Friday, April 26
Shadow

बजार

कागेश्वरी-मनाेहरामा होलसेल तथा खुद्रा तरकारी-फलफुल बजार सञ्चालनमा

आर्थिक, कृषि, बजार, बागमती प्रदेश
काठमाडाैं । काठमाडाैंको कागेश्वरी मनाेहरामा उपत्यकाकै सस्ताे र सर्वसुलभमा खरीद गर्न पाइने ठूलो तरकारी तथा फलफुल बजार खुलेको छ । तरकारी बजार गत शनिवारदेखि खुल्ला गरिएकाे छ । बजारका सञ्चालक रामचन्द्र पुडासैनीले तरकार बजार यस क्षेत्रकाे आवश्यकतालाइ ध्यान दिएर सञ्चालनमा ल्याएकाे जनाए । तरकारी तथा फलफल बजारमा दुईवटा द्वारहरू छन् । २० वटा स्टलहरू र १० वटा सटरहरू भएकाे ठूलाे बजार सस्ताे भाडादरमा उपलब्ध गराइएकाे छ । स्थानीय तरकारी तथा फलफुल व्यवसायी र व्यापारीकाे संयुक्त पहलमा निम्न वर्गीयलाई प्राेत्साहन गर्न  पूर्णतया पारिवारिक लगानी र रेखदेखमा याे बजार स्थापना गरिएकाे सञ्चालक रामचन्द्र पुडासैनीले बताए । बजारले कागेश्वरी मनाेहराक्षेत्रका गाेठाटार, चिप्लेगाैडा, नयाँ बस्ति, काँडाघारीलगायतका वासिन्दालाई सहज र सस्ताे दरमा तरकारी खरिदका लागि सहयोग पुग्ने पुडासैनीको विश्वास छ । कागेश्वरी तरकारी त...
भारतले जेठ १८ गतेदेखि चिनी निर्यातमा रोक लगाउने

भारतले जेठ १८ गतेदेखि चिनी निर्यातमा रोक लगाउने

mainnews, आर्थिक, बजार
काठमाडौं । भारतले अागामी १ जुनदेखि चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको इकोनोमिक्स टाइम्सले जनाएको छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिए पछि विभिन्न मुलुकले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय गरिरहेका छन् । केही दिन अघि भारतले फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा कर वृद्धिको निर्णय गरेको थियो । वाणिज्य विज्ञ रविशंकर सैजुका अनुसार भारतले लगाएको निर्यात रोकको असर नेपाली बजारमा पर्नेछ । नेपालको आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपाल-भारत लगायतका मुलुकमा चिन...
विश्व बैंकद्वारा कृषि क्षेत्रका लागि साढे नौ अर्ब ऋण सहायता

विश्व बैंकद्वारा कृषि क्षेत्रका लागि साढे नौ अर्ब ऋण सहायता

आर्थिक, कृषि, बजार, रोजगार
६ पुस, काठमाडौंं । नेपाल सरकार र विश्व बैंकबीच आठ करोड अमेरिकी डलर (करिब साढे नौ अर्ब रुपैयाँ) बराबरको आयोजना कार्यानवयन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने गरी आयोजना आएको विश्व बैंकले जनाएको छ ।  आयोजनाको नाम ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाको दिइएको छ । वित्तीय सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगानाले र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे । विश्व बैंकका अनुसार आयोजनाले ग्रामिण उत्पादक समूह र निजी क्षेत्रका क्रेताहरू बीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारीको सिर्जना गन सहयोग पुग्ने अपेक्षा गरिएको छ । आय...
सुन तोलाको एक लाख नाघ्यो

सुन तोलाको एक लाख नाघ्यो

बजार
सुन आज तोलामा २२ सयले बढेको छ। हिजो २ सय घटेको सुन आज २२ सयले बढेर एक लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २२ सयले एक लाख चार सयमा कोरोबार भइरहेको छ। त्यस्तै  तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रति तोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ। सोमबार चाँदीको मुल्य एक हजार ३१५ प्रति तोला रहेको थियो।...
भू–सेवा केन्द्रको काम भदौदेखि मात्रै सुरु हुने, स्थानीय तहबाटै यसरी हुँदैछ जग्गाको किनबेच

भू–सेवा केन्द्रको काम भदौदेखि मात्रै सुरु हुने, स्थानीय तहबाटै यसरी हुँदैछ जग्गाको किनबेच

