अनुसार स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ विद्यार्थीहरु दीक्षित हुनेछन् । स्नताक तहमा कृषिबाट चार सय ६८, वनबाट एक सय ३६, पशुचिकित्साबाट एक सय पाँच, मत्स्य विज्ञानबाट २३ जना गरी ७३२ जना दीक्षित हुनेछन् ।

स्नातकोत्तर तहमा कृषिबाट एक सय ८९, वन विज्ञानबाट ६१, पशुविज्ञानबाट २७, पशु चिकित्साबाट ४९ र मत्स्य विज्ञानबाट १० गरी तीन सय ३६ र विद्यावारिधिअन्तर्गत कृषि सङ्कायतर्फबाट विभिन्न विधाका गरी १५ र पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा दुई गरी १७ विद्यार्थी दीक्षित हुने उनले जानकारी दिए ।

दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र प्रमुख अतिथि भारतका डा वाईएस पारमर विश्विद्यालयका उपकुलपति (भाईचान्सलर) प्रा डा राजेश्वर सिंह चण्डाल रहनेछन् ।

दीक्षान्त समारोहमा तीन वटै सङ्कायमा सर्वाधिक अङ्क प्राप्त गरी सङ्काय प्रथम हुने विद्यालयलाई उपकुलपति पदक र सर्वाधिक अङ्क ल्याउनेमध्ये सर्वाेत्कृष्ठ अङ्क ल्याई विश्वविद्यालय सर्वप्रथम हुने एक÷एक जनालाई कुलपति पदक प्रदान गरिने उनले बताए ।

विसं २०६९ बाट सुरु भएको हाल स्नातक तहमा नौ सय ३४ र वन विज्ञान सङ्कायमा एक सय ८९ विद्यार्थी अध्ययनरत रहेका छन् । विश्वविद्यालयअन्तर्गत विभिन्न सङ्काय र कलेजमा यस वर्ष स्नातक कार्यक्रममा सात सय २८, स्नातकोत्तरमा दुई सय ३० र विद्यावारिधी कार्यक्रममा १४ विद्यार्थी भर्ना भएका छन् । हालसम्म विश्वविद्यालयमा चार हजार नौ सय ४५ विद्यार्थी अध्ययन रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुद्दा मिलाइदिने भन्दै अदालतका सुब्बाले ५ लाख घुस लिएपछि…
मुद्दा मिलाइदिने भन्दै अदालतका सुब्बाले ५ लाख घुस लिएपछि…
चर्चित टिभी सीरियल ‘सीआईडी’ बन्द हुने
चर्चित टिभी सीरियल ‘सीआईडी’ बन्द हुने
भरतपोखरी पूर्णखोप वडा घोषणा
भरतपोखरी पूर्णखोप वडा घोषणा
वीरगञ्ज झिलीमिली उज्यालो सहर बन्दै
वीरगञ्ज झिलीमिली उज्यालो सहर बन्दै
फिल्म नचल्दै स्टार बनेकी अदिती बुढाथोकी इन्स्टाग्रामको तस्विरका कारण भारतीय मिडियाले सम्म पछ्यायो
फिल्म नचल्दै स्टार बनेकी अदिती बुढाथोकी इन्स्टाग्रामको तस्विरका कारण भारतीय मिडियाले सम्म पछ्यायो
हेर्नुहोस पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो
हेर्नुहोस पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो
अब अध्यक्ष मण्डलबिनाको राष्ट्रिय जनता पार्टी
अब अध्यक्ष मण्डलबिनाको राष्ट्रिय जनता पार्टी
चिठ्ठाले बनायो प्रदेश नम्बर १ को पहिलो महिला अध्यक्ष, कमल गाउँपालिकामा एमालेको भाग्य
भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट विजयी !
भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट विजयी !
ढुंगेल रिहामा गृहमन्त्री थापाले गरे यस्ताे दावी !
ढुंगेल रिहामा गृहमन्त्री थापाले गरे यस्ताे दावी !