Friday, April 26
Shadow

समाज

सडकमा उत्रिए सुकुम्वासी

सडकमा उत्रिए सुकुम्वासी

mainnews, समाज
सरकारले बागमती नदी करिडोर क्षेत्रका घर टहरा भत्काउने अल्टिमेटम दिएको भन्दै सुकुम्वासीहरू आन्दोलनमा उत्रिएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार एक सूचना जारी गर्दै १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घर टहरा भत्काउन अल्टिमेटम दिएको हो । सुकुम्वासीहरूको समस्या समाधान नगरी घर टहरा भत्काउने निर्देशन दिइएको भन्दै सुकुम्वासीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आफूहरूलाई संविधानविपरीत हटाउन लागेको उनीहरूको गुनासो छ । यसै सन्दर्भमा उनीहरूले बिहीबार राजधानीमा खबरदारी र्‍यालीको आयोजना गरेका छन् ।...
पत्रकार महिलालाई न्याय र श्रमकाे सम्मान दिलाउन श्रमजीवी-पत्रकार संघकाे माग

पत्रकार महिलालाई न्याय र श्रमकाे सम्मान दिलाउन श्रमजीवी-पत्रकार संघकाे माग

mainnews, अपराध, समाज
काठमाडौँ। तीन वर्षअघि काम गरेको सञ्चार संस्थाका सञ्चालकको प्रेम प्रस्ताव अस्वीकार गर्दा निरन्तर मानसिक यातना खेप्दै आएकी पत्रकार कञ्चन न्यौपानेलाई न्याय दिलाइ पीडक माधव गुरागाइँलाई हदैसम्मकाे कारवाही गर्न श्रमजीवी-पत्रकार संघ, नेपालले सरकारसमक्ष माग गरेकाे छ । साथै संघले वषाैंदेखि नेपाल आजमा काम गर्दै आएका पत्रकारहरूकाे पारिश्रमिक उपलब्ध गराउन पनि सराेकारवाला निकायकाे ध्यानाकर्षण गरेकाे छ । संघका अध्यक्ष जन्मदेव जैसीले आइतवार एक विज्ञप्तिमार्फत् चेतावनी दिंदै यदि आफूहरूले उठाएका माग पुरा नभए सराेकारवाला निकाय र स्वयं पीडक संस्थाविरूद्ध आन्दाेलनमा जाने बताएका छन् । नेपाल आजमा काम गर्ने वातावरण नभएपछि संस्था छाडेकी पत्रकार कञ्चन न्याैपानेले  त्रासदीपूर्ण हैरानी बेहोर्नुपरेको एक लेखमार्फत यसैसाता खुलासा गरेकी छन् । अनेक बहानामा आफूलाई मात्र होइन, परिवार, आफन्त र सहकर्मीसम्मलाई फोन र म्य...
प्रचण्डको हातबाट जग्गाको लालपूर्जा पाएपछि आँपटारीका भूमिहीन दलित बस्तीमा खुशीयाली

प्रचण्डको हातबाट जग्गाको लालपूर्जा पाएपछि आँपटारीका भूमिहीन दलित बस्तीमा खुशीयाली

समाज
चितवन । चितवनका भूमिहीन दलित समुदायले जग्गाको लालपूर्जा पाएपछि खुशीले गदगद भएका छन् । बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले चितवनको भरतपुरस्थित आँपटारीका भूमिहीन दलितहरुलाई जग्गाको लालपूर्जा वितरण गरेका थिए । अहिलेसम्म बसोबास गरेपनि लालपूर्जा नपाएका दलितलाई लालपूर्जा वितरण गर्दै प्रचण्डले भूमिहीनलाई जग्गाको धनी बनाउने सपना पूरा हुन लागेको बताए । नेपालमा भूमि समस्या समाधान नगरिकन समृद्धि नआउने भन्दै अध्यक्ष प्रचण्डले भूमिको उत्पादकत्व वृद्धि गर्ने, व्यावसायीकरण र आधुनिकीकरण गरेर अघि बढ्नुपर्ने बताए । “२०३६ सालदेखि जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र पछिल्लो पटक संविधान निर्माणका क्रममा मैले महुसस गरें कि जबसम्म हामीले नेपालमा भूमिहीन, सुकुम्बासी र गरिब किसानहरुलाई जमिनको मालिक बनाउन सक्दैनौं । भूमि समस्या समाधान गर्न सक्दैनौं । हामीले भन्ने गरेको समृद्धि आउँदैन” प्रचण्डले भने ।...
पत्रकार भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

