Sunday, May 5
Shadow

रोजगार

हवाई उड्डयन उद्योगमा १० लाखको रोजगारी खतरामा

हवाई उड्डयन उद्योगमा १० लाखको रोजगारी खतरामा

अन्तर्राष्ट्रिय, रोजगार
बीबीसी । विश्वभरका उड्डयन उद्योगमा १० लाख मानिसको रोजगारी खतरामा रहेको इन्टरनेटशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)ले बताएको छ । कोरोना भाइरस (कोभिड-१९) को कारण अहिले संकटमा रहेको उड्डयन उद्योगमा ८४ अर्ब डलरको नोक्सानी हुनसक्ने अनुमान छ । यसै साता अमेरिकाका तीन सबैभन्दा ठूला विमान कम्पनीको एक साझा संस्थाले आफ्ना कर्मचारीहरुलाई यात्रामा आएको उल्लेख्य कमीको कारण ३६ हजार रोजगारी कटौती हुन सक्ने चेतावनी दिएको थियो । लगानी कम्पनी कोभेनका प्रबन्ध निर्देशक तथा सिनियर रिसर्च एनालिस्ट हेलेन बेकरका अनुसार महामारीको कारण अमेरिकी विमान कम्पनीहरुका साढे सात लाख कर्मचारीहरुमध्ये दुई चलाख कर्मचारी कटौती हुन सक्ने बताएका छन् । अमेरिकी विमान कम्पनीको संस्थाले अहिले सरकारलाई २५ अर्ब डलरको राहत प्याकेज बढाउन दबाब दिइरहेको छ । सरकारले दिएको सहयोग लिन कम्पनीहरुले आगामी सेप्टेम्बरसम्म आफ्ना कर्मचा...
सार्वजनिक यातायात व्यवसायी बाँच्न सक्ने गरी समाधान खोज – गगन थापा

सार्वजनिक यातायात व्यवसायी बाँच्न सक्ने गरी समाधान खोज – गगन थापा

रोजगार, समाज
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सरकारले यातायात व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्ने बताएका छन् । सरकारले जिल्ला भित्र सार्वजनिक यातायात खोल्ने निर्णय गरेपनि यातायात व्यवसायीहरुले आफ्ना मागहरु पुरा नभएसम्म नखोल्ने भनिरहेका बेला सांसद थापाले प्रधानमन्त्रीलाई यस्तो सल्लाह दिएका हुन् । उनले सार्वजनिक यातायात सञ्चालनबारे सरकारले संचालक र मजदुर, स्वास्थ्यविज्ञ र सरोकारवालासँग छलफल गर्नु पर्नेमा जोड दिएका छन् । सामाजिक संजालमा सांसद थापाले भनेका छन् : ...
तत्काल सार्वजनिक यातायात नचलाउने  यातायात केन्द्रीय महासंघको घोषणा

तत्काल सार्वजनिक यातायात नचलाउने यातायात केन्द्रीय महासंघको घोषणा

रोजगार, सूचना प्रविधि
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघले यथास्थितिमा सार्वजनिक सवारीका साधानहरु नचलाउने बताएका छन् । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ । सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले बताए । आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै अधिकारीले भने, ‘हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं ।’ आफूहरुले अघि सारेको पाँचबुँदे माग पूरा भए मात्र गाडी चलाउन सकिने महासचिव भरत नेपालले बताए । महासंघको मागमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा...
कोरिया जान पाउनुपर्ने माग गर्दै युवाहरूको प्रदर्शन

कोरिया जान पाउनुपर्ने माग गर्दै युवाहरूको प्रदर्शन

रोजगार
काठमाडौ ।  रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आज  काठमाडौंको माईतीघर मंण्डलामा प्रदर्शन भएको । कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले आज प्रदर्शन गरेका हुन् । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द भएपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले सरकारले उडान सञ्चालन नगरे सङ्घर्ष गर्ने चेतावनीसमेत दिएका छन् । प्रदर्शनमा सहभागीले कि रोजगारी दिुनपर्ने कि कोरिया जान दिनुपर्ने र र कोरियाको लागि अन्तर्राष्ट्रिय उडान नियमीत गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनी गरेका थिए ।प्रदर्शनमा सहभागीहरू माग पूरा नभए चार हजार ५०० युवाहरुले आन्दोलन गर्नुको विकल्प नरहेको बताए  ।...
निजी सवारीमा भाडाका यात्रु बोक्न नदिन यातायात व्यवसायीको माग

निजी सवारीमा भाडाका यात्रु बोक्न नदिन यातायात व्यवसायीको माग

अटो, रोजगार
काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गराएर रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले संक्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा यसलाई मौका बनाएर रातो प्लेटका सवारीले यात्रु ओसारिरहेको र यात्रुबाट पनि ठूलो दरको भाडा असुल भइरहेको बताएको छ । गृहसचिव महेश्वर न्यौपानेलाई बुझाइएको पत्रमा सार्वजनिक सवारी बन्द गरेर बस्नुपर्दा व्यवसायीलाई ठूलो मार परिरहेको भन्दै यही बेलामा निजी सवारीले भाडाका यात्रु बोक्दा संक्रमण नियन्त्रणका लागि व्यवसायीले गरेको त्याग खेर जाने उल्लेख छ । महासचिव सिटौलाले रातो प्लेटबाट कोरोना नसर्ने जसरी कानूनविपर...
दुई यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउने दिने तयारी

दुई यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउने दिने तयारी

अटो, रोजगार
काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो । एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । ‘यसबारे कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा छलफल गरेर निर्णय हुनेछ ।’ यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ । यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने एक मन्त्रीले बताए । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा...
पत्रकार निष्काशन गर्ने मिडिया मालिक विरुद्ध पत्रकार महासंघआन्दोलित सह-संयाेजक जैसीकाे नेतृत्वमा कालाे ब्यानर

पत्रकार निष्काशन गर्ने मिडिया मालिक विरुद्ध पत्रकार महासंघआन्दोलित सह-संयाेजक जैसीकाे नेतृत्वमा कालाे ब्यानर

रोजगार
काठमाडौं । श्रमजीवि पत्रकारहरुलाई कोरोना महामारी र त्यसले निम्त्याएको आर्थिक संकटको कारण देखाउँदै विभिन्न सञ्चार गृहहरुले कामबाट निकाल्ने, बेतलबि बिदामा बस्न लगाउने, पारिश्रमिक नदिने, मानसिक तनाव बढाउने खालको अमान्य गतिविधि बढाएकोप्रति विरोध गर्दै पत्रकारहरु आन्दोलित भएका छन । श्रमजिवि पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धी कानुन, अन्तराष्ट्रि श्रम कानुन तथा पत्रकार हक, हित तथा अधिकार सम्बन्धी तमाम कानुनी व्यवस्थाको मर्म विरुद्ध मिडिया मालिकहरुले गरिरहेको गतिविधिको विरोधमा पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन । कोरोना संकटले विश्व मानव समूदायलाई नै प्रभाव पारेको अवस्थामा मुलुकको नामि र आर्थिक रुपमा समेत सक्षम देखिने मिडिया हाउने नै श्रमजीवी कामदारलाई हटाउने हर्कत पत्रकारहरुको काम गरेर बाँच्न पाउने अधिकारका विरुद्ध रहेको भन्दै पत्रकारहरुले त्यस्ता मिडिया मालिकहरुलाई आन्दोलनक...
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो

आर्थिक, रोजगार
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिन थालेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए । कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा काम काम जान दिन अनुमति दिन थालएकिो हो । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् । काठमाडौंमा बिहीबारबाटै र उपत्यका बाहरिका प्रदे...
सैनिक कल्याणकारी बाेर्डमा  जागिर खुल्यो

