Wednesday, May 8
Shadow

प्रदेश खबर

सिङ्गो कर्णालीको एक्लो सन्त नेता : मनऋषि

सिङ्गो कर्णालीको एक्लो सन्त नेता : मनऋषि

mainnews, कर्णाली प्रदेश
जनादेशका सम्पादक पत्रकार कृष्णसेन इच्छुक तत्कालीन शाही सेनाबाट वेपत्ता पारिएपछि सम्पादक बनेका पत्रकार मनऋषि धिताल मार्क्सवादी सिद्धान्तबाट दिक्षित छन्। जनयुद्धको भट्टीमा खारिएर स्पात बनेका उनलाई सिद्धान्त व्यवाहारमा उतारेका एक पात्रकाे रुपमा बुझ्दा न्याय हुन्छ। यसकाे प्रमाण उनी इमानदार छन्, उत्तरदायी छन् र जिम्मेवार पनि। उनमा कुनैपनि खालकाे लाेभलालच छैन। एकातिर सिद्धान्त र आदर्श तथा अर्कातिर व्यवहार गरेर तथालिङ्ग राजनीतिकाे पछि नलागि इमान्दारिताका सथा जिम्मेवारी निभाउँदै आएका उनलाई यतिबेला नेकपा माओवादी केन्द्र जुम्लाले प्रतिनिधि सभाकाे सम्भावित उम्मेदवारकाे रुपमा सिफारिस गरेकाे छ। उनी सँगै पूर्व सभासद् एवम् कर्णाली प्रदेशका पूर्व काननु मन्त्री नरेश भण्डारी, पूर्व राज्यमन्त्री गाेमा कुँवर र कर्णाली विकास आयाेगका पूर्व अध्यक्ष डा. कल बहादुर राेकाया पनि सम्भावित उम्मेदवारकाे सुचिमा छन्। य...
सिट बाँडफाँटमा गठबन्धनभित्र कति हाे त विवाद ?

सिट बाँडफाँटमा गठबन्धनभित्र कति हाे त विवाद ?

mainnews, लुम्बिनी प्रदेश
काठमाडौ । पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि हुँदै आएको छलफल आइतबार पनि ठोस सहमतिमा पुग्न सकेको छैन । आइतबार बसेको गठबन्धनको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरे पनि सिट बाँडफाँटमा कुरा नमिलेपछि बैठक सोमबारका लागि सारिएको छ । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे समीक्षा भएको तर शीर्ष नेताको बीचमा कुरा नमिल्दा भोलि फेरि छलफल गर्ने गरी बैठक टुङ्ग्याइएको जसपाका नेता रामसहाय यादवले बताए  मुख्यतः कसले कति सिट लिने भन्ने विषयमा कुरा नमिलेको उनको भनाइ छ । गठबन्धनमा रहेका दलले आफ्ना अडानमा केही लचकता देखाएको अवस्थामा सहमति जुट्न कठिन नभएको गठबन्धन घटककै अर्का एक नेताले बताए । तर नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका कारण गठबन्धनमा कुरा मिलाउन गाह्रो भइरहेको ती नेताको भनाइ छ । विगतमा जितेको सिटभन्दा बढी सिटमा नेकपा एकीकृत समाजवादी र जसपाले दाबी गर...
तत्कालिन जनसेनाकाे ब्यारेक खण्डहरमा परिणत, संरक्षणमा बेवास्ता

तत्कालिन जनसेनाकाे ब्यारेक खण्डहरमा परिणत, संरक्षणमा बेवास्ता

mainnews, लुम्बिनी प्रदेश
दाङ । मुल प्रवेशद्वारमा काठको कलात्मक तर जीर्ण गेट छ । प्रवेशद्वारभित्र कतै टिन, कतै ढुंगामाटोको घरहरु देखिन्छन्, जसको अवस्थामा नाजुक छ । केही घर त भत्किसकेका छन् । केही भत्किने अवस्थामा छन । कुनै घरको छानो छ, भित्ता छैन भने कुनैको भित्ता छ, छानो छैन । कोही नयाँ मान्छे त्यहाँ पुगेर पहिलो पटक ती घरको अवस्था हेर्दा उसको मनमा भट्ट आउँछ– द्वन्द्वका क्रममा बम र बारुदले भत्किएका घर रहेछन् । तर वास्तविकता त्यो होइन । यी जीर्ण घर शान्ति स्थापना पछि बनेका तत्कालीन माओवादी लडाकु जनमुक्ति सेनाले प्रयोग गरेको ब्यारेक हो । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा बनाइएको यो ब्यारेकमा कुनै बेला करिब तीन हजार जनमुक्ति सेना परेड खेल्थे । महिला सामुदायिक वनको करिव १६ हेक्टर क्षेत्रफलमा फैलिएको ब्यारेक निर्माण भएको करिव ६ वर्षमै रित्तो भयो । यहाँ रहेका तत्कालीन जनमुक्ति सेनामध्ये केही सेना समायोजन...
उपाध्यक्ष सिंहको कामले जेष्ठ नागरिकको मुहारमा खुशी छायो