आर्थिक, बजार, समाज
स्थानीय तहले पूर्वाधार तयार गर्न समय लाग्ने भएपछि भू–सेवा केन्द्रको काम भदौदेखि मात्रै सुरु हुने भएको छ । सेवाकेन्द्र सञ्चालनका लागि अनुमति लिएका नगरपालिकाहरुले त्यस्तो सेवा दिने ठाउँ र आवश्यक अन्य पूर्वाधार तयार गर्नुपर्दा समय लाग्ने देखिएको हो । हालसम्म उपत्यकाका ४ नगरपालिकाले भू–सेवा केन्द्रको अनुमति पाएका छन् । कलंकी मालपोत कार्यालय अन्तर्गत काम हुँदै आएका चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका र नागार्जुन नगरपालिकाले भू–सेवा केन्द्रको अनुमति पाए लिएका छन् । कलंकी मालपोत कार्यालयले यसका लागि सबै नगरपालिकालाई यसको युजरनेम र पासवर्ड उपलब्ध गराइसकेको छ । यसअघि भूमि अभिलेख विभागले ती स्थानीय तहका कर्मचारीलाई भू–सेवा केन्द्रमार्फत् दिने सेवाको बारेमा अभिमूखिकरण समेत गरिसकेको छ ।  अब आवश्यक भौतिक पूर्वाधार तयार गर्ने बित्तिकै त्यस्तो सेवा सम्बन्धित स्थानीय तहले ...
इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

आर्थिक, बजार, विशेष खबर
नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले यहाँ पनि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने छ ।   ‘भारतीय आयल कर्पोरेसन्स (आइओसी)ले अगस्ट १ मा पठाएको मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको छ । कच्चा तेलको मूल्य, डलरको बिनियम दर र आईओसीबाट प्राप्त मूल्यसूचीको आधारमा इन्धनको साबिकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने, ‘मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा नोक्सान नै छ ।’ मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४, डिजेल ९० र मटितेल ९० रुपैयाँ पर्नेछ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको ...
सुनको भाउ चर्किदै, प्रतितोला ९४५०० रुपैयाँ कायम

सुनको भाउ चर्किदै, प्रतितोला ९४५०० रुपैयाँ कायम

आर्थिक, बजार
सुनको मूल्यमा आज थप ५ सय रुपैयाँले बढेको छ । हिजोको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको भाउ आज ९४ हजार पाँच सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मात्रै १५ सय रुपैयाँ प्रतितोला बढेको थियो ।तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला छ । चाँदीको मूल्य हिजोको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार डलरसम्म पुग्ने आकलन गरिएकाले त्यसको असर नेपाली बजारमा अझै पर्न सक्ने महासंघको भनाई छ ।...
जब लोक सेवाका अधिकृतले छोरीको उत्तर आफैं लेखिदिए…

जब लोक सेवाका अधिकृतले छोरीको उत्तर आफैं लेखिदिए…

पत्र पत्रिका, बजार, समाज
अनलाइन खबर काठमाडौं । लोक सेवा आयोगका एक जना अधिकृतले अनियमित तरिकाले आफ्नी छोरीलाई लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गराउन खोजेको खुलेको छ । सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीले ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेको खुलेको हो । हाल मिमबहादुर शाहीलाई दरखास्त व्यवस्थापन केन्द्रमा पठाइएको छ भने उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्काको तयारी गरिएको छ । उनकी छोरीको भने उत्तर पुस्तिका रद्द गरिएको छ । आयोगले रोल नं. ३२९८ नम्बरको ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिएको जानकारी सूचना निकालेर दिएको थियो । आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले अनलाइनखबरसँग भने, ‘सचिवबाट कारबाहीको प्रस्ताव आयोगमा आइसकेको छ । अब छिट्टै निर्णय हुन्छ ।’ ...
पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

आर्थिक, बजार
काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक/एक रुपैयाँको दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्यानुसार अब काठमाण्डौमा पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैैयाँमा बिक्री वितरण हुने छ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । ​वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ ।...
३३.२७ अङ्कले बढ्यो नेप्से

३३.२७ अङ्कले बढ्यो नेप्से

आर्थिक, बजार, बैंकिङ
काठमाडाै । धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर १ हजार २९८.७३ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ६.३० ले वृद्धि भई २७५.८८ मा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर रु ९२ करोड ७८ लाख ४१ हजार ३२९ मा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सामूहिक लगानी कोषको मात्रै अवस्था नकारात्मक छ । सामूहिक लगानी कोष ०.०६ ले घट्दा बैंकिङ २१.२९, व्यापार १४.४७, होटल ७४.६७, विकास बैंक १४.१५, जलविद्युत् १२.४७, वित्त २.५१, निर्जीवन बीमा २७४.४, उत्पादन ४५.२३, अन्य २९.६२, लघुवित्त ८४.११, जीवन बीमा २६६.४३ बिन्दुले बढेको छ । स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ५३ लाख ३१ हजार ३८०...
प्राथमिक बजारमा लगानीको अवसर धमाधम आउँदैछन् आईपीओ

