सुरु भयो डीआइजीहरुको सरुवा चलखेल : दुई भाइको भिडन्त !!

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १०, २०७६
|
|
६१ पटक हेरिएको
Shares
सुरु भयो डीआइजीहरुको सरुवा चलखेल : दुई भाइको भिडन्त !!

सारांश

  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)को कार्यशैलीबाट आइजीपी सर्वेन्द्र खनाल सन्तुष्ट हुन नसकेको स्रोत बताउछ ।
  • जटिल प्रकृतिका र संगठित अपराध अनुसन्धान गर्ने सीआइबीले पछिल्लो समयमा कुनै पनि ठूला केसको अनुसन्धान गर्ननसकेको दोषको भारी बोकेको छ ।
  • आइजीपी खनालले पदभार ग्रहणपछि सीआइबीमा खटाइएका डीआइजी नारायणसिंह खड्काको कार्यक्षमता नदेखिएपछि निरजबहादुर शाहीलाई पठाए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)को कार्यशैलीबाट आइजीपी सर्वेन्द्र खनाल सन्तुष्ट हुन नसकेको स्रोत बताउछ । जटिल प्रकृतिका र संगठित अपराध अनुसन्धान गर्ने सीआइबीले पछिल्लो समयमा कुनै पनि ठूला केसको अनुसन्धान गर्ननसकेको दोषको भारी बोकेको छ ।

आइजीपी खनालले पदभार ग्रहणपछि सीआइबीमा खटाइएका डीआइजी नारायणसिंह खड्काको कार्यक्षमता नदेखिएपछि निरजबहादुर शाहीलाई पठाए । उनले पनि सीआइबीमा कुनै क्षमता प्रदर्शन गर्न सकेनन् । १ महिनाअघि सीआइबीका डीआइजी शाहीले हावादारी मौखिक उजुरीका भरमा त्रिभुवन विश्वविद्यालय महाराजगंज मेडिसिन क्याम्पसमा परीक्षा दिइरहेका विद्यार्थीहरुको खानतलासी लिए । डीआइजीको नेतृत्वमा एक घन्टाभन्दा बढी समयसम्म भएको खानतलासीमा कुनै पनि सूचना अनुसार कैफियत नभेटिएपछि प्रहरी फर्किएको थियो ।

एमडीका विद्यार्थीहरु सहभागी भएको उक्त परीक्षामा हचुवाको भरमा खानतलासी लिइएको थियो । विदेशी विद्यार्थी समेत सहभागी परीक्षामा ५० औं जना प्रहरी ह्वारह्वार्ती खानतलासीमा गएका थिए । उक्त परीक्षामा कसैले नक्कली विद्यार्थी सहभागी भएको सूचना दिएको थियो । तर खानतलासीमा कोही पनि नक्कली विद्यार्थी फेला नपरेपछि प्रहरीको सूचना संयन्त्र कति हल्का रहेछ भन्ने टिप्पणी भएको थियो ।

सीआइबीमा शाहीले क्षमता देखाउन नसकेपछि आइजीपी खनाल पुनः नेतृत्व परिवर्तन गरी २ नम्बर प्रदेशका डीआइजी हरि पाललाई पठाउने पक्षमा देखिएका छन् । तर २ महिना शाहीलाई नै रोकेर हालै डीआइजी बढुवा भएका प्रहरी प्रवक्ता विश्वराज पोखरेल सीआइबीमा सरुवा हुने दाउमा रहेको प्रहरी स्रोत बताउछ ।

काठमाडौं परिसरमा ६ महिनाभन्दा बढी समय काम गर्न नपाएकाले उनी सीआइबीमा जाने र त्यहाँ काम देखाएर आफूभन्दा सिनियर डीआइजीहरुस“गै एआइजी बढुवाको बाटो पहिल्याउने सुरमा रहेको चर्चा पनि चलेको छ । भर्खरै प्रवक्ता भएकाले २ महिना जति प्रहरी प्रधान कार्यालयमा बसी त्यसपछि सीआइबीमा जाने तयारी डीआईजी पोख्रेलको रहेको चर्चा चलेको छ ।

२ नम्बर प्रदेशका डीआइजी पाललाई पठाउने पक्षमा आइजीपी खनाल देखिएपछि पोखरेल जसरी पनि २ महिना रोकेर त्यसपछि आफू जाने योजनामा लागेको बताइन्छ । पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कन्भिन्स गर्न सके उनी सीआइबीमा आउनेछन् । प्रहरी स्रोत भन्छ, पालले प्रधानमन्त्रीमार्फत् जोडबल नगरे २ महिनापछि पोखरेल नै सीआइबीमा आउने पक्कापक्की जस्तै छ ।

१ नम्बर प्रदेशका डीआइजी केदार रिजाल महानगरीय आयुक्त कार्यालयमा आउन खोजिरहेका छन् । ३० बर्षे सेवाहदको प्रावधान हटाउने र भावी आइजीपी हुनका लागि पहल गर्न उनी काठमाडौंमा आउने दौडमा छन् । १ नम्बर प्रदेशमा ५ नम्बर प्रदेशका पिताम्बर अधिकारीलाई पठाउने पक्षमा गृह सचिव प्रेमकुमार राई समेत सकारात्मक रहेका छन् ।

इन्चार्जबाट इन्चार्ज दिएकोमा बिरोध नै भए पनि उनलाई १ नम्बर प्रदेशमा पठाउने संभावना छ । आइजीपी पनि उनीस“ग सकारात्मक नै रहेको स्रोत बताउछ । ३ नम्बर प्रदेशको डीआइजीमा पूर्णचन्द्र जोशीको नाम चर्चामा छ । प्रद्युम्न कार्कीलाई २ नम्बर वा ५ मा पठाउने तयारी रहेको गृहतिर चर्चा सुनिन्छ । साँघुन्यूजबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Sushant Singh Rajput unveils first look of ‘Fault in Our Stars’ remake!
Sushant Singh Rajput unveils first look of ‘Fault in Our Stars’ remake!
आज सुनको भाउ स्थिर
आज सुनको भाउ स्थिर
कृषकलाई अन्न भकारी वितरण गरिँदै
कृषकलाई अन्न भकारी वितरण गरिँदै
नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
भारतीय कलाकार, केहीलाई जनताले पत्याए
भारतीय कलाकार, केहीलाई जनताले पत्याए
लागुऔषध सहित १ जना पक्राउ
लागुऔषध सहित १ जना पक्राउ
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख

तपाईंले छुटाउनुभयो कि?