Monday, May 20
Shadow

प्रदेश खबर

१० हेक्टर जमिनमा ४ हजार कागती

१० हेक्टर जमिनमा ४ हजार कागती

प्रदेश खबर, लुम्बिनी प्रदेश, समाज
बाँके । सिर्जना समुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा पर्ने करिब १० हेक्टर जमिनमा ४ हजार कागती लगाएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला स्थित सृजना समुदायिक वनले १० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीको विरुवा रोपेको छ । सृजना समुदायिक वनले यस क्षेत्रमा करिब २५ लाख लगानीमा मनोरञ्जनका लागि भ्यू टावर निर्माण गरेको छ । जंगल छेउमै भएकोले रमाउन आउने मानिसहरुलाई किरा, सर्प लगायत जनावरहरुको आक्रमण हुन सक्ने भन्दै समितिले भ्यू टावरको क्षेत्रमा तराई क्षेत्रमा नपाईने विरुवाहरु पनि लगाएको छ । कागती रोपाई गरेपछि जंगलका ठुला रुखहरुलाई हुर्कन र खाली जमिनको सदुपयोग भएको सिर्जना समुदायिक वनका अध्यक्ष दशरथ शर्मा पराजुलीले बताउनु भयो । गाँउका छेउमा रहेको जंगल सफा हुनुका साथ खाली जमिनलाई सदुपयोग गर्ने र स्थानीय बिपन्न परिवाहरुलाई रोजगारी मिल्ने तथा बैकल्पिक आर्थिक स्रोत बढ्ने भएकोले कागती रोपा...
हलोगोरुसहित सडकमा रोपाइँ

हलोगोरुसहित सडकमा रोपाइँ

प्रदेश खबर, सुदुरपश्चिम प्रदेश
काठमाडौं । धनगढीका स्थानीयले हलोगोरुसहित सडकमा रोपाइँ गरेका छन्। हसनपुर-शिवनगर हिलाम्य अवस्थामा रहेको सडकमा स्थानीयले विरोध गर्न रोपाइँ गरेका हुन्। उपमहानरपालिकाले सडक स्तरोन्नति गर्ने भनेर सडक भत्काएको तर नबनाएको भन्दै विरोध गर्दै उनीहरूले स्थानीय सरकार मुर्दावाद लेखेको प्लेकार्ड समेत बोकेर रोपाइँमा सहभागी भएका थिए। भएका संरचना भत्काउन आउने, बनाउने नआउने भन्दै केहीबेर सरकारविरूद्ध स्थानीयले नाराबाजी पनि गरेका थिए। पिच अवस्थामा रहेको सडक भत्काएपछि अहिले हिलाम्य भएर सास्ती भोग्नुपरिरहेको स्थानीयको भनाइ छ।...
भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

प्रदेश खबर, सुदुरपश्चिम प्रदेश
बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
महाकालीमा आएको बाढीले बगायो पुलको बाँध, ८ घर डुबानमा

महाकालीमा आएको बाढीले बगायो पुलको बाँध, ८ घर डुबानमा

प्रदेश खबर, सुदुरपश्चिम प्रदेश
कञ्चनपुर। महाकाली नदीमा आएको बाढीले निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । शनिबार राति आएको बाढीले निर्माणाधीन अवस्थामा रहेको करीब ९० मिटर अस्थायी बाँध बगाएको प्रहरी जनाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको ९० मिटर क्षेत्रको बाँध बगाएको जानकारी दिए । तटीय क्षेत्रन जिकै पर्ने दोधारा चाँदनी नगरपालिका-१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ८ वटा घरमा नदीको पानी पसेको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति भउको छैन । विस्थापित भएकाहरु आफन्त घरमा बसेका छन् । पहाडी जिल्लामा लगातार भइरहेको वर्षका कारण महाकाली नदीमा पानीको सहत बढ्ने, घट्ने क्रम जारी रहेको छ ...
सेती नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन अपिल

सेती नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन अपिल

सुदुरपश्चिम प्रदेश
डोटी । लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेपछि नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ । सेती नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन प्रहरी प्रशासनले आग्रह गरेको छ । त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी...
मेलम्चीमा भिषण बाढी/पहिरो, सातजनाकाे मृत्यु

मेलम्चीमा भिषण बाढी/पहिरो, सातजनाकाे मृत्यु

बागमती प्रदेश
सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको मेल्चीमा आएको बाढीले ठूलो क्षति गरेको छ । हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो पनि गएको छ । अहिलेसम्म सात जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ । हेलम्बुदेखि उर्लिएर नदि किनार करिडोरमा बितण्डा मच्याउँदै आएको बाढीले सदरमुकाम चौतारा जोड्ने पक्कि पुल बगाएको छ । राती करिब पौने २ बजेको समयमा चौताराबाट नवलपुर हुँदै सवारी बाट मेलम्ची जोड्ने पुल बाढीले भत्काएको हो । भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु बगाएको छ । रातिको समय र विद्यूत सेवा पनि अवरुद्ध भएकाले क्षतिको आँकलन हुन सकेको छैन । बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगे...
कालीकोटमा आयुर्वेदिक औषधि उत्पादन