सैनिक कल्याणकारी बाेर्डमा जागिर खुल्यो

रोजगार
काठमाडौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ । कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरेको हो । जसअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कल्याणकारी योजना निर्देशनालयमा सम्पर्क गर्न भनिएका छ । सेनाका अनुसार कल्याण्कारी बोर्डमा प्रमुख कार्यकारी अधिकृतका लागि योग्यता अवकाश प्राप्त रथी वा उपरथी हुनुपर्नेछ । लघुवित्त शाखा प्रमुखका लागि अवकाश प्राप्त महासेनानी हुनुपर्नेछ । इपिसेन्टर कार्यालय, पोखराको कार्यालय प्रमुखका लागि पनि अवकाश प्राप्त महासेनानी अथवा प्रमुख सेनानी मागिएको छ । कल्याणकारी योजना निर्देशनालय, जंगीअड्डाका लागि सेनाबाट अवकाश प्राप्त लेखा अधिकृत र अवकाश प्राप्त माउसे वा सुक माग गरिएको छ । सु...
पत्रकारका समस्या हल नगरे हप्तादिनपछि महासंघ चरणबद्ध आन्दाेलनमा जाने

पत्रकारका समस्या हल नगरे हप्तादिनपछि महासंघ चरणबद्ध आन्दाेलनमा जाने

रोजगार, समाज
काठमाडौ । पत्रकारका समस्यालाई लिएर नेपाल पत्रकार महासंघ सातदिनपछि चरणवद्ध आन्दाेलनमा जाने भएकाे छ । बुधबार केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले साे निर्णय गरेकाे हाे । महासचिव रमेश विष्टले बैठकपछि जारी गरेकाे विज्ञप्तिमा पत्रकारका समस्या सल्टाउन सञ्चारगृहलाई एकहप्ते अल्टिमेटम दिइएकाे छ । 'एकहप्ताभित्र ठुला सञ्चारगृहका व्यवस्थापन पक्षले पत्रकारका समस्या हल गरेर  त्यसकाे जानकारी महासंघलाई नदिए हामी चरणवद्ध आन्दाेलनमा जान्छाैं,' बैठककाे निर्णयबारे जानकारी दिंदै केन्द्रीय सदस्य जन्मदेव जैसीले भने । जैसीका अनुसार अहिले महासंघमा कान्तिपुर, अन्नपूर्ण पाेष्ट, नागरिक, नयाँ पत्रिका, उज्यालाे एफएम, राजधानी दैनिक, माउण्टेन टिभी, नेपाल आजलगायतका सञ्चारमाध्यममा कार्यरत पत्रकार/कर्माचारीहरुले महासंघमा पेशाकाे रक्षाका लागि निवेदन दिएका छन् । मंगलबारकाे बैठकले श्रमजीवी पत्रकार...
महासंघकाे प्रतिवेदन भन्छ ; कतिपय मिडिया हाउसले पत्रकारहरुलाई कामबाट हटाए

महासंघकाे प्रतिवेदन भन्छ ; कतिपय मिडिया हाउसले पत्रकारहरुलाई कामबाट हटाए

रोजगार
काठमाडौँ । मिडिया हाउसहरुले काेराेना भाइरस संक्रमणबाट जोगाउनका लागि पत्रकारहरुलाई पर्याप्त सतर्कता अपनाउने वातावरण नबनाएकाे पत्रकार महासंघले जनाएको छ । लकडाउनका बेला सञ्चारगृहमा गरिएको अनुगमनको प्रारम्भिक प्रतिवेदन शुक्रबार सार्वजनिक गर्दै महासंघले जनाएकाे हो । महासचिव रमेश विष्टद्वारा जारी प्रतिवेदनमा उल्लेख भएअनुसार कतिपय मिडिया हाउसले पत्रकारहरुलाई कामबाट हटाईएकाे छ । हटाइएका पत्रकारहरुलाई काममा बहाल गर्न र जाेखिमकाे घडीमा सहज वातावरण निर्माण गर्न महासंघले माग गरेकाे छ । प्रतिवेदनमा फिल्डमा खटिने संवाददाता, क्यामरा पर्सन र फोटो पत्रकार बढी जोखिममा रहेको उल्लेख छ। कार्यालयमा सञ्चारकर्मीका लागि सामाजिक दूरी कायम नगरिएको र कतिपय सञ्चार माध्यममा मास्क, स्यानिटाइजर र पञ्जाजस्ता अत्यावश्यक सामग्रीसमेत प्रबन्ध नगरिएको पाइएको महासंघले जनाएको छ। महासंघले लकडाउनमा ज्यान जोखिममा राखेर काम...