प्रदेश नं. १ मा मन्त्री थपिँदै, यि हुन् चर्चामा रहेकाहरू

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १०, २०७५
|
|
६० पटक हेरिएको
Shares
प्रदेश नं. १ मा मन्त्री थपिँदै, यि हुन् चर्चामा रहेकाहरू

सारांश

  • अस्बिन खड्का,१० साउन ।
  •   प्रदेश १ मा  पाँच सदस्यीय मन्त्रिपरिषद्लाई ९ वा ११ पुर्‍याउने गरी नेपाल कम्युनिस्ट पार्टीका नेताहरूबीच करिब सहमति भएअनुसार प्रदेश मन्त्री बन्ने लाइनमा नेताहरु को चर्चा सुरु हुन थालेको छ।
  • प्रदेश १ को मन्त्रिपरिषदमा महिलाहरू नपरेको गुनासो मन्त्रिपरिषद् गठन भएसँगै आएको थियाे ।

अस्बिन खड्का,१० साउन ।  प्रदेश १ मा  पाँच सदस्यीय मन्त्रिपरिषद्लाई ९ वा ११ पुर्‍याउने गरी नेपाल कम्युनिस्ट पार्टीका नेताहरूबीच करिब सहमति भएअनुसार प्रदेश मन्त्री बन्ने लाइनमा नेताहरु को चर्चा सुरु हुन थालेको छ। प्रदेश १ को मन्त्रिपरिषदमा महिलाहरू नपरेको गुनासो मन्त्रिपरिषद् गठन भएसँगै आएको थियाे ।

महिला क्याबिनेटमा हाल नेकपा वृत्तमा चार जनाको नाम चर्चामा रहेपनि सबैभन्दा धरै चर्चा प्रत्यक्ष निर्वाचित दुई महिला सांसदहरू उदयपुरकी कला घले र इलामकी खिनु लङ्वा लिम्बुको छ ।संविधानसभामा सभासद् भइसकेकी र कानूनको औपचारिक अध्ययनसमेत गरेकी खोटाङकी सांसद उषाकला राईको पनि महिलाबाट मन्त्री हुने  चर्चा छ । मन्त्रीको लाइनमा रहेका पुरुष सांसदहरू भने धेरै छन्।  सांसद अम्बरबाबु गुरुङ, खोटाङका रामकुमार राई, इलामका रामबहादुर राना मगर ,धनकुटाका इन्द्रमणि पराजुली, सुनसरीका सर्वध्वज साँवा र तराईका जनजातिहरू समेट्न पनि नेकपामा दबाब परेको छ ।

जसको लागि मोरङका ज्ञानेन्द्र राजवंशी, झापाका पूर्णप्रसाद राजवंशी र मोरङका विजयकुमार विश्वासमा एक पर्ने नेकपाका एक प्रभावशाली प्रदेश नेताले बताए ।

(https://yellowtail.tech/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?