उपाध्यक्ष सिंहको कामले जेष्ठ नागरिकको मुहारमा खुशी छायो

कर्णाली प्रदेश, राजनीति
कालिकोट । सान्नीत्रिबेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह बंैकका कर्मचारीहरुलाई सगै लिएर जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता आफै वितरण गरिरहेकी छन् । पालिकाको केन्द्रमा पुग्न दिनभरी हिडेर जानुपर्ने र पुगिसकेपनि घण्टौंसम्म जेष्ठ नागरिकहरुले लाइन बस्नेपर्ने स्थितिको अन्त्य गर्ने भन्दै पालिका र बैंक कर्मचारीहरुलाई साथमै लिएर उपाध्यक्ष घरघरमा आफै पुगेर भत्ता वितरण गरिरहेकी छन् । सानिमा बैंक शाखा र सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखासँंगको विशेष समन्वयमा जनताको घर घरमै घुम्ती बैंक सेवा मार्फत सो काम उपाध्यक्षकै पहलमा भइरहेको स्थानीयवासीले बताएका छन् । सान्नी त्रिबेणी गाउँपालिकाले बैंकको अन्य कारोबार र सेवाग्राहीलाई ध्यानमा राखी बिदाको दिन शनिबार घुम्ती सेवा मार्फत वडा मै गएर वितरण गरिरहेको छ । उपाध्यक्षको उक्त कार्यबाट नौ वटै वडाका जेष्ठ नागरिकहरु खुसी हुँदै स्यावासी दिइरहेका छन् । “सर...
नेता पुनसहित ६७ जना माओवादीमा ध्रुविकृत, माओवादी धारा एकीकृत हुन प्रचण्डकाे अपिल

नेता पुनसहित ६७ जना माओवादीमा ध्रुविकृत, माओवादी धारा एकीकृत हुन प्रचण्डकाे अपिल

सुदुरपश्चिम प्रदेश
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै धारा एकीकृत हुन आवश्यक रहेको बताएका छन् । बुधबार पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित नेता अाेमप्रकाश पुनलगायतकाे टिमसहितकाे ध्रुवीकरण कार्यक्रममा अध्यक्ष प्रचण्डले विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिरिएको र अहिले तिनैमध्ये कतिपय साथीहरु फर्किन थालेको बताए । ‘क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो,’ उनले विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै भने । कार्यक्रममा बाेल्दै विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज पुनले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्...
सान्नि त्रिवेणी गा.पा.काे घाेषणा : रकु-मुम्रा ट्रयाक पहिलाे प्राथमिकता

सान्नि त्रिवेणी गा.पा.काे घाेषणा : रकु-मुम्रा ट्रयाक पहिलाे प्राथमिकता

mainnews, कर्णाली प्रदेश
सान्नि । सान्नि त्रिवेणी गाउँपालिकाअध्यक्ष माेहन बहादुर केसी र उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले रकु र मुम्रा जाेड्ने सडक पहिलाे प्राथमिकतामा रहेकाे बताएका छन् । मंगलबार उनले आफ्नाे कार्यकक्षमा पदभार ग्रहण गर्दै उक्त घाेषणा गरेका हुन्। पदभार गर्दै अध्यक्ष माेहनबहादुर केसीले जनताकाे वास्तविक प्रतिनिधि भएर गाउँपालिका नेतृत्व गर्ने माैका सान्नी त्रिवेणीका जनताले अाफूलाई दिएकाे भन्दै याे कार्यकाल जनताप्रति समर्पित भएर लाग्ने प्रेरणा मिलेकाे बताए । "जनताका अाधारभूत मुद्धा पुरा गरिछाड्ने मेराे दृढ इच्छा छ, सान्नी त्रिवेणीवासीकाे सहकार्यकाे पूर्ण अपेक्षा छ" केसीले भने । त्यस्तै उपाध्यक्षा सिंहले २०७९ वैशाख ३० गते भएको निर्वाचनका लागि नेकपा एमालेले आफूलाई प्रतिनिधिका रुपमा उपाध्यक्ष पदमा उठाउँदा जनताले त्यसलाई अनुमाेदन गर्दा काम गर्ने अवसर जुरेकाे उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले बत...
अवधि सकिने स्थानीय जनप्रतिनिधि पनि काम चलाउ !

अवधि सकिने स्थानीय जनप्रतिनिधि पनि काम चलाउ !

कर्णाली प्रदेश, समाज
काठमाडौ । स्थानीय चुनाव ६ महिनापछि गर्ने निर्णयसँगै सत्तारुढ पाँचदलीय गठबन्धन र कानुनविदले पदावधी पुगेका जनप्रतिनिधिलाई काम चलाऊ भन्ने निर्णय गरेका छन् । संघीय र प्रदेश सरकारको हकमा भने अर्को नआउन्जेलसम्मलाई काम गर्न परे निर्णय गर्न नपाउने तर, ‘काम चलाऊ’का रुपमा रहन दिने व्यवस्था गरेको छ। तर, तल्लो तहको सरकारका रुपमा परिचित स्थानीय तहमा पदावधि सकिएपछि काम चलाऊ हुने व्यवस्थाको परिकल्पना गरिएको छैन। वैशाख र असारमा पाँच वर्षे कार्यकाल पुगेका गाउँ र नगर सभाका जनप्रतिनिधिलाई काम चलाऊ भनेर काम गर्न दिने करिब समझदारी बनेर निर्णय गरिएको कानुनविद् तथा पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले बताए। ‘स्थानीय तहमा पनि काम चलाऊ सरकार हुने प्रोभिजन राख्ने निर्णय भएको छ,’ श्रेष्ठले भने, ‘पदावधि सकिएको ६ महिनाभित्र निर्वाचन हुँदा त्यस्ता जनप्रतिनिधिले काम चलाउको रुपमा काम गन पाउनेछन्। त्यस्ता जनप्...
कर्णालीकै एकमात्र हस्पीटालिटी : कुलिनरी

कर्णालीकै एकमात्र हस्पीटालिटी : कुलिनरी

mainnews, कर्णाली प्रदेश, पर्यटन, विशेष खबर
जन्मदेव जैसी, सुर्खेत । आफ्नै प्रदेशमा व्यवसायिक शिक्षा र मौलिक सिप सिक्न पाउनु सम्पूर्ण कर्णालीवासीहरुका लागि गौरवको विषय हो । शिक्षा बस्तुवादी हुनुपर्छ, व्यवहारिक र बैज्ञानिक हुनुपर्छ भन्नेहरुका लागि त यो उदाहरणीय काम हो । राज्यबाट दोश्रो नागरिकको व्यवहार खेपिरहेको कर्णाली किन उत्पीडनमा परेको छ ? हामी उत्पीडित क्षेत्रबाट कहिले समृद्धि कर्णाली भन्ने स्थितिमा पुग्ने ? अब यो उद्देश्य निश्चित राजनीतिक दल या कार्यकर्ताले भाषण गर्ने मसाला बनाएर मात्र पुग्दैन । हामी सबै कर्णालीवासी जो साँच्चिकै शैक्षिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं सामाजिक रुपमा समृद्ध बन्ने हो भने हरेक क्षेत्रलाई आत्मनिर्भर बनाउन व्यवसायिक शिक्षा र मौलिक सिपसहितको रोजगार अनिवार्य शर्त हो । हाम्रो सुन जस्तो कर्णालीमा अनेक सम्भानाहरु छन् तर ती सम्भावनाहरुको खोजी गर्न छाडेर बेरोजगारीको पिडाले कर्णालीबाट हजारौ युवाहरु बर्ष...
ओलीको गलत विचार, प्रवृत्तिकाे कारण देखाउँदै छाेडे वामदेवले एमाले

ओलीको गलत विचार, प्रवृत्तिकाे कारण देखाउँदै छाेडे वामदेवले एमाले

बागमती प्रदेश
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका हुन् । गौतमले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाई‌ंका गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’ ओलीमाथि के-के छन् गौतमका आरोप ? राजीनामा पत्रका गौतमले एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् । प्रधानमन्त्री भएपछि वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)को घोषणापत्रलाई पनि लागू नगरेको भन...
“बालबालिका ओसारपसार गर्नु अपराध हो, राज्यले अभिभावक बन्नुपर्छ”

“बालबालिका ओसारपसार गर्नु अपराध हो, राज्यले अभिभावक बन्नुपर्छ”

बागमती प्रदेश, समाज
काठमाडौँ । बालबालिकाको अभिभावकत्व राज्यले गर्नुपर्ने एक कार्यक्रमको बक्ताहरुले बताएका छन् । उनीहरुले असारपसार गर्नु सामाजिक अपराध भएको बताउँदै आमा बुबासँग बसेर हुर्किन पाउनु बालबालिकाका पहिलो अधिकार भएको बताएका हुन् । शुक्रबार संवाद डबलीले आयोजना गरेको ‘२७ बालबालिका उद्धार र ७ प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नायक तथा चलचित्र निर्मातामा नवल खड्काले राज्यले अभिभावकत्व नगरेकै कारण बालबालिका ओसारपसार भइरहेको बताए । राज्यको महत्वपूर्ण निकायमा बसेका व्यक्तिहरुको मिलिभगतमा बालबालिका किनबेच र व्यपारको बस्तु भइरहेको दाबी गरे । कार्यक्रममा बोल्दै खड्काले गरिबीकै कारण बालगृहमा पुग्ने गरेको बताउँदै बालबालिकाको नैसर्गिक अधिकारको राज्यले ग्यारेण्टी गर्ने बताए । राज्य जिम्मेवार भएमात्रै आँखा फुटाएर, हात बाँचेर बालबालिकालाई माग्ने काममा लगाएर भइरहेको कमाउ धन्दाको अन्त्य हुने बताए । महिल...
कुलप्रसाद केसी ‘स्वनाम’ लुम्बिनी प्रदेशको मुख्यमन्त्री

कुलप्रसाद केसी ‘स्वनाम’ लुम्बिनी प्रदेशको मुख्यमन्त्री

लुम्बिनी प्रदेश
बुटवल । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । को हुन् केसी ? तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार हुँदै कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । नेकपा (एमाले) र माओवादी केन्द्रको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए । नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा, लिवाङका केसी २०५९ सालमा मा...
कालिकाेटकाे जिते वजार उच्च जोखिममा

कालिकाेटकाे जिते वजार उच्च जोखिममा

कर्णाली प्रदेश
कालीकोट- लगातारको परेको पानीले कर्णाली नदी र तिलाकर्णाली नदी दुवैमा पानीको सतह वढेको छ । दुवै नदीमा पानीको सतह वढेपछि कर्णाली उर्लिएको छ । कर्णाली र तिलाकर्णालीको दोभान जितेमा दुवै तर्फको पानीको वहाफ उच्च भएपछि हिउदमा खाली रहेको जमिन समेत पुरिएको छ । दुवै तर्फवाट वग्ने दुई नदीमा पानीको वहाफ वढेपछि पुरै वगर जलमङन भएको छ । जिते वजारको छेउ सम्म पानी पुगेको छ । पानीको श्रोत स्थीर हुदा दुवै तर्फ खोला जस्तै देखिन नदी आजभोली एकैनासका भएका छन । पानीको सतह पहिलेका वर्ष भन्दा निकै माथि आएको स्थानीय ब्यापारीले वताएका छन । उद्योग वाणिज्य संघका पुर्व उपाध्याक्ष डिलवहादुर शाहीले यो वर्ष दुवै नदी ९कर्णाली र तिला० मा पानी निकै वढेको वताउनुभयो । उहाँले आफु जितेवजारमा ब्यपार गर्न लागेको १६ वर्ष भएको र सबै भन्दा वढी पानीको वहाफ यो वर्ष देखेको वताउनुभयो । गत वर्ष सबै भन्दा ठुलो आयो वाढी भनेका थियौ । तर ...
कर्णालीमा कोरोना संक्रमण बढ्रयाे

कर्णालीमा कोरोना संक्रमण बढ्रयाे

कर्णाली प्रदेश
काठमाडौं । सात प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा दोस्रो लहर उत्कर्षमा पुग्दा जेठ पहिलो साता दैनिक ८ सयदेखि एक हजार संक्रमित भेटिएका थिए । त्यतिबेला दिनमा १५ सयदेखि २ हजार नमुना परीक्षण हुने गर्थ्यो । त्यसयता संख्यात्मक हिसाबले केही तलमाथि हुँदै संक्रमण विस्तारै ओरोलो लाग्यो । असार ६ गते ३७ जना (१०.०३ प्रतिशत संक्रमणदर) मात्रै नयाँ संक्रमित थपिए । यो संख्या दोस्रो लहर उत्कर्षमा पुगेर ओरालो झर्ने संक्रमितको सबैभन्दा कम थियो । तर पछिल्लो समय प्रदेशमा संक्रमणको दर फेरि उकालो लागेको छ । निषेधाज्ञा खुकुलो भएपछि जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही हुन थालेको र संक्रमितको संख्या पनि दिनहुँ बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्का बताउँछन् । ‘निषेधाज्ञा खुलेपछि विस्त...
प्रधानमन्त्रीप्रति विप्लव असन्तुष्ट, छलफलका लागि बालुवाटार