पत्रकार भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

राजनीति, समाज
काठमाडौं । पत्रकार केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आइतबार मन्त्रालयका आयोजित एक कार्यक्रमका विच उनलाई पुरस्कार प्रदान गरेको हो । भुल पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कारका लागि छनौट भएका थिए । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले भुल सहित चार जना पत्रकारलाई आर्थिक वर्ष २०७८/७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुनेमा अन्य पत्रकारमा पुर्ण बहादुर खड्का, बसन्ती बास्तोला र सिताराम ओझा रहेका छन् । उनीहरु सबै जनालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरेका हुन् ।युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैया रहेक...
आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी शुरू भएकाे थियाे याे दिवस मनाउने परम्परा ?

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी शुरू भएकाे थियाे याे दिवस मनाउने परम्परा ?

समाज
आज ८ मार्च अर्थात ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस । श्रम र मताधिकारको लागि महिलाहरुको संघर्षको सफलतालाई सम्मान गर्न यो दिवस मनाइन्छ । अमेरिकाको न्यूयोर्क सिटीमा सन् १९०८ मा १५ हजार महिलाले काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित आन्दोलन गरेका थिए । सन् १९०८ मा अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो। सन् १९१० मा समाजवादी महिला नेतृहरुको पहलमा कोपनहेगनमा भएको श्रमिक महिला अन्तर्राष्ट्रिय सम्मेलनमा क्रान्तिकारी महिला नेतृ क्लारा जेट्किनले महिलाको अधिकार प्राप्तिको आन्दोलनलाई विश्वव्यापी बनाउन भन्दै श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् । सोही सम्मेलनले ८ मार्चको दिन यसलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको हो । समाजवादी महिला नेतृको पहलमा श्रमिक महिलाको पक्षमा लडेका १७ देशका १०० ...
अवधि सकिने स्थानीय जनप्रतिनिधि पनि काम चलाउ !

अवधि सकिने स्थानीय जनप्रतिनिधि पनि काम चलाउ !

कर्णाली प्रदेश, समाज
काठमाडौ । स्थानीय चुनाव ६ महिनापछि गर्ने निर्णयसँगै सत्तारुढ पाँचदलीय गठबन्धन र कानुनविदले पदावधी पुगेका जनप्रतिनिधिलाई काम चलाऊ भन्ने निर्णय गरेका छन् । संघीय र प्रदेश सरकारको हकमा भने अर्को नआउन्जेलसम्मलाई काम गर्न परे निर्णय गर्न नपाउने तर, ‘काम चलाऊ’का रुपमा रहन दिने व्यवस्था गरेको छ। तर, तल्लो तहको सरकारका रुपमा परिचित स्थानीय तहमा पदावधि सकिएपछि काम चलाऊ हुने व्यवस्थाको परिकल्पना गरिएको छैन। वैशाख र असारमा पाँच वर्षे कार्यकाल पुगेका गाउँ र नगर सभाका जनप्रतिनिधिलाई काम चलाऊ भनेर काम गर्न दिने करिब समझदारी बनेर निर्णय गरिएको कानुनविद् तथा पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले बताए। ‘स्थानीय तहमा पनि काम चलाऊ सरकार हुने प्रोभिजन राख्ने निर्णय भएको छ,’ श्रेष्ठले भने, ‘पदावधि सकिएको ६ महिनाभित्र निर्वाचन हुँदा त्यस्ता जनप्रतिनिधिले काम चलाउको रुपमा काम गन पाउनेछन्। त्यस्ता जनप्...
‘३० बर्षसम्म गोञ्जालोलाई जेलमा राख्नु अमानवीय कार्य’