प्राथमिक बजारमा लगानीको अवसर धमाधम आउँदैछन् आईपीओ

आर्थिक, बजार
काठमाडौं । लामो समय बन्द रहेको सेयर बजार खुलेसँगै यतिबेला साधारण सेयर (आईपीओ) धमाधम जारी भइरहेको छ । लकडाउन पूर्ण रुपमा नखुल्दै २ वटा कम्पनीहरुले आईपीओ जारी गरिसकेका छन् भने एउटा कम्पनीको यस अवधिमा आईपीओ बाँडफाँट भएको छ । मुलुकको एकमात्रै पुनर्बिमा कम्पनी नेपाल पुनर्बिमा कम्पनीले लकडाउनभन्दा अगाडि सर्वसाधारणहरुका लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक रहेको आरबीबी मर्चेन्टले लकडाउनकै बीच आईपीओ बाँडफाँट गरेको थियो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर अहिले यस कम्पनीको सेयर कारोबार भइरहेको छ । सोमबारको मूल्य हेर्न हो भने पुनर्बिमा कम्पनीको मूल्य ४.४ गुणाले वृद्धि भएको छ । उता एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले ठूलो परिमाणमा आईपीओ जारी गर्यो । लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४७ करोड ...
‘काेराेना’काे त्राससँगै माैलायाे कालाेबजारी

‘काेराेना’काे त्राससँगै माैलायाे कालाेबजारी

बजार, समाज, स्वास्थ्य
काठमाडौ । कोरोना भाइरसको सङ्क्रमण र महामारी बढेसँगै नेपाली बजारमा अत्यावश्यक वस्तुहरूको आयात–निर्यातमा कुनै असर नपरे पनि कालोबजारी गर्नेहरूको बिगबिगी भने निकै बढेको छ ।   कोरोना भाइरस महामारीले मानिसहरूमा त्रास बढिरहेको अवस्थाको फाइदा उठाउँदै नेपालमा कालोबजारियाहरू निकै मौलाएका छन् । चीनमा कोरोना भाइरस महामारी उच्च बिन्दुमा पुगेको बेला नै नेपालका बजारहरूमा सर्जिकल मास्कको अभाव थियो । यसअघि नै बजारमा कृत्रिम अभाव उत्पन्न गरी लुकाइएका १० लाख मास्क प्रहरीले बरामद गरेको छ र मास्क लुकाउने व्यापारीलाई पक्राउ गरेको छ । बरामद गरिएका मास्क सरकार आफैँले बेच्ने भएको छ । सरकारले सबै प्रकारका उपभोग्य वस्तुहरूको आयात सहज रूपमा भैरहेको र कुनै अभाव नभएको बताइरहँदा पनि बजारमा बिचौलियाहरूले कृत्रिम अभाव उत्पन्न गरेर उपभोक्तलाई ठगिरहेका छन् तर देशव्यापी मच्चिएको लूट नियन्त्रण गर्न सकेको छैन । पेट्र...
मास्क व्यापारीहरु स्वास्थ्यमा खेलवाड गर्दै

मास्क व्यापारीहरु स्वास्थ्यमा खेलवाड गर्दै

बजार, समाज
काठमाडौं । काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको छ । मास्क उत्पादन र निर्यातकर्ताहरु स्वास्थ्यमाथि खेलवाड गर्दै कालाेबजारियालाई बढावा दिइरहेका छन् । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले साेमबार बरामद गरेको छ । यसअघि पनि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।...
कालाेबजारियाहरु सक्रिय,  ग्यास अभाव हुन्न : आयल निगम

कालाेबजारियाहरु सक्रिय, ग्यास अभाव हुन्न : आयल निगम

आर्थिक, बजार
काठमाडौ । जबर्जस्ती अभाव सिर्जना गरेर कालाेबजारियाहरुले अकुत कमाउन उपभाेक्तालाई मारमा पार्न सक्रिय भएका छन् । जसकाे असरले खाना पकाउने एलपी ग्यास नपाइने त्रासमा काठमाडौंको अनामनगरमा उपभोक्ताहरु शुक्रबार लाइनमा बसे । चार वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दीपछि पहिलोपटक यसरी उपभोक्ताहरु सिलिण्डर बोकेर लाइनमा बसेका हुन् । अब ग्यास पाइँदैन कि भन्ने त्रास आम जनतामा छायो । कोरानाका कारण नाकाबन्दीमा जस्तै ग्यासको अभाव हुने डरले उनीहरु लाइनमा बसेका हुन् । यत ग्यास पाइन्न कि भन्ने त्रास उपभोक्तामा देखिएपछि वितरणलाई बढाउन निर्देशन जारी गरिएको नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा दैनिक ३० हजार सिलिण्डर भरिएका ग्यास वितरण भइरहेकोमा शनिबारदेखि सबै कम्पनीको गरेर थप १४ हजार, अर्थात ४४ हजार सिलिण्डर पठाइने निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए । ‘बजारमा काल्पनिक त्रास देखिय...