कालीकोटमा आयुर्वेदिक औषधि उत्पादन

कर्णाली प्रदेश
मान्म। जिल्ला आयुर्वेद औषधालय कालीकोटले स्थानीय जडीबुटीको प्रयोग गरी विभिन्न रोग प्रतिरोेधी औषधि उत्पादन गर्न थालेको छ । यहाँ पाइने स्थानीय जडीबुटीबाट आयुर्वेद औषधि उत्पादन गर्न थालिएको हो । जिल्लालाई आयुर्वेद औषधिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थानीय जडीबुटीको उत्पादनलाई प्राथमिकतामा राखी औषधि उत्पादन गर्न थालेको कार्यालयले जनाएको छ । बाहिरबाट महँगो मूल्यमा किन्नुपर्ने अवस्था र आन्तरिक स्थानीय जडीबुटीको निर्यातलाई घटाउने मुख्य लक्ष्य रहेको कार्यालयका वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताउनुभयो । “स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गरेमा कम मूल्यमा जडीबुटी बिक्री गरी महँगो मूल्यमा आयुर्वेद औषधि किन्न बाध्य कालीकोटवासीको आर्थिक विकास तथा समुन्नत स्वास्थ्यलाई टेवा पुग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “हामीले स्थानीय जडीबुुटीको प्रयोग गरेर नै आयुर्वेद औषधि उत्पादन गरेका हौँ ।” अहि...
कर्णालीका किसानले मासिक एक हजार पाउने

कर्णालीका किसानले मासिक एक हजार पाउने

कर्णाली प्रदेश, प्रदेश खबर
कर्णाली । कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ। यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ। जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु ५०० दिनेगरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ। ‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत किसानले मासिक रु एक हजार प्राप्त गर्नेछन्। भत्ता पाउने गोठालोले भने पाँच भैँसी, ५० बाख्रा, पाँच चौँरी गाई, ५० भेडाको व्यावसायिक पालन गरेको हुनुपर्ने मापदण्ड राखिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले बताए। ‘नेपाल कृषि प्रधान देश भनिए पनि पछिल्लो समयमा कृषि पेशासहित कृषकहरुलाई हेयका दृष्टिले हेर्न थालिएको छ’, कृषि मन्त्री शाहीले भने, ‘कृषि क्षेत्र र यो पेशामा आबद्ध कृषकलाई प्रोत्साहित गरी कृषि पेशाप्रतिको आकर्षण र महत...
असार मसान्त नजिकिएसँगै मङ्गलबारदेखि हट्यो निषेधाज्ञा

असार मसान्त नजिकिएसँगै मङ्गलबारदेखि हट्यो निषेधाज्ञा

कर्णाली प्रदेश, प्रदेश खबर
हुम्ला । हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ को लिमीमा मङ्गलबारदेखि निषेधाज्ञा हटाइएको छ । वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असार मसान्त नजिकिएसँगै कामको चाप बढी हुने भएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीका लागि मङ्गलबारदेखि वडा नं ६ लिमी प्रवेश गर्न पाइने भएको छ । तील, जाङ, हल्जीगाउँका अगुवाको उपस्थितिमा कर्मचारीलाई मात्र प्रवेश गर्न दिइने भएको छ भने अन्य लिमी उपत्यकाको भ्रमणमा आउने आन्तरिक पर्यटकलाई प्रवेशमा निषेध यथावत् नै रहने भएको लिमी स्वास्थ्यचौकीका निमित्त कार्यालय प्रमुख लोकनाथ बोहराले बताउनुभयो । वडा नं ६ मा कार्यरत कर्मचारीलाई तलब खुवाउनुपर्ने र विभिन्न योजनाको काम गर्नुपर्ने भएका कारण अन्य नागरिकलाई प्रवेश गर्न नदिइने भएको भए पनि कर्मचारीलाई प्रवेशमा मङ्गलबारदेखि खुला गरिएको उहाँले जानकारी दिनुभयो । उत्तरी नाम्खा गाउँपा...
प्रहरी चौकी तोडफोड गरि असईमाथि खुकुरी हान्ने ५ जना पक्राउ

प्रहरी चौकी तोडफोड गरि असईमाथि खुकुरी हान्ने ५ जना पक्राउ

अपराध, प्रदेश नं. १, समाज
सुनसरी । सुनसरीको धरान बसपार्कमा रहेको प्रहरी चौकीतोडफोड गरि प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय बिक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भनिने सरोज लिम्बु ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु रहेका छन् । जेठ १३ गते साँझ धरान प्रहरी चौकीमा उजुरी दिन आएको एउटा समूहलाई अर्को समूहले खुकुरी प्रहार गर्न खोजेपछि रोक्न खोज्दा चौकी इञ्चार्ज असई सुमन दाहाल घाइते भएका थिए भने उनीहरुले चौकी नै तोडफोड गरेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तीन जनालाई १८ गते र दुई जनालाई सोमबार पक्राउ गरिएको हो । पक्राउ परेका पाँचै जनाविरुद्ध थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ...
अक्सिजनका कन्सेटेसर र सिलिन्डरसहित नेता नेपाल गाउँमा

अक्सिजनका कन्सेटेसर र सिलिन्डरसहित नेता नेपाल गाउँमा

बागमती प्रदेश
अक्सिजनका कन्सेटेसर र सिलिन्डरसहित नेता नेपाल गाउँमा सिन्धुपाल्चोक । वागमती प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य अरुण नेपालको नेतृत्वमा जिल्लाका अस्पताल, स्वास्थ्यचौकी र पालिकाहरुमा स्वास्थ्य सामाग्री बितरण गरिएको छ। जिल्लाका ब्यवसायी एवं पार्टीका नेता टपेन्द्र तिमल्सिना, लिसखु गाउँपालिका अध्यक्ष कमल नेपाल,नेकपा एमाले सुनकाेशि गाउँपालिका अध्यक्ष प्रेमलाल लामा हरुको सहकार्यमा जिल्लाको सुनकोसी गाउँपालिका वडा न. २, वडा न. ७ लामोसाघु, सदाबहार अस्पताल खाडीचौरमा स्वास्थ्य सामाग्री बितरण गरिएको हो। यस्तै जिल्लाको बाह्रबिसे नगर पालिकाको वडा न. १,२,३,५ र ७ मा पनि स्वास्थ्य सामाग्री बितरण गरिएको प्रदेश सभा सदस्य नेपालले बताउनु भयो। जलबिरे, खाडीचौर र बाह्रबिसे अस्पतालमा अक्सिजन उत्पादन गर्ने कन्सेटेसर,अक्सिजन सिलिन्डर लगाएत अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको थियो। पछि...
प्रदेश सभा सदस्य नेपालको नेतृत्वमा स्वास्थ्य सामाग्री वितरण

प्रदेश सभा सदस्य नेपालको नेतृत्वमा स्वास्थ्य सामाग्री वितरण

बागमती प्रदेश
सिन्धुपाल्चोक । पछिल्ला दिनहरुमा कोभिड-१९ को दोश्रो संक्रमणको लहर जिल्लाका गाउँ -गाउँसम्म फैलिए पछि जनप्रतिनिधिहरु समेत स्वास्थ्य सामाग्री सहित आ-आफ्नो निर्वाचन क्षेत्रका गाउँपालिका स्वस्थ्य चौकी पुग्न थालेका छन। पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य अरुण नेपालको नेतृत्वमा सिन्धुपाल्चोक क्षेत्र न. १ का स्थानीयनिकाय मार्फत स्वास्थ्य चौकीहरुमा वितरणका लागि कोभिड- १९ महामारीसंग सम्वन्धित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। जिल्लाको बाह्रविसे नगर पालिका सहित बलेफी, जुगल,सुनकोशी, लिसंखु,खाडीचौर,त्रिपुरा सुन्दरी र भोटेकोशी गाउँपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। स्थानीय जनप्रतिनिधिहरु मार्फत स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री बितरणका लागि स्थानीय निकाय नगर पालिका र गाउँपालिकाहरुमा हस्तान्तरण गरिएको प्रदेश सभा सदस्य अरुण नेपालले बताउनु भयो। कोभिड-१९ रोग रोकथाम, पीडितलाई र...
दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन  माधव नेपालकाे आग्रह

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालकाे आग्रह

बागमती प्रदेश
काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रित मारिएका थिए । उनीहरुको योगदानको स्मरण गर्दै नेता नेपालले भनेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’ नेकपा एमालेको विधान, व...
केपी ओली तेश्राे पटक प्रधानमन्त्री, मुलुक मध्यावधि चुनावतिर !

केपी ओली तेश्राे पटक प्रधानमन्त्री, मुलुक मध्यावधि चुनावतिर !

बागमती प्रदेश
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार अाजै अपरान्ह प्रधानमन्त्री र अन्य मन्त्रीहरूले पनि शपथ लिनेछन् । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा ...
कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

बागमती प्रदेश
नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने घोषणा गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले आफू सहभागी नहुने घोषणा गरेका हुन् । उनले परिषद्का अन्य सबै सदस्यहरुलाई समेत बैठकमा सहभागी नहुन आग्रह गरेका छन् । ‘नेपाली कांग्रेस संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ’, देउवाको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त...
प्रधानमन्त्रीद्वारा पुनर्निर्मित धरहराको उदघाटन

प्रधानमन्त्रीद्वारा पुनर्निर्मित धरहराको उदघाटन

बागमती प्रदेश
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गरे । २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए । बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।...