‘३० बर्षसम्म गोञ्जालोलाई जेलमा राख्नु अमानवीय कार्य’

समाज
काठमाडौँ । नेपालका विभिन्न कम्युनिस्ट पार्टीका नेताहरु पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अमिमायल गुञ्जमान ‘गोञ्जालो’ लाई रिहाईको माग गरेका छन् । उनीहरुले तीन दशकसम्म जेलमा राख्नु अमानवीय कार्य भएको बताउँदै तत्काल रिहा गर्न पेरु सरकारसँग माग गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिबार संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले ८९ बर्षको उमेर पुग्दा पनि जेलमै राख्नु पेरु सरकारको अमानवीय कार्य भएको बताउँदै तत्काल रिहा गर्न माग गरे । उनले तत्कालिन फुजिमोरी सरकारले अमेरिकाका आडमा पेरुभियाली जनताको लागि संघर्ष गर्ने गोञ्जालोलाई आजीवन काराबास राख्ने सजाय दिएको भन्दै रिहा गर्न माग गरे । नेपालामा जनयुद्ध सुरु गर्नुअघि पेरु कम्युनिस्ट पार्टीबाट आफूहरुले प्रेरणा लिएको गजुरेलले ब...
“बालबालिका ओसारपसार गर्नु अपराध हो, राज्यले अभिभावक बन्नुपर्छ”

“बालबालिका ओसारपसार गर्नु अपराध हो, राज्यले अभिभावक बन्नुपर्छ”

बागमती प्रदेश, समाज
काठमाडौँ । बालबालिकाको अभिभावकत्व राज्यले गर्नुपर्ने एक कार्यक्रमको बक्ताहरुले बताएका छन् । उनीहरुले असारपसार गर्नु सामाजिक अपराध भएको बताउँदै आमा बुबासँग बसेर हुर्किन पाउनु बालबालिकाका पहिलो अधिकार भएको बताएका हुन् । शुक्रबार संवाद डबलीले आयोजना गरेको ‘२७ बालबालिका उद्धार र ७ प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नायक तथा चलचित्र निर्मातामा नवल खड्काले राज्यले अभिभावकत्व नगरेकै कारण बालबालिका ओसारपसार भइरहेको बताए । राज्यको महत्वपूर्ण निकायमा बसेका व्यक्तिहरुको मिलिभगतमा बालबालिका किनबेच र व्यपारको बस्तु भइरहेको दाबी गरे । कार्यक्रममा बोल्दै खड्काले गरिबीकै कारण बालगृहमा पुग्ने गरेको बताउँदै बालबालिकाको नैसर्गिक अधिकारको राज्यले ग्यारेण्टी गर्ने बताए । राज्य जिम्मेवार भएमात्रै आँखा फुटाएर, हात बाँचेर बालबालिकालाई माग्ने काममा लगाएर भइरहेको कमाउ धन्दाको अन्त्य हुने बताए । महिल...
कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

समाज
मान्म । कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका यी बस्ती राजमार्ग आएपछि बनेका नयाँ बस्ती हुन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर बनेपछि बनेका बस्ती कर्णाली नदी किनारमा रहेकाले बाढी पहिरोको उच्च जोखिममा रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । “कर्णाली नदी किनारमा बनेका बजार विकासको गतिसँगै बनेका हुन्”, उहाँले भन्नुभयो, “जुन ठाउँमा नदीमा जोखिमका बस्ती छन् । यी पहिला थिएनन् । नयाँ बस्ती नदी किनारमा भएका कारणले उ...
आजदेखि मनसुन सक्रिय हुदै, कुन-कुन स्थानमा हुदै छ भारी वर्षा

आजदेखि मनसुन सक्रिय हुदै, कुन-कुन स्थानमा हुदै छ भारी वर्षा

समाज
काठमाडौं । सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । पौडेलका अनुसार आज रातिसम्म उक्त रेखा नेपालको तराई भू-भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदैँ देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्क...
भारतबाट ४ जना बालिकाको उद्धार