प्रधानमन्त्रीप्रति विप्लव असन्तुष्ट, छलफलका लागि बालुवाटार

बागमती प्रदेश, समाज
काठमाडौ । सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहमति कार्यान्वयन हुन ढिलाइ भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेको छ । गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो । सहमतिअनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई तत्काल रिहा गर्ने भनिएको थियो । तर सहमतिको ४ महिना बितिसक्दा पनि अधिकांश नेता कार्यकर्ता अझैपनि जेलमा रहेका हुन् । यसैबीच पक्राउ परेका कार्यकर्ता रिहाइको विषयमा छलफल गर्नका लागि विप्लव नेतृत्वको नेकपाका नेताहरु बालुवाटार जाँदैछन् । सचिवालय सदस्यहरु  खड्गबहादुर विश्वकर्मा प्रकाण्ड,  धर्मेन्द्र बास्ताेला, नेता उदय चलाउने सहितकाे टाेली...
जनतालाई संकट पर्दा हाम्राे पार्टी हरबखत साथमा छ : माइला लामा

जनतालाई संकट पर्दा हाम्राे पार्टी हरबखत साथमा छ : माइला लामा

बागमती प्रदेश
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेकपा काठमाडौँले आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रसको केन्द्रीय रक्तसंचार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा करिब २ सय पार्टीका नेता कार्यकर्ता र समर्थक तथा शुभचिन्तकले रक्तदान गरेका थिए । नेकपाका केन्द्रीय सदस्य माइला लामाले कोरोनाका कारण राष्ट्र र नागरिकलाई परेको समस्यामा पार्टी पनि सहभागी भएको बताए । उनले केन्द्रीय रक्तसंचार केन्द्रमै रगतमा अभाव हुँदै गएको भन्ने जानकारी पाएपछि रक्तदान आयोजना गरिएको बताए । “कोरोनाका कारण रगत अभावका कारण नागरिकको ज्यान गइरहेको सुन्नमा आएको छ । राष्ट्र र नागरिकलाई आएको संकटमा सहभागीमा हुन्छौं भनेर पार्टीका नेता, कार्यकर्ता, तथा युवायुवतीहरुको उत्साहजनक सहभागी हुनुभएको छ । कोरोनासँगको लडाइँमा रक्तदानले सहयोग हुनेछ” माइला लामाले भने ...
चोरी भएको घट्नाको असुसन्धान गर्न नेकपा नुवाकाेटको माग

चोरी भएको घट्नाको असुसन्धान गर्न नेकपा नुवाकाेटको माग

बागमती प्रदेश
नुवाकोट । जिल्लाकाे पञ्चकन्या गाउँपालिका वडा नं २ मा सामाजिक सुरक्षा भत्ता चोरी भएको घट्नाको असुसन्धान गर्न नेपाल कम्युनिस्ट पार्टी नुवाकाेटले माग गरेकाे छ । सामाजिक सुरक्षा भत्ता वितरणका लागि ल्याईएको रकम ५० लाख र करबाट प्राप्त रकम ३ लाख सहित ५३ लाख रुपैया गत २०७७ चैत्र २४ गते राती चोरी भएको थियाे । साे घट्नाप्रति आफनो ध्यानाकर्षण भएको बताउँदै नेपाल कम्युनिस्ट पार्टीले यदि छानविन नगरी रकम चोरीको बहानामा भ्रष्ट्राचारलाई प्रसय दिने काम गरिए जनकार्वाही गर्ने चेतावनी दिएको छ । नेकपाका नुवाकोट जिल्ला इन्चार्ज विन्दु र सेक्रेटरी सृजनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त चोरीको घट्नामा संलग्नहरु अहिलेसम्म पनि पत्ता नलागेको र घटनाको अनुसन्धानलाई प्रभावित पार्ने खालका क्रियाकलाप भईरहेकोले उक्त कार्य बन्द गर्न तथा घटनाको सत्य, तथ्य पत्ता लगाई दोषी उपर कार्वाही गर्न माग गरेका छन् । न...