भारतबाट ४ जना बालिकाको उद्धार

समाज
बांके । शान्ति पुनर्स्थापना गृहले ४ जना बालिकाको उद्धार गरेको छ । शुक्रबार शान्ति पुनर्स्थापना गृहको शाखा कार्यालय नेपालगन्जले ४ जना बालिकाको उद्धार गरेको हो । भारतको उन्नाउबाट कैलालिको तीन र बर्दियाका एक जना बालिकाको उद्धार गरेको हो । गृहले उद्धार गरिएकी कैलालीकी १५,१८,१८ बर्षकी तीन जना बालिका छन् भने बर्दियाकी १७ बर्षकी बालिका रहेकी छन् । उनिहरुलाइ गृहले भारतको उन्नाव अरोडा कम्पनीको मिट लाईनमा काम गराउदै गर्दा उद्धार गरेको हो। उनिहरुलाइ कम पारिश्रमिकमा १२ घन्टा भन्दा बढी काम गर्नुपर्ने बाहिर निस्किन नदिइ व्यवहार बाल शोषण गरेको गृहले जनाएको छ । उनिहरुलाइ भारतको उन्नाउबाट शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय नेपालगन्ज हेल्प क्रस टृसटसगको सहकार्यमा उद्दार गर्दै शनिबार इलाका प्रहरी कार्यालय टिकापुर कैलालीको सहयोगमा कैलालीका ३ बालिका र इलाका प्रहरी कार्यलय राजापुरको सहयोमा बर्दियाकी...
काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, के-के मा भयो खुकलो

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, के-के मा भयो खुकलो

समाज
काठमाडौं । काठमाडौं उपत्यकामा जारि निषेधाज्ञा १० दिन थपिएको छ । आईतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पुनः निषेधाज्ञा थपेका हुन् । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताउनुभएको हो । तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शइयालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गर...
निर्मला प्रकरणका तीन वर्षः अझै अपराधि पत्ता लाग्न सकेन

निर्मला प्रकरणका तीन वर्षः अझै अपराधि पत्ता लाग्न सकेन

समाज
महेन्द्रनगर । भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ । साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्र्पकबिहीन भएकी उनीको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो । ‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मलाका बुबा, स्थानीयवासी र अधिकारकर्मीले आज दिउँसो महेन्द्रनगर बजारमा ¥याली निकालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त प्रकरणको सघन रुपमा अनुसन्धान भइरहेको जनाएको छ । घटनापछि तीन वर्षदेखि निरन्तर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कञ्चनपुरमै बसेर अनुसन्धानमा खटिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालयमा आउने प्रहरी नायब उपरीक्षकलाई अनुसन्धान अधिकृत खटाएर जिल्लास्तर र प्रदेशबाटसमेत घटनाका अनुसन्धानमा प्रहरीका छुट्टा छट्टै टोली परिचालित छन् । घटनामा संलग्न जना...
सोमबारदेखि मनसुन सक्रिय हुने

सोमबारदेखि मनसुन सक्रिय हुने

समाज
काठमाडौं । सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । “आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो”, मौसमविद् पौडेलले भन्नुभयो । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदैँ देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले...
आज गुरु पूर्णिमा पर्व मनाइँदै

आज गुरु पूर्णिमा पर्व मनाइँदै

समाज
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः । गुरुस् साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।। माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। गुरु पूर्...
खोप लगाउन पनि सोर्सफोर्स !

खोप लगाउन पनि सोर्सफोर्स !

समाज
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो । सरकारले कोभिड खोपका लागि लक्षित समूहको प्राथमिकीकरण योजना बनाएको छ । तर, सरकारी निकायले खोप लक्षित वर्गले लगाए वा लगाएनन् भन्नेबारे अनुगमन तथा नियमन गरेका छैनन् । काठमाडौंसहित केही जिल्लामा लक्षित समूहबाहेक अन्यले समेत खोप लगाएका छन् । काठमाडौंमा १८ वर्ष उमेर समूहमाथिलाई जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । यसअघि, सरकारले जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाउने निर्णय गरेको थियो । जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपागंता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा...